
राप्तीसोनारी–२:-
प्राथमिकता सानासाना समस्याबाट मुक्त गराउँदै जनजीवनमा तत्काल देखिने परिवर्तन ल्याउन र भौतिक निर्माणदेखि सामाजिक कार्यक्रमसम्म सबैतर्फ सन्तुलित ढंगले बजेट विनियोजन गरेर अघि बढिरहेको वडा कार्यालयले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ ले चालु आर्थिक वर्षका लागि विनियोजित ९५ लाख रुपैयाँलाई लक्षित गर्दै पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा प्रशासनिक सेवा सुधारका विस्तृत कार्यक्रम कार्यान्वयनमा अघि बढेको छ । साविक कचनापुर गाउँ विकास समितिका १ देखि ९ नम्बर सबै वडालाई समेटेर बनेको यो वडामा २०७५ को घरधुरी सर्वेक्षण अनुसार ९८१० जनसंख्या बसोबास गर्छ । प्राथमिकता सानासाना समस्याबाट मुक्त गराउँदै जनजीवनमा तत्काल देखिने परिवर्तन ल्याउन र भौतिक निर्माणदेखि सामाजिक कार्यक्रमसम्म सबैतर्फ सन्तुलित ढंगले बजेट विनियोजन गरेर अघि बढिरहेको वडा कार्यालयले जनाएको छ ।
यस वर्ष वडाले सडक, नाली तथा कल्भर्ट निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । खोरियामा महंगु थारुको घरदेखि दक्षीतर्फ पक्की बाटो निर्माण, राजपुरमा बाटो निर्माण, वडा कार्यालयको दक्षिणतर्फ पक्की बाटो, पाँचकुलेदेखि भग्गु टोलसम्म कालोपत्रे, गुरुवाखोलामा दुई स्थानमा सडक स्तरोन्नति, र महेन्द्रपुरमा तीनवटा स्थानमा कल्भर्ट निर्माणजस्ता कामहरू सुरु हुने छन् । गोबारपुर क्षेत्रमा नाली निर्माण तथा ह्युमपाइप जडान गरेर आवतजावत सहज बनाइनेछ । यस्तै, नेरा आवि महेन्द्रपुरमा पर्खाल निर्माण र नेरा आवि टिकुलिपुरमा तारबार जडान गरेर विद्यालय सुरक्षित र व्यवस्थित बनाइने योजना वडाले अघि सारेको छ ।

सामाजिक तथा सेवा क्षेत्रका कार्यक्रम पनि यसै वर्ष महŒवपूर्ण रूपमा अघि बढाइनेछन् । लक्ष्मी सामुदायिक क्याम्पसमा पुस्तकालय व्यवस्थापनका लागि छुट्याइएको बजेटले विद्यार्थीलाई अध्ययन सामग्री प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ । स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार तथा फर्निचर खरिद गरी आधारभूत स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाइनेछ । कृषि तथा पशुपालनसम्बन्धी कार्यक्रममार्फत स्थानीय किसानलाई उत्पादन वृद्धि र प्रविधि अपनाउन प्रेरित गरिनेछ । शैक्षिक संस्थालाई सहयोग तथा वडा अध्यक्ष कपजस्ता कार्यक्रमले शिक्षा, खेलकुद र सामुदायिक सक्रियता बढाउने उद्देश्य राखिएको छ ।
कार्यबहाक वडाअध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार, ‘शिक्षा, स्वास्थ्य, कृषि र खेलकुद सबै वडाको सामाजिक मेरुदण्ड हुन् । यी क्षेत्रमा गरिएको लगानीले वर्षौँसम्म जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले हामीले बजेट छुट्याउँदा दीर्घकालीन प्रभावलाई आधार मानेका छौँ ।’ प्रशासनिक तथा सुशासनका काम सहज बनाउन पदाधिकारी बैठक भत्ता, सञ्चार महसुल, इन्धन, सवारीसाधन मर्मत, तथा कार्यालय सामग्री खरिदका लागि पनि रकम छुट्याइएको छ । बुढाथोकी भन्छन्, ‘नागरिकलाई सेवा दिन कार्यालय बलियो हुनु आवश्यक छ । पारदर्शी प्रशासन नै राम्रो विकासको आधार हो ।’

सूचना प्रकाशन तथा पत्रपत्रिका छपाइ खर्चमार्फत वडाले निर्णय, कार्यक्रम तथा खर्च विवरण सार्वजनिक गर्नेछ । बुढाथोकीका शब्दमा, ‘हामीले गर्ने र खर्च गर्ने सबै कुरा जनतासामु खुला हुनुपर्छ । पारदर्शिता र जवाफदेहिता नै सुशासनको मेरुदण्ड हो ।’ वडामा विपद तथा आकस्मिक परिस्थितिमा तत्काल सहयोग पु¥याउन अलग्गै शीर्षकमार्फत रकम राखिएको छ । आगलागी, डुबान, दुर्घटना वा अन्य आकस्मिक समस्यामा तत्काल राहत र उद्धारका लागि यो रकम परिचालन गरिने कार्यवहाक वडाध्यक्ष बुढाथोकीले बताए । त्यस्तै, वडा सौन्दर्यकरण, मेसिनरी तथा औजार खरिद, र लागत साझेदारी कार्यक्रममार्फत वडाले स्थानीय समुदायसँग मिलेर सहकार्यमा विकास अघि बढाउने योजनासमेत बनाएको छ ।
कार्यबहाक अध्यक्ष बुढाथोकी भन्छन्, ‘विकासका योजना कागजमै सीमित भइरहून् भन्ने हामी चाहँदैनौँ । जनताले दैनिक रुपमा महसुस गर्ने परिवर्तन ल्याउनु नै हाम्रो उद्देश्य हो । प्रत्येक रुपैयाँ पारदर्शी र प्रभावकारी रूपमा खर्च गर्ने प्रण लिएका छौँ ।’ उनका अनुसार, चालु आर्थिक वर्षका सबै कार्यक्रम समयमै र गुणस्तरीय रूपमा अघि बढाइनेछ । वडावासीले पनि यस वर्ष वडाले अघि सारेका योजनालाई सकारात्मक दृष्टिले हेरेका छन् । सडक, शिक्षा, स्वास्थ्य र कृषि यी सबै क्षेत्रमा देखिने सुधारले वडाको विकास यात्रा नयाँ गति लिने अपेक्षा गरिएको छ । बुढाथोकी भन्छन्, ‘विकासको गति निरन्तर रहनु पर्दछ । हामीले बनाएका योजना पूरा भए वडाको मुहार फेरिन्छ । नागरिकको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो जिम्मेवारी हो ।’

यसरी वडाले सार्वजनिक गरेका कार्यक्रम केवल बजेटको सूची मात्र होइनन्, जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने प्रतिबद्धता हुन् । आगामी महिनाहरूमा ती कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन भए राप्ती सोनारी गाउँपालिका–२ को विकास यात्रा थप सबल र दिगो बन्ने निश्चित छ ।
|
सडक, नाली र पूर्वाधारका काम अगाडि वडामा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार निर्माणमा छुट्याइएको छ । खोरिया क्षेत्रमा महंगु थारुको घरदेखि दक्षीतर्फ पक्की बाटो निर्माण, राजपुर क्षेत्रमा बाटो निर्माण, वडा कार्यालयको दक्षिणतर्फ पक्की बाटो, पाँचकुलेदेखि भग्गु टोलसम्म कालोपत्रे सडक, गुरुवाखोलामा दुई स्थानमा सडक स्तरोन्नति, महेन्द्रपुरका तीन ठाउँमा कल्भर्ट निर्माण, गोबरपुरमा नाली निर्माण तथा ह्युमपाइप जडान जस्ता आयोजनाहरू यस वर्षका प्रमुख काम हुन् । कावा वडा अध्यक्ष बुढाथोकी भन्छन्, ‘यातायात सहज नहुँदासम्म विकास गति चल्दैन। हाम्रो वडाका धेरै बस्तीतर्फ जाने बाटो सँकुचिन वा हिलोमय थिए । यी सडक सुधार भएपछि विद्यालय, बजार, स्वास्थ्यचौकी र कार्यालयमा आवतजावत सहज हुनेछ ।’ नेरा आवि महेन्द्रपुरमा पर्खाल निर्माण तथा नेरा आवि टिकुलिपुरमा तारबार निर्माण कार्य पनि यसै वर्ष अघि बढाइनेछ । यसले विद्यालय सुरक्षित, व्यवस्थित र विद्यार्थीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने कावा अध्यक्ष बुढाथोकीको विश्वास छ । |
सामुदायिक पुस्तकालय स्थापनालाई शिक्षा प्रवद्र्धनका महत्वपूर्ण कदमको रूपमा वडाले अगाडि सारेको छ । लक्ष्मी सामुदायिक क्याम्पसमामा पुस्तकालय व्यवस्थापनका लागि छुट्याइएको रकमले विद्यार्थी तथा शोधार्थीलाई अध्ययनमा सहजता दिलाउने अपेक्षा गरिन्छ । वडाभित्र रहेको स्वास्थ्यचौकीमा ल्याब सेवा विस्तार र नयाँ फर्निचर खरिद गर्न बजेट विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्यले ल्याब सुविधा विस्तार गरिएको कावा अध्यक्ष बुढाथोकी बताउँछन् । वडाले पशु सम्बन्धी कार्यक्रम, कृषिसम्बन्धी कार्यक्रम, शैक्षिक संस्थामा सहयोग, वडा अध्यक्ष कप जस्ता सामाजिक तथा क्षमता विकासमूलक कार्यक्रम पनि अघि सारेको छ । यी कार्यक्रमले स्थानीयस्तरमा उत्पादन, खेलकुद तथा सामुदायिक सशक्तिकरणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । कावा अध्यक्ष बुढाथोकीका अनुसार, ‘शिक्षा, स्वास्थ्य र कृषि वडाको सामाजिक आधार हुन् । यी क्षेत्रमा गरिएको लगानीले जनजीवनमा दिगो प्रभाव पार्नेछ ।’ |
|
के-के योजना तथा कार्यक्रम हुँदै छन ?
|
वडाको प्रशासनिक कोठाबाट बाहिर निस्किँदै गर्दा कागजका फाइलहरू, बैठक चलिरहेको पदाधिकारी कक्ष र कार्यालयमा काम गर्ने कर्मचारीहरूका दैनिकी देखिन्छ । बैठक भत्ता, कार्यालय अभिलेख व्यवस्थापन, बिजुली–पानीदेखि इन्टरनेटसम्मका खर्च वडाले व्यवस्थित रूपमा बोकिरहेको छ ।
राप्तीसोनारी, पुस–२३ राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष मिनकुमार थारु भन्छन्, ‘हामीले थोरै बजेट छानछान गरेर लगाउँदा पनि काम जनतामै पुग्ने गरी गरिरहेका छौँ ।’ चालु आर्थिक वर्षमा वडाले प्राप्त गरेको करिब ९५ लाख रुपैयाँको बजेट अब व्यवहारमा रूपान्तर भइरहेका गतिविधिहरू हेर्दा यो वाक्यथरी मात्र नभई जीवन्त तथ्यजस्तै देखिन्छ । बिहानैदेखि वडाकार्यालय अगाडि देखिने चहलपहल, गाउँगाउँमा चलिरहेका कार्यक्रम, भत्किएका संरचना मर्मत हुँदै नयाँ योजना सुरु हुने क्रम सबै मिलेर वडा ३ मा परिवर्तनको एउटा शान्त तर निरन्तर गतिशीलता महसुस हुन्छ ।
वडाको प्रशासनिक कोठाबाट बाहिर निस्किँदै गर्दा कागजका फाइलहरू, बैठक चलिरहेको पदाधिकारी कक्ष र कार्यालयमा काम गर्ने कर्मचारीहरूका दैनिकी देखिन्छ । बैठक भत्ता, कार्यालय अभिलेख व्यवस्थापन, बिजुली–पानीदेखि इन्टरनेटसम्मका खर्च वडाले व्यवस्थित रूपमा बोकिरहेको छ । कहिले मेसिनरी सामग्री मर्मत, कहिले कार्यालयका लागि इन्धन र मसलन्द यी सबै खर्च सुस्तरी, तर प्रस्ट रूपमा स्थानीय शासनको नित्यकाम झल्काउँछन् ।
वडाध्यक्ष थारु भन्छन्, ‘विकासका काम सडक र नाली मात्रै होइनन्, नसुन्निने, नदेखिने प्रशासनिक खर्च पनि त्यसकै मेरुदण्ड हुन्छ ।’ कार्यालय सवारी मर्मतदेखि पत्रपत्रिका छपाइ र सूचना प्रकाशनसम्मका नियमित कार्यहरूले वडालाई सबैसँग जोडेर राख्छन् । तर वडाको मुख्य उज्यालो भनेका सामाजिक सुरक्षा र आर्थिक सशक्तीकरणतर्फका कार्यक्रम नै देखिन्छन् । चालु वर्ष वडाले दुना–टपरी बनाउने मेसिन ५० प्रतिशत अनुदानमा उपलब्ध गराउँदै महिलाहरूलाई तालिम दिन थालेको छ । स्थानीय महिलाहरूले सामूहिक रूपमा उत्पादन गर्ने तयारी गरिरहेका छन् । यस कार्यक्रमले प्लास्टिक मुक्त अभियानलाई मद्दत गर्नुका साथै महिलाको आयआर्जनमा नयाँ अवसर थपेको छ ।
अपांगता भएका व्यक्तिहरूका लागि छुट्टै आयआर्जन कार्यक्रम सञ्चालन हुँदैछ । ‘हामी अपांगता भएकाहरूलाई हेप्ने होइन, सक्षम बनाउने नीति लिएका छौँ,’ वडाध्यक्ष थारु बताउँछन् । यसैगरी उत्पीडित समुदाय लक्षित कार्यक्रमले पनि कमजोर र सीमान्त समुदायका परिवारमा सानो तर स्थायी आधार तयार पार्ने प्रयास गरिरहेको छ । वडामा प्रायः देखिने अर्को सक्रियता भनेको मातृत्व सुरक्षासँग सम्बन्धित कार्यक्रम हो । गर्भवती तथा सुत्केरी महिलाहरूलाई झुल र पौष्टिक आहार वितरण गरिँदैछ । स्थानीय महिला स्वास्थ्य स्वयंसेविका र वडाका कर्मचारीहरू मिलेर घरदैलोमै सूची संकलन गर्ने, वितरण गर्ने र स्वास्थ्य सन्देशसमेत दिने गरेका छन् । ‘यो सानो सहयोगले महिलालाई ठूलो राहत दिन्छ,’ बैलापुरकी २४ वर्षीया सुत्केरी मीना थारु भन्छिन् ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा सहभागी वरिष्ठ नागरिकहरूका अनुहारमा देखिने खुशी पनि वडाको प्राथमिकता कतिधेरै ‘मानव–केन्द्रित’ छ भन्ने संकेत गर्छ । दलित समुदायलाई ग्याँसचुलो र सिलिण्डरसहित सहयोग प्रदान गरिएको छ, जसले उनीहरूको दैनन्दिन जीवनमा सहजता ल्याएको छ । वडाले बालबालिकाको शैक्षिक अधिकारलाई पनि विशेष ध्यान दिएको छ । आर्थिक अभावले पढाइ छाड्न बाध्य नहोस् भनेर छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको छ । साथै वडा स्तरीय रनिङ शिल्ड प्रतियोगिताले बालबालिकामा खेलकुदको आकर्षण बढाएको छ । खेलकुदमै भविष्य खोज्ने युवाहरूका लागि विभिन्न खेल सामाग्री वितरण गरिएको छ ।
कृषकहरूका बारीमा अहिले नयाँ मौसमको तयारी चलिरहेको छ । यसलाई सहज बनाउन वडाले व्यावसायिक कृषकहरूलाई तरकारीको बीउ वितरण गरिरहेको छ । साथै पशु स्वास्थ्यलाई ध्यान दिँदै पशु औषधि खरिद गरी गाउँ–गाउँमा सेवा पुर्याइएको छ । आर्थिक रुपमा कृषिमा निर्भर वडाका अधिकांश घरपरिवारका लागि यस्ता कार्यक्रमहरू जीवनस्तर सुधार गर्न ठोस सहयोगका रूपमा देखिन्छन् ।
विकासका संरचनागत कामहरू हेर्ने हो भने वडा ३ मा यो वर्ष निकै व्यस्त छ । जनज्योती प्रा.वि. को भवन रंगरोगन र फिनिसिङ हुँदैछ । त्यस्तै सरस्वती माध्यमिक विद्यालयमा भवन निर्माणदेखि कम्पाउन्ड वाल निर्माणका काम अगाडि बढेका छन् । दक्षिण नवलपुर त्रिवेणी चोकदेखि एनसीएल टावरसम्म नाली निर्माणका लागि स्थानीय वर्षौँदेखि प्रतीक्षा गर्थे । अहिले त्यो काम धरै छिटो गतिमा अगाडि बढिरहेको छ । पुईधि नालामा कल्भर्ट निर्माणले यात्रा सहज बनाएको छ भने भवनियापुरबाटो कालोपत्रेका क्रमागत योजनाले स्थानीयको झन्झटिलो वर्षायामलाई केही सहज बनाउँदैछ ।
‘पहिला हिलोमै हिँड्थ्यौँ, बाइक चलाउनै सक्दैनथ्यौँ,’ स्थानीय यूवा रामकुमार चौधरी भन्छन्, ‘यी बाटोले हामीलाई गाउँ जोडिदिएको छ ।’ खानेपानी धारा खरिद कार्यक्रमले समुदायमा सुरक्षित पानी पहुँचलाई निरन्तरता दिएको छ । दक्षिण वेलासपुरतर्फ पक्की नाली निर्माणले बस्ती सुरक्षित बनाएको छ । भुयाँर थान परिसरमा पर्खाल र फर्स धारा जडान गरी धार्मिक स्थललाई संरक्षित बनाइएको छ । वडा कार्यालय अगाडिको मञ्च मर्मतले सामुदायिक कार्यक्रम सञ्चालन सहज भएको छ ।
गणेश आधारभूत विद्यालयको कक्षा कोठा मर्मत र वडा कार्यालय परिसरको कम्पाउन्ड वाल निर्माणले सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोगिता बढाएको छ । यी सबै संरचनागत काम मात्र होइन, वडाले अवलोकन भ्रमण, मेलमिलाप कार्यकर्ताको क्षमता अभिवृद्धि तथा पोसाक वितरणजस्ता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ, जसले सामाजिक सद्भाव र संस्थागत क्षमता दुवै मजबुत बनाएको छ।
यति धेरै काम बीच वडामा कहिले काहीँ कामको भीड हुँदा विविध र आकस्मिक कोषकै भर पर्नुपर्ने हुन्छ । तर यस्ता खर्च पनि योजनाबद्ध ढंगमै व्यवस्थापन गरिन्छ । वडाध्यक्ष थारु भन्छन्, ‘हामीले हरेक खर्च जनताको करबाट चल्छ भन्ने बुझेर मात्रै खर्च गर्छौँ । स्थानीयले विश्वास गरेपछि कामको गति आफैं बढ्छ ।’ आज वडा नम्बर ३ मा हेर्दा—बस्ती–बस्तीमा नाली निर्माण हुँदैछ, विद्यालय सजिँदैछन्, महिलाहरू उद्यमशील बन्न सिक्दैछन्, कृषक नयाँ सीजनको तयारी गर्दैछन्, जेष्ठ नागरिक सम्मानित भइरहेका छन् र अपांगता भएका नागरिकहरू आत्मनिर्भर बन्ने प्रयासमा छन् ।
यसरी हेर्दा, ९५ लाख रुपैयाँको बजेट आन्तरिक रुपमा सानो लागे पनि यसको प्रभाव समुदायमा गहिरो छ । विकासका कामहरू देखिने मात्र नभई महसुस हुने बन्दै छन् । सामाजिक सुरक्षाको दायरा बढ्दै छ । जनताको पहुँच र सुविधा दुवै विस्तार भइरहेको छ । वडाध्यक्ष मिनकुमार थारु भन्छन्, ‘यस वर्षका कामहरूले अर्को वर्षका लागि नयाँ सम्भावना खोलिदिएका छन् । हामीले योजना बनाइसक्छौँ अब ती योजनालाई अझै प्रभावकारी बनाउँदै लैजानेछौँ ।’
राप्तीसोनारी–३ अहिले ‘विकास र सामाजिक सुरक्षाको समन्वय’ को एउटा सहज उदाहरण बन्दै गएको छ । गाउँको स्वरूप विस्तारै बदलिँदै छ । यी कामहरूले भविष्यको रेखा स्थिर बनाउँदै लैजाने आशा गाउँलेहरूमा झनै बलियो रूपमा पलाइरहेको छ ।
राप्तीसोनारी, पुस २३ राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा अवस्थित गणेश माध्यमिक विद्यालयको प्रांगणमा अभिभावक भेला सम्पन्न भएको छ । भेलाबाट शिक्षक–अभिभावक संघका नवनिर्वाचित पदाधिकारीहरू चयन भएका छन् ।कार्यक्रमका बीच सम्पन्न निर्वाचनबाट रामसिंह ओली अध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा मनिषा ओली, खिमा वली, जानकी कुमारी थापा, प्यारी थापा, अन्जु थारु, पार्वती बिष्ट, हेमराज खड्का र थुमनी खत्री निर्वाचित भएका छन् ।
अभिभावक भेलामा विद्यालयको शैक्षिक अवस्था, पठन–पाठनको गुणस्तर, विद्यार्थी अनुशासन, भौतिक पूर्वाधार तथा अभिभावक–विद्यालय सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो । अभिभावकहरूले विद्यालयको समग्र विकासका लागि शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच निरन्तर समन्वय आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष रामसिंह ओलीले विद्यालयको शैक्षिक उन्नयन, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा अनुशासित वातावरण निर्माणका लागि संघ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले अभिभावकको सुझाव र सहयोग बिना विद्यालयको विकास सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई एकताबद्ध हुन आग्रह गरे ।
विद्यालय प्रशासनले नवनिर्वाचित शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । साथै आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलापको विस्तार तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा संघको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरिएको छ ।
अभिभावक भेलाबाट गठन भएको शिक्षक–अभिभावक संघले विद्यालय र समुदायबीच सेतुको काम गर्दै शैक्षिक सुधारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
नेपालगन्ज, पुस २३ हरेक बिहान नेपालगन्ज बजारका सडक छेउमा मजदुरी खोज्दै उभिनेहरूको लामो लाइन देखिन्छ । हुस्सुले ढाकिएका सडक छेउमा कामको खोजीमा बस्नेहरूलाई दुई किसिमको चिन्ता हुन्छ, ‘काम नपाए बेलुकी रित्तो हात फर्किनुपर्ने र काम पाए पनि चिसोमा कसरी गर्ने ?’
वर्तमानमा निर्माण र खेतीपातीका काममा जाडो र हुस्सुका कारण काम पाउन कठिन भएको छ । पाइहाले पनि जीउ काप्ने जाडोले काम गर्न मुस्किल हुने गरेको मजदुर बताउँछन् । बाँके बैजनाथका ४५ वर्षीय रामबहादुर चौधरी दैनिक मजदुरी गर्छन् । उनी भन्छन्, ‘जाडोमा निर्माणको काम पनि कम हुन्छ, खेतबारीको काम पनि हुँदैन । काम नपाए पेट पाल्न समस्या, पाए पनि चिसोले शरीर काम्न थाल्छ । हप्तामा पाँच दिन काम गरे दुई दिन थकाइ हुन्छ ।’
कोहलपुरकी निर्माण मजदुर मिना थारूका अनुसार चिसोमा काम गर्दा स्वास्थ्यमा समस्या आउँछ । उनी भन्छिन्, ‘चिसोमा काम गर्दा ज्वरो आउँछ, खोकी लाग्छ, तर औषधि किन्न पैसा हुँदैन । काम नगरे खान पाइँदैन ।’ दैनिक ज्यालामा निर्भर मजदुरका लागि जाडोमा चुलो बाल्न पनि कठिन हुन्छ । मिना थप्छिन्, ‘बिहान काम पाइलान कि भन्ने डर, बेलुकी खाली हात फर्किनुपर्ने चिन्ता यी सबैले रात झन् चिसो बनाइदिन्छ ।’
पुस लागेसम्म घाम नलाग्दा चिसो बढेकोले विपन्न तथा मजदुरलाई बढी असर परेको छ । शीतलहर र चिसोबाट बालबालिका, वृद्धवृद्धा, रिक्सा र ठेला चालक, दैनिक ज्यालामजदुर बढी प्रभावित भएका छन् । दुई सातायता बाँकेमा शीतलहर र हुस्सुका कारण जनजीवन अस्तव्यस्त बनेको छ । चिसो बढेसँगै बिहान र बेलुकी सडकमा सवारी र मानिसको आवागमन निकै कम देखिएको छ । सरकारी कार्यालयमा सेवाग्राही र विद्यालयमा बालबालिकाको उपस्थिति पनि न्यून भएको खबर कान्तिपुर दैनिकले प्रकाशन गरेको छ।
नेपालगन्जका प्रमुख बजार क्षेत्रहरू–त्रिभुवन चोक, सदर लाइन, घरबारी टोल, वीपी चोक, वीरेन्द्र चोक र पुष्पलाल चोकमा चहलपहल घटेको व्यवसायी नन्दलाल वैश्यले बताए । कान्तिपुर दैनिकका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले चिसोबाट जोगाउन दाउरा वितरण सुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार, ‘मजदुरका लागि चोक चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था गरिएको छ । कामका लागि बिहान निस्कने मजदुरलाई केही समय राहत मिलोस् भन्ने उद्देश्य हो ।’
जिल्ला विपद् व्यवस्थापन समितिले चिसो र शीतलहरका लागि पूर्व तयारी र प्रतिकार्य योजना अद्यावधिक गर्दै काम गरिरहेको छ । समितिको प्रक्षेपणअनुसार यस वर्ष बाँकेमा करिब ३६ हजार परिवारका १ लाख ७६ हजार जना चिसोबाट प्रभावित हुन सक्ने देखिएको छ । पछिल्ला दिनमा नेपालगन्जको तापक्रम ९–१३ डिग्री सेल्सियस पुगेको नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ ।
सुर्खेत, पुस २३ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा दीर्घकालीन खानेपानी आपूर्ति गर्ने उद्देश्यले निर्माणाधीन भेरी पम्पिङ खानेपानी आयोजनाको हालसम्म १३ प्रतिशत भौतिक प्रगति भएको छ । गत वर्ष भदौदेखि निर्माण सुरु भएको आयोजनाको काम दुई चरण (प्याकेज) मा अघि बढाइएको छ ।
पहिलो चरण (प्याकेज–१) अन्तर्गत मुख्य रिजर्भ ट्यांकी निर्माण, मुख्य पाइपलाइन र पानी लिफ्टिङका संरचना निर्माण भइरहेको छ । यस चरणमा वीरेन्द्रनगर–९ स्थित अमृत डाँडामा ३०–३० लाख लिटर क्षमताका तीनवटा ट्यांकी निर्माण गरिने योजना अनुसार काम सुरु भइसकेको छ । यी ट्यांकीहरूको कुल क्षमता ९० लाख लिटर हुनेछ ।
यसै चरणमा भेरी नदीबाट पानी पम्पिङका लागि संरचना, भाङ्गारीमा पानी शुद्धीकरण प्लान्ट तथा त्यहाँबाट करिब ७ किलोमिटर पाइपलाइनमार्फत अमृत डाँडाका ट्यांकीमा पानी पुर्याउने व्यवस्था मिलाइँदैछ । आयोजनाका इन्जिनियर ईश्वरी ढकालका अनुसार पहिलो चरणअन्तर्गत पर्ने मुख्य प्रसारण लाइनमा रुख कटानसँगै पाइपलाइन बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ । हालसम्म करिब १२ किलोमिटर पाइपलाइन विस्तार सम्पन्न भइसकेको उनले जानकारी दिए ।
परामर्शदाता प्रमुख रमेश अधिकारीका अनुसार आयोजना क्षेत्रभित्र पर्ने चार सामुदायिक वनमध्ये दुईवटामा रुख कटान सम्पन्न भइसकेको छ भने बाँकी दुईवटामा काम जारी छ । ती क्षेत्रमा करिब सात किलोमिटर पाइपलाइन विस्तार गर्न रुख कटान आवश्यक रहेको र केही दिनमै काम सकिने उनले बताए । रुख कटानपछि इन्टेक र पानी शुद्धीकरण क्षेत्रका संरचना निर्माण सुरु गरिनेछ ।
वि.सं. २०८१ भदौ १३ गते खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालय र निर्माण व्यवसायीबीच सम्झौता भई आयोजना कार्यान्वयनमा गएको हो । प्याकेज–१ को निर्माण जिम्मा चिनियाँ कम्पनी सिञ्ज्याङ टर्म्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन कम्पनीले लिएको छ । आयोजनालाई ३ अर्ब ५० करोड रुपैयाँ लागतमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालका अनुसार सन् २०५० सम्मको अनुमानित जनसंख्या वृद्धिलाई ध्यानमा राखी दीर्घकालीन खानेपानी समाधानका लागि आयोजना अघि बढाइएको हो । नीतिगत तथा कानुनी कुनै अवरोध नरहेको भन्दै उनले समयमै आयोजना सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन् । सोमबार आयोजना स्थलको अनुगमनपछि उनले काम सन्तोषजनक गतिमा अघि बढिरहेको बताइन् ।
यसैबीच, आयोजनाको दोस्रो चरण (प्याकेज–२) पनि अघि बढाइएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाई कार्यालयले अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक (ग्लोबल) टेण्डर आह्वान गरिसकेको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बासकोटाका अनुसार प्याकेज–२ अन्तर्गत खानेपानी वितरण लाइन निर्माण गरिनेछ । यसमा करिब ८ सय किलोमिटर लामो वितरण पाइप सञ्जाल, झुप्रास्थित हालको शुद्धीकरण प्रणाली स्तरोन्नति, झुप्रा, खरिखोला, बोरिखोला र इत्रामका इन्टेक स्तरोन्नति, ट्रान्समिसन लाइन जडान तथा इत्राममा १ हजार ५ सय घनमिटर क्षमताको ट्यांकी निर्माण समावेश छ । साथै स्वचालन तथा डाटा संकलन प्रणाली पनि जडान गरिनेछ ।
मुख्यमन्त्री कंडेलद्वारा स्थलगत अनुगमन
संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण भइरहेको भेरी पम्पिङ खानेपानी आयोजनाको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सोमबार स्थलगत अनुगमन गरेका छन् । संघीयता कार्यान्वयनपछि तीनै तहको लागत साझेदारीमा अघि बढेको यो पहिलो राष्ट्रिय गौरवको आयोजना हो ।
आयोजनामा संघीय सरकारको ८० प्रतिशत, प्रदेश सरकारको १३ प्रतिशत र वीरेन्द्रनगर नगरपालिकाको ७ प्रतिशत लागत सहभागिता रहेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री कंडेलले हालको कार्यगतिलाई निरन्तरता दिँदै तोकिएको समयमै आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् । बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले प्रदेश राजधानीवासीको आशाको आयोजना भएकाले जनविश्वास कायम हुने गरी काम गर्न आग्रह गरे ।
एक नवीन स्वास्थ्य प्रक्षेपणले आउँदो केही दशकभित्रै विकसित देशमा दुईमध्ये एक जनाले आफ्नो जीवनकालमा क्यान्सरको सामना गर्नुपर्ने देखायो । सम्पन्न देशका ५० प्रतिशत जनसंख्यालाई क्यान्सरले सताउने ठान्नुमा उनीहरूको दीर्घ जीवनलाई प्रमुख मान्यो भने खानपिन अनि जीवनशैलीलाई सहायक कारक ठान्यो । जसै मानिस बुढो हुन्छ, अर्बुद रोगको सम्भाव्यता पनि उकासिन्छ । त्यसैले देशमा सालाखाला उमेर बढ्दा क्यान्सरको आयतन पनि बढ्ने हो । अर्बुद रोग आनुवंशिक रोग भएकाले ‘जिन’मा आउने खराबीले क्यान्सर लाग्छ । उमेरको बढोत्तरीसँगै ‘डिएनए’ जीर्ण हुने भएकाले जीवनको उत्तरार्धमा पुगेका अधिकांश हजुर पुस्तामा महारोग लाग्छ । सालाखाला उमेर बढिरहेको अनि क्यान्सरजन्य खान्कीप्रतिको लगावका कारण नेपालमा पनि अर्बुद रोगको चाप बढ्ने देखियो ।
विश्व स्वास्थ्य संगठनको विश्वव्यापी तथ्याङ्कका अनुसार सन् २०२२ मा मात्र दुई करोड अर्बुद रोगका नयाँ बिरामी देखिए अनि झन्डै एक करोड मानिस क्यान्सरका कारण मरे । मृत्युको कारकमा फोक्सो, स्तन, पाचन प्रणालीका क्यान्सरको अग्रता देखियो । धूमपान, मद्यपान, धुलोधुवाँ अनि अस्वस्थ जीवनशैलीका कारण क्यान्सरको आयतन दिनानुदिन बढ्दो छ । झन्डै पाँच वर्षअघि डब्लुएचओले विश्वमा पाँचमा एक व्यक्तिले जीवनकालमा क्यान्सरको सामना गर्नुपर्ने ठम्याएकोमा अहिलेको आकासिँदो क्यान्सरको भयानकतालाई मध्यनजर राख्दै विज्ञहरूले उक्त प्रक्षेपणमा संशोधन गरी विश्वका आधा जनसंख्याले अर्बुद रोगको सामना गर्नुपर्ने देखे ।
क्यान्सर केवल एक रोग होइन, बरु समस्या नै समस्याले भरिएको जटिल लक्षण भएकाले यसलाई महारोग पनि भनिन्छ । कुनै क्यान्सर सरल चरित्रका हुन्छन् अनि इलाजपछि रोगी सामान्य जीवनीमा फर्कन्छ । तर, अधिकांश अर्बुद रोग जटिल हुन्छन् । खराब चरित्रको क्यान्सरमा एक रोगी अर्को बिरामीभन्दा धेरै हिसाबले फरक हुन्छ । फोक्सोकै क्यान्सर भए पनि सय रोगीको लक्षण विश्लेषण गर्दा दर्जनौं किसिमका समस्या देखिने भएकाले एउटा ओखतीले सबै बिरामीलाई निको पार्न सक्दैन । रोगी नै पिच्छे फरक फरक औषधीको दरोकार पर्छ । यसरी हरेक बिरामीका लागि पृथक् दबाई बनाउनुपर्ने भएकाले एक अन्वेषणकर्ताले मंगलग्रहमा बस्ती बसाउनभन्दा अर्बुद रोगको ओखती आविष्कार गर्न कठिन हुने देखे ।
क्यान्सरको इलाज गर्ने ओखती बनाउन बर्सेनि अर्बौं डलर खर्च हुन्छ । त्यस्तै संसारका सयौं ल्याबमा दशकौंदेखि हजारौं वैज्ञानिकहरू अर्बुद रोगको औषधी पत्ता लगाउन अहोरात्र खटेका छन् । तर, खर्चिएको पैसा र बगेको पसिनाको तुलनामा क्यान्सरको अनुसन्धानले रफ्तार लिन सकेन । केवल आठ वर्षको मेहनतले संयुक्त राज्य अमेरिका एक्लैले चन्द्रमामा मानिस ओराल्न सफल भयो भने संसार नै एक भई लाग्दा पनि अर्बुद रोग बिसेक पार्न नसक्नुले क्यान्सरको जटिलता भन्छ ।
एउटा क्यान्सरका लागि विकास गरिएको ओखतीले रोगी नै पिच्छे फरक फरक नतिजा देखाउने गरेका कारण महारोगको अनुसन्धानमा लगानी गर्न हिचकिचाउने अवस्था आयो । अनुसन्धानले मूर्त रूप लिन नसक्दा विज्ञहरू लाचार देखिए । त्यस्तो अवस्थामा व्यक्तिगत, सामूहिक अनि अन्तर्राष्ट्रिय हातेमालोमार्फत क्यान्सरको सम्भाव्यता घटाउने दिशामा कदम चाल्नुपर्ने भयो ।
पाको उमेरमा आनुवंशिक पदार्थ जीर्ण हुने भएकाले जिनको खराबीका कारण बुढेसकालमा क्यान्सर लाग्नुलाई केही स्वाभाविक रूपमा लिन सकिन्छ । तर पछिल्लो समय अर्बुद रोगले उल्लेख्य संख्यामा बच्चा तथा युवायुवतीलाई सताएको देखिन्छ । कम उमेरमै महारोगले सताउनु स्वाभाविक होइन । यसरी लाऊँलाऊँ खाऊँखाऊँ उमेर समूहमा देखिने अपत्यारिलो अर्बुद रोगको आँकडालाई न्यून पार्न व्यक्तिगत तथा सामूहिक प्रयासको सरोकार देखियो ।
धूमपान र मधपान गर्ने समूहमा अर्बुद रोगीको संख्या उल्लेख्य देखिन्छ । शारीरिक परिश्रम नगर्ने अनि परम्परागत नेपालीको बदला चाउचाउ, बिस्कुट, चिप्सजस्ता प्रशोधित खान्कीलाई दैनिकी बनाउने व्यक्ति मोटा हुन्छन् । अनि मोटोपनले क्यान्सरलाई हौस्याउने भएकाले बाँच्ने तरिकाको परिमार्जन मात्रले पनि अर्बुद रोगलाई केही विश्राम दिन सकिन्छ ।
क्यान्सरका रोगीको संख्या बढ्नुमा पर्यावरणीय प्रदूषण, कीटनाशक ओखती तथा कृषिजन्य विषादिले मात्र भूमिका खेल्दैन, बरु आयुर्विज्ञानको क्षेत्रमा प्रयोग हुने ‘एक्स–रे’लगायतका अन्य विकिरणले समेत योगदान गरेका छन् । प्रदूषण तथा रासायनिक पदार्थको बेथितिलाई नियन्त्रण गर्न सके महारोग नियोजनमा मद्दत हुन्थ्यो । चिकित्सकीय उपकरण तथा विधिको अत्यधिक उपयोगले पनि धेरै किसिमका क्यान्सरलाई उकासेको हुँदा मेडिकल संहितालाई न्यायोचित र पारदर्शी बनाउन आवश्यक देखियो । रेडियसनमा आधारित इलाज व्यापार बन्नुहुँदैन, बरु रोग केन्द्रित हुनुपर्छ ।
ब्याक्टेरिया तथा भाइरसले आनुवंशिक पदार्थलाई तोडमोड गर्ने भएकाले केही सूक्ष्माणुहरू क्यान्सरको संवाहक पनि हुन् । एचपिभी, हेपाटाइटिस अनि एप्सटिनबार भाइरसहरूले क्रमशः गर्भाशय, कलेजो र लिम्फोमाका अर्बुद रोग लाग्छ । त्यसैले खोप तथा सामाजिक अनुशासनमार्फत भाइरसबाट जोगिन सक्दा मात्र पनि क्यान्सरबाट बच्न सकिन्छ । त्यस्तै ‘हेलिकोब्याक्टर पाइलोरी’ नाम गरेको ब्याक्टेरिया अल्सरको कारक हो । अनि समयमै पहिचान गर्न नसक्दा उक्त ब्याक्टेरियाले पेटको क्यान्सर लगाउँछ भन्ने बुझ्नुपर्छ । क्यान्सरको कारक देखिएको भाइरस र ब्याक्टेरियाबाट बच्न सक्दा अर्बुद रोगलाई पछि धकेल्न सकिन्छ ।
दुई पृथक् कारणले जिनमा खराबी आउँछ । मातापितामा रहेका खराब आनुवंशिक पदार्थ सन्ततिमा सर्नु अनि विविध बाह्य कारणले जिनमा खराबी आउनु । जिनमा आएका केही कैफियतले शरीरलाई कुनै पीडा दिँदैन भने केही आनुवंशिक कैफियतहरू क्यान्सरका कारक बन्छन् । उदाहरणका लागि ‘ब्राका वान र टु’ जिनमा आएको खराबीले स्तन क्यान्सर अनि ‘एमएचएल १, एमएसएच २’ जिनहरूमा त्रुटि देखिँदा ‘लिन्च सिन्ड्रम’ भन्ने रोग लाग्छ ।
यसरी जन्मँदै मातापिताबाट आएको खराब जिनको अनुगमन आफ्नो वशको विषय भएन, बरु पैत्रिक दायित्वको रूपमा स्विकार गर्नुपर्छ नै । तर आफ्नो काबुमा रहेको स्वस्थ जीवनशैली अवलम्बन गरी आनुवंशिक पदार्थलाई बेदाग राख्न भने सकिन्छ । त्यस्तै काबुभन्दा पर रहेको आन्तरिक हर्मोन तथा अन्य मेटाबोलिक क्रियाकलापमा आउने विचलनले समेत अर्बुद रोग ल्याउन सक्छ भन्ने भुल्नुहुँदैन । स्वस्थ जीवन व्यतीत गर्दैमा अर्बुद रोग लाग्दैन भन्ने हुँदैन तर क्यान्सरको सम्भाव्यता भने निश्चय नै कम हुन्छ ।
क्यान्सरले रोगीको शारीरिक स्वास्थ्यलाई मात्र आधात पार्दैन, बरु परिवार तथा समाजलाई पनि नकारात्मक प्रभाव पार्छ । एकातिर उपचारको दरिलो विधि स्थापित नभएकाले रोगीले स्तरीय जीवनयापन गर्न सक्दैन भने सामीप्यको मरण मानिसका लागि कठिन हुन्छ नै । सदस्य थलिँदाको दर्दले उत्पादनशील बन्न नसकेको घडीमा खर्चिलो उपचार पद्धतिले परिवारमा धानिनसक्नु आर्थिक बोझ थपिन्छ।
क्यान्सरको अन्वेषणमा रकम खर्चने सम्पन्न देशले हो । विज्ञानका आविष्कारको उपयोग अनि के कस्ता संहिताले क्यान्सरको बोझलाई न्यून गर्ने भन्ने नेपालजस्ता गरिब मुलुकको दायित्व हुन्छ । प्रारम्भिक चरणमै क्यान्सरको पहिचान गर्न सके केही अर्बुद रोगका बिरामीलाई बिसेक पार्न सकिन्छ भने अन्यलाई सहजताको अवसर प्रदान गर्न सकिन्छ । स्तन क्यान्सर पत्ता लगाउन प्रयोग गरिने ‘मेमोग्राम’, पाचनप्रणाली निरीक्षण गर्न उपयोग गरिने ‘कोलोनोस्कोपी’लगायतका अन्य रक्त परीक्षण विधिमार्फत धेरै किसिमका क्यान्सर प्रारम्भमै पहिल्याउन सकिन्छ । यद्यपि एक युरोपियन बृहत्तर अध्ययनले मेमोग्रामको आवधिक प्रयोगले स्तन क्यान्सरका रोगीलाई दीर्घकालीन फाइदा नपुग्ने ठहर गरेको यथार्थ स्मरणयोग्य छ ।
जीवनशैली, खानपिन तथा वातावरणीय प्रभावका कारण नेपालमा क्यान्सर पीडितको संख्या बढ्दो छ । खर्चिलो उपचार पद्धति अनि बिसेक हुने सम्भाव्यता न्यून भएको महारोग सबै पक्षका लागि महँगो छ । धूम्रपान, मद्यपान तथा प्रशोधित खान्कीको निषेधले क्यान्सरको सम्भाव्यता कम हुने भएकाले जनचेतनाको अभिवृद्धि र कानुनी सुधारको आवश्यकता देखिन्छ । प्रारम्भिक चरणमै रोग पत्ता लगाउन सके योजना गर्न सजिलो हुन्थ्यो, पारिवारिक बोझ व्यवस्थापन सहज बन्थ्यो । त्यस्तै सालाखाला आयु बढ्दा पाको अवस्थामा लाग्ने क्यान्सरका रोगी बढ्छन् नै । हजुर पुस्तालाई महारोग लाग्दा उनीहरूको उत्तरार्धलाई कसरी व्यवस्थित बनाउने भनी ध्यान दिनु नाति पुस्ताको दायित्व भएकाले उपयुक्त स्वास्थ्य प्रणालीको विकास आवश्यक रह्यो ।
बाँके । नेकपा एमालेले आगामी निर्वाचनसम्म प्रदेश संयोजनको जिम्मेवारी तोकेको छ । लुम्बिनी प्रदेशको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिइएको छ । अर्याल यसअघि पनि लुम्बिनी इन्चार्जको जिम्मेवारीमा रहिसकेकी थिइन् ।
त्यस्तै कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, राजधानी विशेष क्षेत्रमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ ।
जिल्लास्तरीय संयोजनको हकमा, पहिले इन्चार्ज रहेका नेता यदि केन्द्रीय सदस्य नभएका क्षेत्रहरूमा परे भने नयाँलाई जिम्मा दिइएको छ । साबिककै जिल्ला इन्चार्जहरू भने निर्वाचित भएका क्षेत्रमा चुनावसम्म संयोजनको जिम्मेवारी सम्हाल्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।



