२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

मकै पकेट कार्यक्रमअन्तर्गत कृषि औजार वितरण, सार्वजनिक सुनुवाइ सम्पन्न

राप्तीसोनारी, वैशाख १६ राप्तीसोनारी गाउँपालिकामा कृषकलाई लक्षित गर्दै सञ्चालन गरिएको मकै बाली पकेट कार्यक्रमअन्तर्गत कृषि मेसिनरी तथा औजार वितरण गरिएको छ । भुवर भवानी बहुउद्देश्यीय कृषक सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उक्त कार्यक्रम गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कार्यान्वयन गरिएको हो ।

कार्यक्रमअन्तर्गत कृषकहरूलाई उत्पादन वृद्धि र श्रम घटाउने उद्देश्यले विभिन्न कृषि उपकरण वितरण गरिएको सहकारीले जनाएको छ । वितरण गरिएका सामग्रीमा १० थान मिनिटिलर, ९ हर्ष पावरका मोटर, ३९ थान २ हर्ष पावरका मकै दाउने मेसिन, १८ थान स्प्रे ट्यांकी र ५ थान मकै रोप्ने मेसिन (सिड ड्रम) रहेका छन् । यी उपकरणले खेतीपातीमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै उत्पादन लागत घटाउने र उत्पादकत्व वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

उक्त कार्यक्रमसँगै सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । सहकारीका अध्यक्ष तुलसीराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मनिषा सिंह थारुको उपस्थिति रहेको थियो भने वडा नं. ३ का अध्यक्ष मिनकुमार चौधरी, वडा नं. ८ का अध्यक्ष सालिकराम डाँगी, केशव परियार, पवन शाह लगायतका जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी, गाउँपालिकाको कृषि शाखाका प्रमुख महेन्द्रप्रसाद खड्काले कृषिमा आधुनिकीकरणको आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले कृषकलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताए । उनले मकै खेतीलाई व्यावसायिक बनाउन आधुनिक उपकरणको प्रयोग अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले गाउँपालिकाले कृषकको आय वृद्धि र आत्मनिर्भरता हासिल गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले कृषिमा प्रविधि भित्र्याएर उत्पादन वृद्धि गर्ने र युवालाई कृषिमा आकर्षित गर्ने योजना रहेको स्पष्ट पारे । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सहकारीको कामप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए । कृषकहरूले उपकरण वितरणले खेतीपातीमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रम सहकारीका मुख्य व्यवस्थापक शिवप्रसाद थारुले सञ्चालन गरेका थिए । कार्यक्रममा स्थानीय कृषक, सहकारीका सदस्य तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस प्रकारका कार्यक्रमले राप्तीसोनारी क्षेत्रमा कृषि उत्पादनमा सुधार ल्याउनुका साथै कृषकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।