२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

मकवानपुरको मनहरी गाउँपालिका–६, कोलाघारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार साँझ करिब ५:१० बजे मनहरी–६ कोलाघारी निवासी ३९ वर्षीय मङ्गलबहादुर प्रजा प्रतापपुरस्थित सुरेश मोक्तानको निर्माणाधीन नयाँ घरमा ढोका जडान गर्ने क्रममा ड्रिल मेसिन चलाउँदा एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनापछि उनकी श्रीमती रस्ती माया प्रजाले उनलाई उपचारका लागि मनहरी अस्पताल पुर्‍याएकी थिइन्। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि हेटौंडा अस्पताल पठाइएकोमा साँझ ६:५५ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृतकको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी चौकी सुनाचुरीबाट टोली खटिएको छ। घटनास्थल प्रहरी चौकी सुनाचुरीबाट करिब ५/६ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ।

बर्दिया । अवैध रूपमा भारततर्फ लैजान लागिएका भैंसी नियन्त्रण गरी भन्सार कार्यालयतर्फ लैजाँदै गरेका सशस्त्र प्रहरीमाथि तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा एक सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने अर्का जवान घाइते भएका छन्।

दुर्घटनामा बाँसगढी नगरपालिका–५ मोतिपुर निवासी ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। दुर्घटनापछि उनलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल गुलरिया पुर्‍याइएको थियो। उपचारका क्रममा आज बिहान करिब साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बाँसगढी नगरपालिका–८ ककौरा निवासी ३५ वर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाह घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको छ। जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

मृतक कँडेल र घाइते शाह दुवै जना फर्वार्ड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए। दुर्घटनामा घाइते भएका ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरी हेटौंडाका ४० वर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा एउटा भैंसी पनि मरेको छ।

प्रहरीका अनुसार आज बिहान सवा ५ बजेतिर गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा पैदल हिँडिरहेका सशस्त्र प्रहरी टोली र उनीहरूले नियन्त्रणमा लिएका भैंसीलाई नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिएको हो।

बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो। ती पशु चौपायालाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रत्येक फोटोको २० रुपैयाँ र भिडियोको ५० रुपैयाँ लिने उनले यही आम्दानीलाई आफ्नो दैनिक जीवनको आधार बनाएका छन् । सिजनको समयमा भने आम्दानी निकै बढ्ने उनी बताउँछन् । ‘साउनदेखि कात्तिकसम्म यहाँ धेरै भीड हुन्छ । त्यो बेला कहिलेकाहीँ दैनिक दुई हजार रुपैयाँसम्म पनि कमाइ हुन्छ,’ उनी भन्छन् । चाखलाग्दो कुरा के छ भने जिनियससँग आफ्नै क्यामेरा छैन । उनी महेन्द्रनगरबाट क्यामेरा भाडामा लिएर काम गर्छन् । दैनिक कमाइको आधा हिस्सा क्यामेरा भाडामा बुझाउने शर्तमा सुरु भएको यो यात्राले उनलाई आत्मनिर्भरतातर्फ अघि बढाएको छ ।

बाँके, जेठ ३१  महाकाली नदीमाथि साँझपख सूर्य झर्दै गर्दा दोधारा–चाँदनी झोलुङ्गे पुल सुनौलो रङमा झल्किन्छ । पुलभरि सेल्फीको होड, युवायुवतीको हाँसो र मोबाइल क्यामेराको निरन्तर क्लिकबीच एक युवा भने सबैभन्दा अगाडि उभिएर अरूका यादहरू कैद गरिरहेका हुन्छन् । भीडले भरिएको त्यो दृश्यमा २३ वर्षीय जिनियस चौधरीको काँधमा झुण्डिएको क्यामेरा केवल उपकरण होइन, उनको दैनिकी, पहिचान र भविष्य बनिसकेको छ ।

कैलालीको भजनी नगरपालिका–६ बसाहा घर भएका जिनियस पछिल्ला तीन वर्षदेखि महेन्द्रनगर र आसपासका पर्यटकीय गन्तव्यलाई आफ्नो कर्मभूमि बनाइरहेका छन् । बिहान घरबाट साइकल चढेर निस्किने उनी साँझसम्म महाकाली किनारका झोलुङ्गे पुल, पक्की पुल र आसपासका भीडभाडयुक्त क्षेत्रमा पर्यटकका मुस्कान, प्रेमिल पल र सम्झनाका दृश्य क्यामेरामा उतार्दै भेटिन्छन् । तीन वर्षअघि कैलालीको टीकापुरमा तीन महिने फोटो तथा भिडियोग्राफी तालिम लिएपछि उनको जीवनले नयाँ मोड लिएको थियो । सामान्य परिवारमा हुर्किएका उनीसँग न त ठूलो लगानी थियो, न त आफ्नै उपकरण । तर सीप सिकेपछि उनीसँग एउटा बाटो खुल्यो—त्यो बाटो थियो, लेन्समार्फत जीविकोपार्जन गर्ने ।
महेन्द्रनगरमा डेरा गरी बस्ने जिनियस अहिले बुबा परशुराम चौधरीसँग बस्छन्, जो विगत १९ वर्षदेखि घर निर्माणको मजदुरी गर्दै आएका छन् । परिवारको आर्थिक जिम्मेवारीमा सानो भए पनि योगदान दिन थालेको अनुभूति जिनियसमा स्पष्ट देखिन्छ । उनी भन्छन्, àफोटोग्राफी अहिले मेरो लागि शौक होइन, पेशा नै हो ।’ महाकाली नदीमाथिको दोधारा–चाँदनी झोलुङ्गे पुल अहिले केवल आवतजावतको संरचना मात्र होइन, आन्तरिक पर्यटनको प्रमुख आकर्षण बनेको छ । विशेषगरी साँझपख सूर्यास्त हेर्न आउने पर्यटकका कारण यहाँ दिनहुँ भीड लाग्छ । यही भीड जिनियसका लागि अवसर बन्छ । पर्यटकको आग्रहमा उनी फोटो र भिडियो खिचिदिन्छन्, मोबाइल वा मेमोरी कार्डमै क्षण कैद गरिदिन्छन् र त्यसबापत सानो शुल्क लिन्छन् ।

प्रत्येक फोटोको २० रुपैयाँ र भिडियोको ५० रुपैयाँ लिने उनले यही आम्दानीलाई आफ्नो दैनिक जीवनको आधार बनाएका छन् । सिजनको समयमा भने आम्दानी निकै बढ्ने उनी बताउँछन् । ‘साउनदेखि कात्तिकसम्म यहाँ धेरै भीड हुन्छ । त्यो बेला कहिलेकाहीँ दैनिक दुई हजार रुपैयाँसम्म पनि कमाइ हुन्छ,’ उनी भन्छन् । चाखलाग्दो कुरा के छ भने जिनियससँग आफ्नै क्यामेरा छैन । उनी महेन्द्रनगरबाट क्यामेरा भाडामा लिएर काम गर्छन् । दैनिक कमाइको आधा हिस्सा क्यामेरा भाडामा बुझाउने शर्तमा सुरु भएको यो यात्राले उनलाई आत्मनिर्भरतातर्फ अघि बढाएको छ । यही आम्दानीबाट उनले मोटरसाइकलसमेत किनेका छन्, जसले उनलाई अझ सहज रूपमा विभिन्न पर्यटकीय क्षेत्रमा पुग्न मद्दत गरेको छ ।

अहिले दोधारा–चाँदनी झोलुङ्गे पुल मात्र होइन, महाकालीको चार लेन पक्की पुल र आसपासका ‘भाइरल रोड’ समेत फोटो खिच्ने नयाँ केन्द्र बनेका छन् । विशेषगरी बिदाका दिनहरूमा यी स्थानहरू युवायुवतीले भरिन्छन् । सूर्यास्तको समयमा त दृश्य झनै रमणीय बन्छ, जहाँ मोबाइलका क्यामेरा र क्यामेराहरू लगातार चलिरहेका हुन्छन् । त्यही भीडमा जिनियस मात्र होइन, करिब दुई दर्जनभन्दा बढी युवा क्यामेरा भाडामा लिएर फोटोग्राफी पेशामा संलग्न छन् । तर झोलुङ्गे पुल क्षेत्रमा उनीलाई धेरैले चिन्छन्, किनभने उनी निरन्तर त्यहीँ सक्रिय हुन्छन् । दैनिक करिब १० किलोमिटर साइकल चढेर काममा पुग्ने जिनियसको जीवन सजिलो छैन, तर उनी आफ्नो कामप्रति सन्तुष्ट देखिन्छन् । परिवारको आर्थिक अवस्था सुधार्न सक्नु र आफ्नै मेहनतबाट खर्च चलाउन सक्नु नै उनको लागि ठूलो उपलब्धि हो ।

भविष्यमा आफ्नै क्यामेरा किन्ने र अझ व्यावसायिक रूपमा फोटोग्राफीलाई अघि बढाउने सपना उनले सजाएका छन् । ‘अहिले भाडाको क्यामेरामा काम गरिरहेको छु, तर एक दिन आफ्नै स्टुडियो बनाउने चाहना छ,’ उनी भन्छन् । महाकाली किनारको झोलुङ्गे पुलमा खिचिएका हजारौँ फोटोहरूमध्ये धेरैजसोमा जिनियसको श्रम लुकेको हुन्छ । तर ती फोटोहरू सामाजिक सञ्जालमा सेयर हुँदा देखिने मुस्कान र सम्झनामा भने उनको लेन्सको योगदान प्रस्टै झल्किन्छ । महाकालीको किनारमा आज एउटा युवा आफ्नो भविष्य खोज्दै छ क्यामेराको लेन्समार्फत अरूका यादहरू सुरक्षित गर्दै । जिनियस चौधरीको कथा केवल फोटोग्राफीको होइन, अवसरलाई पेशामा बदल्ने नेपाली युवाको सम्भावनाको कथा पनि हो ।

बाँके, जेठ ३१  नेपालको छापा तथा सञ्चार माध्यम हाल बहुआयामिक आर्थिक, प्राविधिक र संरचनागत चुनौतीको सामना गरिरहेका बेला ‘संकटबाट सम्भावनातर्फः नेपाली मिडियाको दिगो भविष्य’ भन्ने मूल नारासहित राष्ट्रिय मिडिया सम्मेलन २०८३ हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी र नेपाल मिडिया सोसाइटीको सहआयोजनामा उक्त सम्मेलन असार ६ र ७ गते रुपन्देहीको बुटवलमा हुने भएको हो ।

नेपाल मिडिया सोसाइटीको सचिव तथा प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरका अनुसार पछिल्ला वर्षमा सरकारी विज्ञापन नीतिमा आएको परिवर्तन, प्रमुख विज्ञापनदाताको डिजिटल प्लेटफर्मतर्फको तीव्र स्थानान्तरण तथा देशभर पाँच सयभन्दा बढी मिडिया ‘आउटलेट’बीचको बढ्दो प्रतिस्पर्धाले परम्परागत छापा माध्यमको आर्थिक आधार कमजोर बनाएको छ । यसै सन्दर्भमा सम्मेलनले नेपाली मिडियाको दीगो भविष्यका लागि ठोस नीतिगत तथा व्यावसायिक मार्गचित्र तय गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।

सम्मेलनमा देशभरका दैनिक पत्रिकाका सम्पादक, प्रकाशक, सञ्चार उद्यमी, नीति निर्माता तथा विज्ञको सहभागिता रहनेछ । ‘मिडियामा विश्वसनीयता, विविधीकरण र स्थायित्वको खोजी’ भन्ने उपनारालाई केन्द्रमा राखेर हुने छलफलमा मिडियाको आर्थिक मोडेल, डिजिटल रूपान्तरण, विज्ञापन बजारको पुनर्संरचना, पत्रकारिताको विश्वसनीयता र व्यवसायिक स्थायित्वका विषयमा गहन बहस हुने जनाइएको छ । ‘सम्मेलनले नेपाली मिडियाको वर्तमान संकटलाई अवसरमा रूपान्तरण गर्ने ठोस निष्कर्ष निकाल्ने विश्वास छ,’ उनले भने, ‘सम्मेलनबाट नीतिगत सुधारका लागि साझा सुझाव सरकारसमक्ष पेश गरिनेछ ।’

दुई दिने उक्त राष्ट्रिय सम्मेलनले मिडिया क्षेत्रको दीर्घकालीन रणनीति निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । आयोजकले सम्बन्धित सबै सरोकारवालालाई निर्धारित मितिमा कार्यक्रमलाई सफल बनाउन सहभागिताका लागि अनुरोध समेत गरेको छ ।

दाङ, जेठ ३१  तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सेवा विस्तार र स्तरोन्नतिलाई प्राथमिकतामा राख्न माग गर्दै दाङ–तुलसीपुर बनाऔँ अभियानका अभियानकर्ता सर्जन परियारले लुम्बिनी प्रदेश सरकारसमक्ष ध्यानाकर्षण गराएका छन् ।

अभियानकर्ता परियारले शुक्रबार लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरे लाई ज्ञापनपत्र बुझाउँदै राप्ती प्रादेशिक अस्पतालमा देखिएका सेवा सम्बन्धी समस्या तत्काल समाधान गर्न आग्रह गरेका हुन् । ज्ञापनपत्रमा अस्पतालमा जडान गरिएको सीटी स्क्यान सेवा सञ्चालन गर्ने मेसिन विग्रिएको करिब दुई वर्ष बितिसक्दा पनि पुनः सञ्चालनमा आउन नसकेको उल्लेख गरिएको छ । यसको प्रत्यक्ष असर बिरामी र सेवाग्राहीमा परेको भन्दै उपचारका लागि निजी अस्पताल धाउनुपर्ने अवस्था सिर्जना भएको अभियानको दाबी छ । यसले स्वास्थ्य सेवामा अतिरिक्त आर्थिक भार समेत थपिएको उल्लेख गरिएको छ ।

अभियानले सीटी स्क्यान सेवा पुनः सञ्चालनका लागि तत्काल आवश्यक प्राविधिक तथा बजेट व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गरेको छ । त्यसैगरी, राप्ती क्षेत्रका नागरिकलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको संरचनागत तथा सेवा क्षमता विस्तार आवश्यक रहेको भन्दै राप्ती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्न आगामी बजेटमार्फत आवश्यक रकम विनियोजन गर्न आग्रह गरिएको छ ।

अभियानकर्ता परियारले प्रदेश राजधानी परिसरको मूल गेट अगाडि प्लेकार्ड प्रदर्शनसमेत गर्दै सार्वजनिक रूपमा अस्पताल सुधारको माग उठाएका थिए । उनका अनुसार राप्ती क्षेत्रका नागरिकले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउन अस्पताललाई प्रदेशकै प्राथमिकतामा राखिनुपर्छ । ज्ञापनपत्र बुझ्दै मन्त्री घिमिरेले उठाइएका विषयबारे अध्ययन गरी आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको अभियानले जनाएको छ ।

इन्धन खर्चको भुक्तानी भए पनि खर्चको प्रभावकारिता र नियन्त्रणका लागि आवश्यक अभिलेख व्यवस्थापनमा सुधार आवश्यक रहेको औंल्याइएको छ । मर्मत खर्चतर्फ पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । गत वर्ष (आथिर्क वर्ष २०८०/०८१) को तुलनामा मर्मत खर्च करिब २८.७५ प्रतिशतले वृद्धि भएको देखिएको छ । बारम्बार हुने मर्मत खर्चले सवारीसाधन तथा उपकरणको अवस्था, नियमित मर्मत सम्भारको प्रभावकारिता र स्रोतको उपयोगमाथि समेत प्रश्न खडा गरेको प्रतिवेदनको निष्कर्ष छ ।


नेपालगन्ज, जेड ३१  नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा सवारीसाधन इन्धन र मर्मत शीर्षकमा मात्रै डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनले यी खर्चमा मितव्ययिता कायम गर्नुपर्ने आवश्यकता औंल्याएपछि सार्वजनिक स्रोतसाधनको प्रयोग र खर्च व्यवस्थापनबारे प्रश्न उठेको हो ।

८५.९४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको नेपालगन्ज उपमहानगरपालिकाले सेवा प्रवाह, अनुगमन, प्रशासनिक कामकाज तथा जनप्रतिनिधि र कर्मचारीको आवतजावतका लागि विभिन्न सवारीसाधन प्रयोग गर्दै आएको छ । लेखापरीक्षण प्रतिवेदनअनुसार उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा इन्धनतर्फ ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै मर्मत शीर्षकमा ५८ लाख २५ हजार ३ सय ९० रुपैयाँ खर्च भएको देखिन्छ । यी दुई शीर्षकको कुल खर्च १ करोड ५८ लाख २५ हजार ३ सय ८९ रुपैयाँ पुगेको छ । प्रतिवेदनमा सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि तथा मितव्ययितासम्बन्धी निर्देशिका, २०७५ अनुसार इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारी तथा कर्मचारीका लागि मासिक कोटा निर्धारण गरी सोही आधारमा खर्च व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ । साथै सवारीसाधनको सञ्चालन खर्च, इन्धन खपत र उपयोगितासम्बन्धी अभिलेख नियमितरूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था पनि छ ।

तर कार्यालयले इन्धन खर्च लेख्दा सवारीसाधनको न्यूनतम कोटा निर्धारण गरी लागत नियन्त्रण गर्ने अभ्यासलाई पर्याप्त प्राथमिकता नदिएको प्रतिवेदनमा उल्लेख छ । इन्धन खर्चको भुक्तानी भए पनि खर्चको प्रभावकारिता र नियन्त्रणका लागि आवश्यक अभिलेख व्यवस्थापनमा सुधार आवश्यक रहेको औंल्याइएको छ । मर्मत खर्चतर्फ पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । गत वर्ष (आथिर्क वर्ष २०८०/०८१) को तुलनामा मर्मत खर्च करिब २८.७५ प्रतिशतले वृद्धि भएको देखिएको छ । बारम्बार हुने मर्मत खर्चले सवारीसाधन तथा उपकरणको अवस्था, नियमित मर्मत सम्भारको प्रभावकारिता र स्रोतको उपयोगमाथि समेत प्रश्न खडा गरेको प्रतिवेदनको निष्कर्ष छ ।

लेखापरीक्षकले मर्मत खर्च गर्दा आवश्यकता, औचित्य र उपलब्धिको मूल्यांकन गरी खर्च गर्न सुझाव दिएको छ । सवारीसाधनको नियमित मर्मत तथा व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन सके अनावश्यक खर्च न्यूनीकरण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । यसैगरी प्रतिवेदनले चालु खर्चका अन्य शीर्षकमा समेत मितव्ययिता अपनाउन सुझाव दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले बजेट तथा सार्वजनिक स्रोतसाधनको प्रयोग गर्दा आवश्यकता, औचित्य र उपलब्धिलाई आधार बनाएर खर्च गर्नुपर्ने व्यवस्था छ । तर लेखापरीक्षणले केही शीर्षकमा खर्चको आकार बढ्दो क्रममा देखिएकाले खर्च नियन्त्रण र व्यवस्थापनमा थप सुधार आवश्यक रहेको संकेत गरेको छ । स्थानीय तहमा विकास निर्माण, आधारभूत सेवा र जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमका लागि स्रोत अभाव हुने गुनासो बढिरहेका बेला इन्धन र मर्मतजस्ता प्रशासनिक शीर्षकमा ठूलो रकम खर्च भएको विषयले चासो बढाएको छ । सरोकारवालाले सार्वजनिक स्रोतको अधिकतम सदुपयोग, खर्चमा पारदर्शिता र मितव्ययितालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । महालेखापरीक्षकको प्रतिवेदनले पनि आगामी दिनमा इन्धन, मर्मत तथा अन्य प्रशासनिक खर्चलाई व्यवस्थित, पारदर्शी र नतिजामुखी बनाउन उपमहानगरपालिकालाई सुझाव दिएको छ ।

प्रमाण पेश नगरि २३ लाख भुक्तानी

नेपालगन्ज उपमहानगरपालिकाले विभिन्न अध्ययन प्रतिवेदन तथा सफ्टवेयर निर्माणका लागि खर्च गरेको २३ लाख ६८ हजार रुपैयाँभन्दा बढी रकमको जिन्सी दाखिला नगरेको पाइएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनले अध्ययन प्रतिवेदन र सफ्टवेयरको अभिलेखीकरण तथा जिन्सी व्यवस्थापनमा कमजोरी देखिएको जनाएको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार कार्यालयमा रहेको, खरिद गरिएको वा अन्य कुनै माध्यमबाट प्राप्त जिन्सी मालसामान उचित वर्गीकरणसहित आम्दानी बाँध्नुपर्ने व्यवस्था छ । तर उपमहानगरपालिकाले विभिन्न अध्ययन प्रतिवेदन तथा सफ्टवेयर निर्माण गरी भुक्तानी गरे पनि ती सामग्रीलाई सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेख गरी जिन्सी खातामा दाखिला नगरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार वडा नम्बर २ र ४ को इमर्जेन्सी रेस्पोन्स म्याप तयारीका लागि ४ लाख ८५ हजार रुपैयाँ, वडा नम्बर २० को कन्ट्रोल पोइन्ट डेन्सिफिकेसन प्रतिवेदनका लागि २ लाख ४६ हजार ३४० रुपैयाँ तथा वडा नम्बर १ र ५ को रिस्क एन्ड भल्नरेबिलिटी एसेसमेन्ट प्रतिवेदनका लागि ४ लाख ५२ हजार रुपैयाँ खर्च गरिएको थियो ।

यस्तै वडा नम्बर २ को मेट्रिक हाउस नम्बरिङ प्रणालीसम्बन्धी रिपोर्ट तथा अध्ययनमा ३ लाख ९३ हजार ८०५ रुपैयाँ र वडा नम्बर १–१३ का लागि नेपालगन्ज ड्रेनेज नेटवर्क प्लानिङ तयारीमा ७ लाख ९१ हजार रुपैयाँ खर्च भएको देखिएको छ । यी सबै शीर्षकमा खर्च गरिएको कुल २३ लाख ६८ हजार १४५ रुपैयाँ बराबरका प्रतिवेदन तथा सफ्टवेयर जिन्सी खातामा दाखिला भएको प्रमाण पेश नभएकाले उक्त रकम बेरुजु कायम गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । लेखापरीक्षकले अध्ययन प्रतिवेदन तथा सफ्टवेयरजस्ता बौद्धिक सम्पत्तिको समेत अभिलेख राखी उक्त प्रणालीमा दाखिला गर्न र त्यसको प्रमाण पेश गर्न उपमहानगरपालिकालाई निर्देशन दिएको छ । लेखापरीक्षण प्रतिवेदनमा यसको प्रमान पेश गर्ने भनिएको छ ।

१९ नम्बर वडा
अनुगमन भत्तामा ७३ हजार अनियमितता

नेपालगन्ज उपमहानगरपालिका–१९ मा योजना अनुगमनका नाममा वितरण गरिएको भत्तामा अनियमितता भेटिएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनले कानुनविपरीत भत्ता वितरण गरिएको ठहर गर्दै ७३ हजार १ सय रुपैयाँ असुल गर्न निर्देशन दिएको हो ।

प्रतिवेदनअनुसार वडा नं. १९ ले सञ्चालन गरेका विभिन्न योजनाको अनुगमनका क्रममा वडा अध्यक्ष, वडा सदस्य तथा प्राविधिक कर्मचारीहरूलाई अनुगमन भत्ता भुक्तानी गरेको थियो । तर लुम्बिनी प्रदेशको स्थानीय तहका पदाधिकारीको सेवा–सुविधासम्बन्धी ऐन, २०७५ तथा सार्वजनिक खर्च व्यवस्थापन निर्देशिकाले नियमित जिम्मेवारीअन्तर्गत पर्ने कामका लागि अतिरिक्त भत्ता लिन नपाइने स्पष्ट व्यवस्था गरेको छ ।

लेखापरीक्षणका क्रममा वडा अध्यक्ष परसराम कुर्मी, वडा सदस्यहरू रामसुन्दर कुर्मी, मनसुर खाँ, अमृता कुमारी सिंह र सुनिता कोरीसहित इन्जिनियर, सब–इन्जिनियर, असिस्टेन्ट सवइन्जिनियर तथा अन्य कर्मचारीलाई जनही ७ हजार ३५० रुपैयाँका दरले भत्ता वितरण गरिएको पाइएको छ । यसरी १० जनालाई गरिएको भुक्तानीको कुल रकम ७३ हजार ५०० रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको प्रतिवेदनमा सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीले आफ्नो नियमित कार्यक्षेत्रभित्र पर्ने अनुगमन तथा निरीक्षण कार्यका लागि अतिरिक्त सुविधा लिन नमिल्ने उल्लेख गरिएको छ । त्यसैले नियमविपरीत भुक्तानी गरिएको उक्त रकम सम्बन्धित व्यक्तिबाट असुल गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ ।
स्थानीय तहमा विकास योजनाको अनुगमन प्रभावकारी बनाउने उद्देश्यले गरिने गतिविधि नियमित जिम्मेवारीभित्र पर्ने भए पनि त्यसैको नाममा अतिरिक्त भत्ता वितरण गरिएको पाइएको भन्दै लेखापरीक्षकले आगामी दिनमा यस्ता खर्चमा नियन्त्रण गर्न सुझाव दिएको छ । यो विषयले स्थानीय तहमा सार्वजनिक खर्चको मितव्ययिता र कानुनी पालना सम्बन्धी प्रश्नसमेत उठाएको छ ।

फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार समूह चरणको दोस्रो खेलमा हाइटीविरुद्ध स्कटल्यान्ड विजयी भएको छ।

खेल सुरु भएको २८औँ मिनेटमा जोन म्याकगिन्नले गोल गरेर स्कटलयान्डलाई अग्रता दिलाएका थिए। त्यसपछि हाइटीका खेलाडीले गोल फर्काउन सकेनन्।

विश्वकपमा पुनरागमन गरेको हाइटी र २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।