२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

कोहलपुर, असार १२  कोहलपुर–११ स्थित ज्ञान बहुमुखी क्याम्पसमा स्नातक तह चौथो वर्ष (ब्याच २०८३) का विद्यार्थीहरूको सम्मानमा बिदाई तथा उज्ज्वल भविष्यको शुभकामना कार्यक्रम सम्पन्न भएको छ । स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा अध्ययन पूरा गर्न लागेका विद्यार्थीलाई सम्मानपूर्वक बिदाई गर्दै आगामी शैक्षिक, व्यावसायिक तथा व्यक्तिगत जीवनका लागि सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता व्यवस्थापन संकाय तेस्रो वर्षकी अमृता आचार्यले गरेकी थिइन् । प्रमुख अतिथिका रूपमा ज्ञान बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टेकबहादुर गुरुङ सहभागी भएका थिए भने विशिष्ट अतिथिमा क्याम्पसका सहायक प्रमुख गणेशकुमार खड्का रहेका थिए । कार्यक्रममा प्राध्यापक विमलाकुमारी खत्रीलगायत शिक्षक, कर्मचारी तथा विभिन्न संकायका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले विद्यार्थी जीवन मानिसको भविष्य निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण चरण भएको उल्लेख गर्दै क्याम्पसबाट हासिल गरेको ज्ञान, सीप र अनुशासनलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले समाज र राष्ट्रको विकासमा शिक्षित युवाको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउँदै अध्ययनसँगै असल चरित्र र जिम्मेवारीबोधको विकास गर्नुपर्नेमा जोड दिए । विशिष्ट अतिथि खड्काले क्याम्पसबाट बिदाइ भए पनि विद्यार्थी र क्याम्पसबीचको सम्बन्ध कहिल्यै समाप्त नहुने उल्लेख गर्दै आफूले सिकेको ज्ञानलाई समाजको हितमा प्रयोग गर्न आग्रह गरे । उनले सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै निरन्तर मेहनत, इमानदारी र सकारात्मक सोचका साथ अघि बढ्न सुझाव दिए ।

प्राध्यापक विमलाकुमारी खत्रीले विद्यार्थीसँग बिताएका शैक्षिक अनुभव स्मरण गर्दै जीवनका हरेक चुनौतीलाई अवसरका रूपमा लिन प्रेरित गरिन् । उनले सफलताको आधार निरन्तर अध्ययन, आत्मविश्वास र मेहनत भएको बताइन् । कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, कविता तथा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । बिदाइ हुने विद्यार्थीहरूले क्याम्पसमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गर्दै शिक्षक, कर्मचारी र सहपाठीप्रति आभार व्यक्त गरेका थिए । साथै आयोजक विद्यार्थीहरूले मायाको चिनो प्रदान गर्दै सबै बिदाइ हुने विद्यार्थीको सफल र उज्ज्वल भविष्यको कामना गरेका थिए ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा शिक्षक–विद्यार्थीबीच आत्मीयता, सहकार्य र सम्झनाहरू साटासाट गरिएको थियो । आयोजकले यस्ता कार्यक्रमले विद्यार्थीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै नयाँ यात्रामा अघि बढ्ने विद्यार्थीलाई प्रेरणा र आत्मविश्वास प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।