२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा चिरञ्जीवी ओली निर्वाचित भएका छन् । अध्यक्षका लागि भएको प्रतिस्पर्धामा ओलीले १ हजार ३ सय ९२ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहाललाई १ हजार १६ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । दाहालले ३ सय ७६ मत प्राप्त गरे ।

निर्वाचन आयुक्तको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार ओली नेतृत्वको समूहले संघका अधिकांश पदमा विजय हासिल गरेको छ । निर्वाचन आयुक्त तीर्थराज ज्ञवालीले ओलीलाई अध्यक्षमा निर्वाचित घोषणा गर्दै अन्य पदाधिकारी तथा सदस्यहरूको पनि अन्तिम परिणाम सार्वजनिक गरेका हुन् ।

वाणिज्य उपाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठ र उद्योग उपाध्यक्षमा कमल कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा रुपा ओझा (सानु) विजयी भएकी छन् । उनले १ हजार १५२ मत प्राप्त गर्दा प्रतिस्पर्धी उमा ग्राण्डन (डाँगी) ले ५०४ मत पाइन् ।

महासचिवमा विष्णु श्रेष्ठ १ हजार २९० मतसहित विजयी भएका छन् । उपमहासचिवमा प्रदीप आचार्यले ८६६ मत प्राप्त गरे भने कोषाध्यक्षमा टीकामणि उपाध्याय ९१९ मतसहित निर्वाचित भएका छन् ।

सदस्यतर्फ तोपबहादुर थापाले १ हजार ३५०, सन्तोषकुमार पौडेलले १ हजार ४५६, नन्दाराम जैसीले १ हजार ३४९, जहाँगीर मुसलमानले १ हजार १६०, आदित्य गुप्ताले १ हजार ३४०, अतुलकुमार गुप्ताले १ हजार १२३, शारदरराज अधिकारीले १ हजार ३३१, नगेन्द्र शाहीले १ हजार २८८, शरदप्रसाद रिजालले १ हजार १२८ र सुरजबहादुर भण्डारीले १ हजार १२५ मत प्राप्त गर्दै विजयी भएका छन् ।

सम्बद्ध सदस्यतर्फ फणाधर भण्डारी र सुरेशजंग बन्जारा तथा एशोसिएट सदस्यतर्फ राजीव तलंगा र अब्दुल वाहिद अन्सारी निर्विरोध निर्वाचित भएका छन् ।

ओलीको फराकिलो जितसँगै नेपालगन्ज उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिमा उनको नेतृत्वमा बहुमत समूह स्थापित भएको छ । निर्वाचन परिणाम सार्वजनिक भएपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संघमार्फत नेपालगन्जको उद्योग–व्यवसाय क्षेत्रका समस्या समाधान र व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

कैलाली , भदौ–०७ गते।  बडीमालिका भगवतीको मुख्य पूजाका लागि सुदूरपश्चिम प्रदेश सरकारले सरकारी पूजा टोली बाजुरा पठाएको छ। धार्मिक विधिअनुसार पूजा सामग्रीसहित तयार पारिएको टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीबाट बिदाइ गरिएको हो।

मुख्यमन्त्री खगराज भट्टसहित प्रदेश सरकारका मन्त्रीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धार्मिक विधिअनुसार पूजाआजा गरेपछि सरकारी टोलीलाई बडीमालिकातर्फ पठाइएको हो। प्रदेश सरकारले बडीमालिकामा चढाउने पूजा सामग्रीसहितको पेटारो टोलीलाई हस्तान्तरण गरेको जनाएको छ।

सरकारी टोलीले धनगढीबाट बाजुराको सदरमुकाम मार्तडीसम्म यातायातका साधनमार्फत यात्रा गर्नेछ। मार्तडी पुगेपछि भने टोली पैदल मार्ग हुँदै बडीमालिका मन्दिर पुग्नेछ।

बडीमालिकातर्फको यात्राका क्रममा टोलीले बाटोमा पर्ने विभिन्न धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा परम्परागत विधिअनुसार पूजाआजा गर्नेछ। त्यसपछि बडीमालिका मन्दिरमा निर्धारित धार्मिक विधि पूरा गर्दै विशेष पूजा गरिनेछ।

सुदूरपश्चिममा बडीमालिका यात्रा धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ। प्रदेश सरकारको सरकारी पूजा टोलीले हरेक वर्ष परम्परागत विधिअनुसार बडीमालिकामा पूजा गर्ने गरेको छ।

यस वर्ष बडीमालिका भगवतीको मुख्य पूजा भदौ ११ गते हुने तय गरिएको छ। मुख्य पूजाका लागि देशका विभिन्न स्थानबाट श्रद्धालु तथा भक्तजनहरू बाजुरा पुग्ने क्रमसमेत सुरु भएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।