२०८३ मंसिर ९ मंगलवार
२०८३ मंसिर ९ मंगलवार

भेरी अस्पतालमा प्लास्टिक सर्जरी र न्युरोसर्जरी सेवा सुरु

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जलन तथा मस्तिष्क र स्नायु प्रणालीसम्बन्धी बिरामीलाई लक्षित गर्दै प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी र न्युरोसर्जरी सेवा सुरु गरेको छ ।

अस्पतालले विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि थप दुईवटा विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हो । नयाँ सेवा सुरु भएसँगै जलनबाट प्रभावित तथा न्युरोसम्बन्धी समस्या भएका बिरामीले सरकारी अस्पतालबाटै विशेषज्ञ उपचार पाउने भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार प्लास्टिक तथा रिकन्स्ट्रक्टिभ सर्जरी सेवा डा. नोबेल पोखरेल र न्युरोसर्जरी सेवा डा. आलोकचन्द्र ठाकुरले प्रदान गर्नेछन् ।

यी सेवा सञ्चालनमा आएपछि जलन, चोटपटकका कारण शरीरका अंगमा क्षति पुगेका तथा मस्तिष्क र स्नायु प्रणालीसम्बन्धी जटिल समस्या भएका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

विशेषगरी जलनका बिरामीको उपचार, दुर्घटनाबाट क्षति पुगेका अंगको पुनर्निर्माण तथा न्युरोसर्जरीअन्तर्गत आवश्यक शल्यक्रिया सेवा अस्पतालबाटै उपलब्ध हुनेछन् । यसले बाँकेसहित आसपासका जिल्लाका बिरामीलाई विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने विश्वास अस्पतालले लिएको छ ।

पछिल्लो समय अस्पतालले विशेषज्ञ चिकित्सक र विशिष्टीकृत सेवा विस्तारलाई प्राथमिकता दिँदै आएको छ । सोही क्रममा दुईवटा नयाँ सेवा थप गरिएको अस्पतालले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका विभिन्न विभागका प्रमुख तथा चिकित्सक र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।