२०८३ आश्विन ७ बुधबार
२०८३ आश्विन ७ बुधबार

नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ


नेपालगन्ज । नेपालगन्जमा प्रहरीले ४ राउण्ड हवाई फायर गर्दै ठूलो परिमाणमा खैरो हेरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१४ मा ४ राउण्ड हवाई फायर गरी भारतको बहराइचस्थित रुपैडियाको चकिया रोडका २४ वर्षीय नदीम राईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राईको साथबाट १०३ ग्राम ७९० मिलिग्राम शुद्ध तौलको खैरो हेरोइन बरामद भएको छ । उनको साथबाट एउटा मोबाइल र भारतीय नम्बर प्लेट यूपी ४० जे ०६५७ को मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई बरामद लागुऔषध तथा अन्य सामग्रीसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको छ ।

प्रहरीका अनुसार हवाई फायरका क्रममा कुनै पनि व्यक्ति घाइते भएका छैनन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।