२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

कोहलपुर,बाँके कात्तिक २८,    नेदरल्याण्ड विकास नियोग एसएनभी नेपालले धुवाँ मुक्त गाउँ कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिका वडा नं.१३ लाई धुवाँरहित गाउँ बनाउने भएको छ । ‘स्वस्थ जीवन, सफा आकाश, धुवाँ मुक्त गाउँ हाम्रो प्रयास’ भन्ने नाराका साथ धुवाँरहित गाउँ अभियान कार्यक्रमका लागि कोहलपुरमा प्रारम्भिक बैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको उर्जा–परियोजना संयोजक सन्तोष कुमार आचार्यले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि, सम्वद्ध सरोकारवाला निकायलाई बोलाएर धुवाँरहित गाउँ बनाउने चरणदेखि, यसको कार्यान्वयन प्रक्रिया, आवश्यकता र महत्वबारे जानकारी गराउने काम गरिएको आचार्यले बताए । ‘घरभित्रको वायु प्रदूषणको कारण मानव स्वास्थ्यमा पर्ने असर नियन्त्रण गर्नका निमित्त धुवाँ मुक्त गाउँ अभियान अत्यन्तै प्रभावकारी र आवश्यक छ आचार्यले भने–‘त्यसका लागि हामीले विद्युतिय चुलोको प्रयोगलाई बढवा दिन खोजिरहेका छौं ।’

परियोजना अन्तर्गत लुम्विनी प्रदेशका बाँके र बर्दिया तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका १४ हजार घरपरिवारलाई लक्षित गरिएको छ । बाँकेमा यो अभियानमा १५ सय घरधुरीलाई समेट्ने योजना बनाइएको छ । त्यसका निमित्त परियोजनाले चुलो खरिदमा करिव दुई हजार अनुदान दिने पनि आचार्यले बताए । ‘धुवाँमुक्त गाउँ अभियान’ एकको एकल प्रयासलेबाट मात्र सम्भव छैन आचार्यले भने–‘यो समग्रमा समुदाय र संस्थागत अभ्यासले खाना पकाउने ब्यवहार परिवर्तनबाट मात्र सम्भव रहन्छ ।’

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले विद्युतिय चुलोको प्रयोग स्वास्थ्य र वातावरणका लागि अन्त्यन्तै उपयोगीपूर्ण रहेको बताए । वैकल्पिक उर्जाका लागि विद्युतिय चुलोको प्रयोगतर्फ प्रेरित हुन उनले आग्रह पनि गरे । सरकारको नीति पनि वैकल्पिक उर्जालाई प्राथमिकता दिने खालको भएकाले यसमा स्थानीय सरकारको सहयोग र साथ हुने उल्लेख गरे । कार्यक्रममा कोहलपुर नगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत समितिका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

नेपालको जैविक इन्धनमा खाना पकाउने परिपाटी छ । जसका कारण स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम त छँदैछ त्यसले वनजंगल विनाशलाई समेत प्रश्य दिएको अभियान्ताहरु बताउँछन् । यो कार्यक्रमको उद्देश्य स्वास्थ्यमा सुधार, दाउराको प्रयोग घटाउने, विद्युत खपत बढाउने, विद्युतिय सुरक्षाबारे सचेतना फैलाउने पनि भएको संयोजक आचार्यले बताए ।

 

बाँके, कात्तिक २८    लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले संविधानअनुसार अधिवेशन आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमवार दिउँसो १ बजेबाट अधिवेशन सुरु हुनेगरी प्रदेश प्रमुख घर्तीले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दताए भइसकेका छन् ।

त्यसैगरी, दलित अधिकार सम्बन्धी विधेयक र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् । लुम्बिनीमा गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।

बाँके, कात्तिक २८   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी परित्याग गरेका छन्। उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

उनले राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएका छन्।

पार्टीमा आफूले निरन्तर विचारको बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको उनको भनाइ छ।

‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रुपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु,’ उनले राजीनामा पत्रमा लेखेका छन्।

जेन–जी आन्दोलनले अहिलेकै अवस्थामा नेपाली राजनीति अगाडि बढ्न नसक्ने कुरा प्रमाणित गरेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता (Gen-G) को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाई हो।’

बाँके, कात्तिक २८   नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्सले समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर एनपीएलको दोस्रो संस्करणका लागि आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् ।

कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलहरूबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी छनोट गरिएको हो । आईकोनिकको रुपमा छनोट भएका विकेटकिपर ब्याटर समीर अली मिडर अर्डरमा ब्याटिङ गर्छन् । उनले लुम्बिनी प्रदेशबाट यू–१८ र यू–१६ प्रतियोगिता समेत खेलेका छन् ।

यस्तै आशुतोष पाण्डे र दिनेश बोहरा लुम्बिनी लायन्सको ’हिरो’ खेलाडीको रुपमा छनोट भएका छन् । अब समीर अली लुम्बिनी लायन्सको मुख्य स्क्वाडमा समावेश हुनेछन् भने आशुतोष र दिनेश पनि टिमसँगै रहनेछन्‌
ट्यालेन्ट हन्टमा करिब एक सय खेलाडी सहभागि रहेको र त्यसमा अभ्यास खेलहरु खेलाएर आइकोनिक प्लेअर छनोट गरिएको लुम्बिनी लायन्सका कन्सलट्यान्ट प्रशिक्षक शक्ति गौचनले जानकारी दिए ।

’हामी ट्यालेन्ट हन्टका लागि एक सय जना जति खेलाडी छानेर केही अभ्यास म्याचहरु खेलायौँ । त्यसबाट उत्कृष्ट खेलाडि आइकोनिक प्लेअरको रुपमा छनोट गरेका छौं । उनीहरु नयाँ छन् तर धेरै सम्भावना छ । आशा छ भविष्यमा राम्रो गर्नेछन्,’ गौचनले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेल कप्तान रहेको लुम्बिनी लायन्सले यस पटक भैरहवाको एक्सट्राटेक ओभलमा प्रशिक्षक गर्दै तयारी तिव्र बनाएको छ । एनपीएल दोस्रो संस्करण टीयू मैदानमा फ्लडलाइटमा हुने भएकोले लुम्बिनी लायन्स टिमले एक्स्ट्राटेकमा फ्लटलाइटमा प्रशिक्षक गरेको थियो । त्यसले खेलमा फाइदा पुग्ने टिमको विश्वास छ ।

लुम्बिनीले विदेशी खेलाडीमा अष्ट्रेलियाका डार्शी सर्ट, अफगानिस्तानका गुल्बादिन नहब र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरेको छ भने बाँकी विदेशी खेलाडी चाँडै सार्वजनिक गरिनेछ ।
लुम्बिनी लायन्सको टोली :
रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, डार्शी सर्ट,थोमस ड्राका, गुल्बादिन नहब, समीर अल

डडेल्धुरा, कात्तिक २८   कीर्तिपुरमा निर्माण हुन लागेको सभाहलको काम वर्षौं बित्दासम्म पनि अगाडि बढ्न सकेको छैन । सरकारी तथा निजी दुवै क्षेत्रमा सभाहलको अभाव भएकाले यस्तो पूर्वाधारको आवश्यकता महसुस गरी सुरु गरिएको काम अहिले अलपत्र अवस्थामा पुगेको हो ।

जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सभाहल निर्माणको प्रस्ताव स्वीकृत भएपछि जिल्ला समन्वय समितिको पहलमा काम थालिएको हो । ‘डडेल्धुरामा सभाहल अत्यावश्यक भएको भन्दै हामीले यसका लागि पहल गरेका थियौं, तर अहिले काम रोकिएको छ,’ उनले भने ।

दुई करोड पाँच लाख रुपैयाँ लागतमा दुई सय जना अट्ने क्षमता भएको सभाहल निर्माण गर्ने योजना बनाइएको थियो । पहिलो पटक आर्थिक वर्ष २०७९/८० मा जग हालेर पिलरका लागि फलामका छड ठड्याइए पनि त्यसपछि काम अगाडि बढेन । अहिले जगमा झारपात पलाइसकेका छन् र निर्माण स्थल जीर्ण अवस्थामा पुगेको छ ।
जिल्ला समन्वय समितिको कार्यालय रहेको कीर्तिपुरको जग्गामा सभाहल निर्माण गर्नका लागि जग खनिएको थियो । पहिलो वर्ष ४० लाख रुपैयाँ खर्च गरी जग खनिएको र संरचना तयार पारिएको भए पनि त्यसपछि काम ठप्प छ। सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक पत्राचार गरेको भएपनि कामले निरन्तरता पाउन नसकेको जिसस प्रमुख भण्डारीले बताए ।

भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर सहरी विकास तथा भवन कार्यालयले भवन निर्माणको जिम्मा पाएकामा कार्यालयले निर्माण कम्पनीलाई कार्यादेश नदिँदा काम अघि बढ्न सकेन । फलस्वरूप रकम फ्रिज हुन पुग्यो ।
सभाहल निर्माणका लागि दुई करोड पाँचलाख रुपैयाँ लागत अनुमानसहित बहुवर्षीय योजना अन्तर्गत २०७९ सालमा ठेक्का आह्वान गरिएको थियो । पहिलो वर्षको काममा जग हाल्ने कार्य सम्पन्न भएको थियो, तर दोस्रो वर्ष बजेट नपर्दा काम रोकियो । पछिल्लो वर्ष केही रकम विनियोजन भए पनि विविध प्राविधिक समस्या देखाउदै काम अगाडि बढेको छैन ।

खजुरा, कात्तिक २८,  बाँकेको खजुरा गाउँपालिकास्थित मिनी रंगशालामा आज शुक्रबारदेखि प्रथम खजुरा रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) खजुराको आयोजना र व्यवस्थापनमा पहिलो पटक खजुरा क्षेत्रमा रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा खजुरा क्षेत्रका १० विद्यालय बीच प्रतिस्पर्दा हुने प्याब्सन खजुराका अध्यक्ष गीता गोदार क्षेत्रीले जानकारी दिइन् । प्याब्सन खजुराले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै प्रावि र मावि स्तरीय खेलकुद प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । खजुरा क्षेत्रमा रहेका निजी मावि तहमा कथा १० सम्मका विद्यार्थीहरुमा खेलकुदको अभिरुचि बढाई अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको प्याब्सन खजुरा अध्यक्ष क्षेत्रीले जनाइन् ।

रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १० विद्यालयका करिब ५ सय खेलाडी विद्यार्थीहरुले सहभागिता जनाउने सचिवालय संयोजक नरेन्द्र ददेलले जानकारी दिए । शुक्रबार देखि आयोजना हुने रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल छात्र / छात्रा, एथलेटिक्स छात्र/छात्रा बीच हुनेछ । प्रावि तहमा ५ खेल हुने फिल्ड मार्सल राजेन्द्र आचार्यले जनाए । रनिङ शिल्ड सञ्चालन गर्का लागि १० जना खेल प्राविधिक खटिने खेल प्राविधिक संयोजक चन्द्र गुरुङले जानकारी दिए ।

प्रथम प्याब्सन खजुरा रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तूफानले गर्ने आयोजकले जनाएको छ ।

बर्दिया, कात्तिक २८,   बर्दियाको गुलरिया नगरपालिका–३ निमकोठियामा कुटपिटका कारण एक महिलाको मृत्यु भएको छ । सामान्य विवादका क्रममा छिमेकीबीच भएको झगडामा कुटपिटबाट घाइते भएकी ३६ वर्षीया रुपरानी रैदासको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।

मिति २०८२ कात्तिक २२ गते राति करिब ८ बजे सुरेश रैदास र उनकी श्रीमती रुपरानी रैदासलाई सोही ठाउँका ४५ वर्षीय बालक राम रैदास, उनका बुहारी २२/२३ वर्षीया जुगुन्ता रैदास र ३६ वर्षीय कुवारे रैदासले सामूहिक रूपमा हात मुक्काले कुटपिट गरेका थिए । कुटपिटबाट रुपरानीको छाती र पेटमा चोट लागेपछि उनलाई स्थानीय मणि मेडिकल, खैरापुरमा उपचारका लागि लगिएको थियो ।

प्राथमिक उपचारपछि उनलाई घर फर्काइएको थियो तर कात्तिक २६ गते राति करिब ११ः३५ बजे अचानक छाती दुख्ने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि गुलरिया अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारको क्रममा सोही राति १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मृतकका श्रीमान सुरेश रैदासले पनि छाती दुख्ने समस्या देखिएको र औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी खैरापुर ‘ख’ बर्दियाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो ।

प्रहरीले कुटपिटमा संलग्न बालक राम रैदास, जुगुन्ता रैदास र कुवारे रैदासलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनाको कारण सामान्य घरेलु विवाद रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

सानो रीस, क्षणिक आवेग र मदिराको नशाले बाँचिरहेको सम्बन्धलाई एकै झट्कामा तोडिदिन्छ । यही बाँकेको पछिल्लो यथार्थ हो, ‘जहाँ विकासका खबरहरूसँगै हत्या पनि सामाजिक जीवनको दुःखद् भाग बन्दै गएको छ ।’

 

नेपालगन्ज, कात्तिक २८,   रातको सन्नाटा चिर्दै कोहलपुर–२, आनन्दनगरमा चर्को बिबादको आवाज सुनियो, केही मिनेटमै त्यो आवाज मौन भयो, र अर्को बिहान एउटा लास भेटियो । यस्तो दृश्य अब बाँकेका गाउँबस्तीका लागि नयाँ रहँदैन । झगडा ज्यानघातमा परिणत हुन थालेका छन् । सानो रीस, क्षणिक आवेग र मदिराको नशाले बाँचिरहेको सम्बन्धलाई एकै झट्कामा तोडिदिन्छ । यही बाँकेको पछिल्लो यथार्थ हो, ‘जहाँ विकासका खबरहरूसँगै हत्या पनि सामाजिक जीवनको दुःखद् भाग बन्दै गएको छ ।’
गत आर्थिक वर्षमा मात्रै ११ जनाको हत्या भएको थियो, र यो वर्ष साउनदेखि अहिलेसम्म पाँचजनाको हत्या भएको छ । यो संख्याले घटेको देखिए पनि, समाजभित्र फैलिएको आक्रोश, असहिष्णुता र हिंसाको संस्कृति अझै उस्तै तीक्ष्ण छ । प्रहरी अभिलेख हेर्दा थाहा हुन्छ, ‘अधिकांश हत्या पारिवारिक झगडा, मदिरा सेवन, आपसी रिसइबी र साना विवादकै कारण भएका हुन् ।’ खजुरा–६ का अर्जुन राना, जानकी–६ का मुकेश पासी, नेपालगन्ज–५ का जाबिर अलि बेहेना, दैलेख भैरवी–४ की निर्मला थापार कोहलपुर–२ की हरिकला विक यो घटनाका शिकार बनेका छन् । उनीहरू सबै फरकफरक पेसा र पृष्ठभूमिबाट आएका थिए, तर साझा कुरा एउटै थियो, ‘हत्या ।’
बाँकेका गाउँघरमा झगडा, रिस र विवाद सामान्यजस्तै लाग्छ । तर, पछिल्ला वर्षहरूमा त्यस्ता झगडाहरू अब प्राणघातक रूप लिन थालेका छन् । कतिपय घटनामा मदिराले प्रमुख भूमिका खेल्छ । सानो विवादमा हात हाल्ने, अनि क्षणभरमै चक्कु, लाठी वा दाउराले आक्रमण गर्ने प्रवृत्ति बढेको प्रहरीले बताउँछ । कतिपय हत्या पारिवारिक हिंसाका परिणाम हुन्, जहाँ पतिको हिंसाले पत्नीको ज्यान लिएको छ, कतै भाइबीचको सम्पत्ति विवादले ठूलो रूप लिएको छ । यी घटनाले बाँकेको सामाजिक तानाबाना कति कमजोर हुँदै गएको छ भन्ने प्रस्ट पार्छ ।
सामाजिक मनोविज्ञहरू भन्छन्, ‘हत्या कुनै एक दिनमा घट्ने अपराध होइन, यो लामो समयदेखि दबिएका असन्तुष्टिको विस्फोट हो । बाँकेजस्तो सीमावर्ती क्षेत्रमा बेरोजगारी, गरिबी, नशालु पदार्थको सजिलो पहुँच र आत्म–संयमको कमीले मानिसलाई हिंसात्मक बनाइरहेको छ । जब समस्या सानो स्तरमै समाधान हुँदैन, जब घरभित्रका विवादमाथि मौनता छाइरहन्छ, त्यही मौनता अन्ततः हिंसामा परिणत हुन्छ ।’
प्रहरीका अनुसार, हत्या भएका घटनामा अधिकांश अपराधी पीडितकै परिचित व्यक्ति हुन्छन् । साथी, नातेदार वा छिमेकीबीचकै झगडा ज्यानघातमा परिणत हुने गरेका छन् । यसले समुदायभित्रको विश्वास घट्दै गएको स्पष्ट संकेत दिन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दिपक पातलीले भने, ‘हत्या रोक्न कानुनी मात्र होइन, सामाजिक सहयोग पनि आवश्यक छ ।’
तर, कानुनी प्रक्रियामा अझै धेरै चुनौती छन् । ग्रामीण क्षेत्रका धेरै घटनामा जानकारी ढिलो आउँछ, प्रमाण सुरक्षित हुँदैन, र साक्षीहरू पनि दबाबमा पर्छन् । त्यसैले हत्याका मुद्दा धेरै लामो समयसम्म अदालतमा अल्झिन्छन् । कतिपय पीडित परिवारहरू वर्षौँसम्म न्यायको प्रतीक्षा गर्छन् । एक पीडित परिवारका सदस्यले भनेका छन्, ‘हामीलाई अब कसैले हाम्रो मान्छे फर्काइदिँदैन, तर न्याय ढिलो हुँदा पीडा झनै बढ्छ ।’ स्थानीय सरकार र प्रहरी दुवैले पछिल्लो समय अपराध नियन्त्रणमा सामुदायिक पहललाई प्राथमिकता दिएका छन् । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत हरेक वडामा सल्लाहकार समिति गठन गरिएको छ, जसले विवाद समाधानमा मध्यस्थता गर्ने र हिंसात्मक झगडा रोक्ने काम गर्छ । तर, यी समिति कति सक्रिय छन् भन्ने प्रश्न अझै खुला छ । धेरै ठाउँमा ती नाममात्रका संस्था बनेका छन्, जसले घटनापछि मात्र प्रतिक्रिया दिन्छन्, रोकथाममा योगदान पुर्‍याउन सकेका छैनन् ।
हत्या हुने घटना घट्दै गए पनि बाँके अझै सुरक्षित ठान्न सकिँदैन । यो सीमावर्ती जिल्ला भएकाले अपराधका स्वरूप विविध छन्, नशा ओसारपसार, तस्करी, घरेलु हिंसा, अनि व्यक्तिगत द्वन्द्व । भारतसँगको खुला सीमा र बढी जनसंख्या भएका शहरी बस्तीले अपराध नियन्त्रणलाई चुनौतीपूर्ण बनाएको छ । तर, हत्याको संख्या घट्नु भने सकारात्मक संकेत हो । यसले प्रहरीको सक्रियता, समुदायको सहयोग र जनचेतनाको स्तर केही बढेको संकेत दिन्छ ।
तर, तथ्यांकले मात्र सान्त्वना दिन सक्दैन । हरेक हत्याको पछाडि एउटा परिवारको संसार भत्किएको हुन्छ । बाँकेका गाउँहरूमा अहिले पनि त्यस्ता परिवार भेटिन्छन् जसले आफ्ना प्रियजनको मृत्यु सम्झँदा आज पनि रोइरहेका छन् । कुनै घरमा आमा उजाडिएकी छिन्, कतै छोराले बुबाको हत्याको दोष बोकिरहेको छ । यी घटनाहरू केवल संख्याको गणना होइनन्—ती बाँकेको सामाजिक असन्तुलन, असहिष्णुता र आक्रोशको चित्र हुन् । हत्या घटाउने जिम्मेवारी केवल प्रहरी वा अदालतको होइन । यो समाजकै सामूहिक जिम्मेवारी हो—परिवारभित्र संवाद बढाउने, रिस नियन्त्रण गर्ने, नशा नियन्त्रण गर्ने र समुदायमा सहकार्य बलियो बनाउने । जब घरभित्रका झगडाहरू सहमति र कुराकानीबाट हल हुन थाल्छन्, त्यतिबेला मात्रै बाँकेमा शान्तिको बीउ उम्रिन सक्छ ।
हत्या घट्नु सकारात्मक खबर हो, तर यो अन्त्य होइन, चेतावनी हो—कि हामी अझै पनि असुरक्षित छौं । यदि समाजले सहिष्णुता गुमाउन जारी राख्यो भने, हत्याको संख्या फेरि बढ्न समय लाग्दैन । बाँकेका सडक, गाउँ र टोलहरूमा शान्ति रहोस् भने, हरेक नागरिकले आफ्नो भित्रको आक्रोशलाई नियन्त्रण गर्न सिक्नुपर्छ । कारण, हिंसा र हत्या कुनै समस्या समाधान होइन—त्यो त समाजको असफलताको पराकाष्ठा हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक पातलीका अनुसार पूर्व नियोजितभन्दा पनि भव्यतव्यबाटै हत्यासम्मका घटना भएको देखिन्छन् । ‘क्षणिक आवेग, कुन्ठा, रिसिवी लगायतका कारणले अपराधिक मनोवृत्तिलाई प्रश्य दिएको देखिन्छ । कतिपय घटनामा आर्थिक तथा पारिवारिक कलह पनि जोडिएका छन्,’ उनले भने, ‘परपुरुष र परस्त्रीसँगको सम्वन्धका कारण पनि हत्यासम्मका घटना भएका छन् ।’
यस्ता घटना बढ्नुको पछाडिको कारण दण्डहिन्ताले प्रश्य पाउनु भएको वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले बताए । ‘दोषीहरुलाई कारबाही नहुँदा पनि यस्ता घटना दोहोरिएको पाइएको छ । शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रणमा प्रहरीको भूमिका पनि प्रभावकारी भएन,’ उनले भने, ‘अधिकांश हत्याका घटना आर्थिक लेनदेन र पारिवारिक कारणले भएको देखिन्छ । तीव्र महŒवाकांक्षा, बढ्दो बेराजगार, आर्थिक विपन्नतालगायतले कारणले पनि हत्याका घटनामा बढोत्तरी भएको देखिन्छ ।’
पछिल्लो समय हत्याका घटनाका बारेमा पीडितहरु प्रहरीकहाँ पुग्नेक्रम बढेको प्रहरीका पूर्व एसएसपी वीरबहादुर ओलीले बताए । ‘चेतनाको स्तर बढ्नु, प्रहरीको सहज पहुँचलगायतका कारणले पनि रिर्पोट हुन थालेका छन् । पहिला हत्याका केशहरु मिस हुँदै आएको पनि देखिन्छ,’ उनले भने, ‘जघन्य अपराधका घटनामा प्रहरीले गहिरो ढंगबाट अनुसन्धान गर्ने, कारवाही गर्ने गरेकै छ । नियोजित भन्दा पनि पछिल्लो समय भव्यतव्यमा हत्यासम्म पुगेका घटना छन् ।’

नेपालगन्ज ,कात्तिक २८, बाँकेमा भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने भएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा समेत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरेको सन्दर्भलाई दृष्टिगत गर्दै भोलि शनिबार कार्तिक २९ गते समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

प्रशासकीय अधिकृत विष्णु साहनीले सर्वसाधारणको सहजताको लागि भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ताको काम सुचारु हुने जानकारी दिए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।