
कोहलपुर: बाँकेबाट प्रहरीले ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका-११ बस्दै आएका बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीविरुद्ध कोहलपुर प्रहरीले जबरजस्ती करणी कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कोहलपुर: बाँकेबाट प्रहरीले ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर नगरपालिका-११ बस्दै आएका बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाहीविरुद्ध कोहलपुर प्रहरीले जबरजस्ती करणी कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बर्दिया: बर्दियाको फुटाहबाट प्रहरीले ब्राउन सुगरसहित बाँकेका एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले ३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित बाँकेको खजुरा गाउँपालिका-७ उढरापुरका २५ वर्षीय तौफिक खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।
बर्दिया प्रहरीका अनुसार खाँलाई भारतबाट नेपालतर्फ ब्राउन सुगर पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
ब्राउन सुगरसहित पक्राउ परेका खाँलाई आज बर्दिया जिल्ला अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
कोहलपुर: जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेका एक युवकलाई पक्राउ गरेको छ।
सवारी ज्यान मुद्दामा सम्मानित बाँके जिल्ला अदालतले २०७९ चैत २ गते १ महिना १८ दिन कैद सजाय सुनाएका राप्तीसोनारी गाउँपालिका-५ का एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
बाँके प्रहरीका अनुसार फरार रहेका ती युवकलाई आज बिहान नेपालगन्ज उपमहानगरपालिका–१० भेरी अस्पताल नजिकबाट पक्राउ गरिएको हो।
पक्राउ परेका ती युवकलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
खजुरा, मंसिर २१ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेताहरू एउटै निर्वाचन क्षेत्रबाट दुई पटकभन्दा बढी चुनाव लड्न नपाउने स्पष्ट प्रावधान बनाउनुपर्ने सुझाव दिएका छन् । कांग्रेस, बाँके–३ कार्यसमितिद्वारा खजुरा बजारमा शनिबार आयोजित कार्यकर्ता भेला सम्बोधन गर्दै उनले नेतृत्व विकास र लोकतन्त्रको संस्कार दुवैका लागि एकै व्यक्तिले लगातार एकै क्षेत्र ओगटिरहनु उपयुक्त नहुने तर्जुमा प्रस्तुत गरे ।
उनका अनुसार पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउन र नयाँ पुस्तालाई अवसर दिने वातावरण निर्माण गर्नुपर्ने अबश्यकता छ, जसका लागि उम्मेदवारीको दोहोरोतेहोरो दोहोरिने अभ्यास अन्त्य हुनैपर्छ । राठौरले आगामी फागुन २१ मा निर्धारित निर्वाचनको तयारी जटिल बन्दै गएको टिप्पणी पनि गरे । निर्वाचन घोषणा भई तीन महिना बितिसक्दा पनि सरकारले शान्ति–सुरक्षा, व्यवस्थापन तथा पूर्वाधार तयारीलाई आवश्यक प्राथमिकतामा नराखेको उनको आरोप थियो ।
चुनाव सुनिश्चितता नै अनिश्चित देखिन थालेको अवस्थामा सरकारले, सुरक्षा निकायहरूले र अन्य सम्बद्ध निकायहरूले तत्काल सक्रिय पहल नगरे आवश्यक वातावरण बन्न नसक्ने उनको भनाइ थियो । घोषित मितिमा चुनाव गर्नुको विकल्प नभएकाले तयारीमा ढिलाइ देशको राजनीतिक स्थायित्वका लागि गम्भीर चुनौती बन्न सक्ने चेतावनी उनले दिए ।
भेलामा सहमहामन्त्री राठौरले नेपाली काँग्रेसलाई देशको एकमात्र वास्तविक लोकतान्त्रिक शक्ति भन्दै पार्टी बलियो हुँदा लोकतन्त्र बलियो रहने र पार्टी कमजोर हुँदा मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्य कहिल्यै नबिर्सिन नेता–कार्यकर्तालाई आग्रह गरे । मुलुकले स्थिरता र सुशासन खोजिरहेको अवस्थामा काँग्रेसलाई जिताउन पार्टीका सबै तह र संरचनाका कार्यकर्ताले गम्भीरतापूर्वक जिम्मेवारी सम्हाल्नुपर्ने सुझाव उनले दिए ।
पार्टीको महाधिवेशन नजिकिंदै गर्दा आन्तरिक विवाद वा प्रतिस्पर्धाले संगठन कमजोर नबनाओस् भन्ने उनको मुख्य जोड थियो । महाधिवेशन पार्टीलाई छरिएको होइन, अझ संगठित र सबल बनाउने मोड तगचलष्लन उयष्लत का रूपमा लिनुपर्ने आवश्यकतामाथि उनले बल दिए । महाधिवेशन पार्टीको आन्तरिक प्रक्रियाअन्तर्गत हुने भएकाले यसले संगठनलाई बलियो बनाई आगामी राजनीतिक यात्रामा मजबुत कदम चाल्न सहयोग पुर्याओस् भन्ने सबैको चाहना, कामना र भूमिकाले एकताबद्ध हुनुपर्ने उनको अपेक्षा थियो ।
दाङ, मंसिर २१ दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाको परीक्षण थालेको छ । प्रतिष्ठानमा सिकलसेल जाँच्ने मेसिन भित्रिएपछि पहिलो पटक ठूलो संख्यामा परीक्षण गर्न लगिएको प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले जानकारी दिए ।
उनका अनुसार यो परीक्षण अभियान आजदेखि शुरूआत गरिएको छ । दाङका दश वटै पालिकाका जनप्रतिनिधिसँगको छलफलमा प्रतिष्ठानले झन्डै ५ हजार जनामा सिकलसेन एनिमियाको परीक्षण गर्ने जानकारी समेत गराएको छ ।
प्रतिष्ठानले सिकलसेल एनिमिया भएका ३ सय १५ जनालाई औषधि उपचार सेवा प्रदान गर्दै आएको छ । एक वर्षदेखि ६५ वर्ष उमेरसम्मकोमा सिकलसेल एनिमिया भेटिएको छ । त्यस्तै एकै घरका चार जना परिवारमा पनि सिकलसेल देखिएको छ । विशेषगरी यो रोग थारु समुदायमा जटिल समस्याका रुपमा रहेको छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले प्रतिष्ठानले सिकलसेल एनिमिया परीक्षणको थालनी गरेसँगै अब जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने र उपचारमा पनि सहजता हुने बताउनुभयो । सरकारले बेला–बेलामा दाङमा सिकलसेल एनिमियाको निःशुल्क परीक्षण र उपचार गर्दै आए पनि यसलाई नियमित गर्न सकिरहेको छैन ।
कुनै बिरामीमा सिकलसेल एनिमिया पाइएमा एक लाख रूपैयाँसम्मको निःशुल्क औषधी उपचार गरिने प्रतिष्ठानले जनाएको छ । सिकलसेल एनिमियाबाट व्यक्तिको रक्तकोषको आकार हसियाँ जस्तो हुने डाक्टरले बताएका छन् । कोषको आकार परिवर्तन भएर बाङ्गो हुँदा रक्त सञ्चारमा अवरोध आउँछ ।
बाँके, मंसिर २१ रासायनिक मलको असन्तुलित प्रयोगले बाँकेमा माटोको अवस्था बिग्रिँदै गएको छ । उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिँदा यहाँका माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको माटो तथा मल परीक्षण प्रयोगशाला खजुराका माटो विज्ञ खिमबहादुर केसीले बताए ।
निःशुल्क माटो जाँच शिविरको प्रतिवेदनले माटोमा क्षारीयपन बढी रहेको पाइएकाले माटोको उर्भरशक्ति कमजोर बन्दै गएको उनको भनाइ छ । माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रासमेत कम देखिएको जनाउँदै उहाँले यसले उत्पादनमा ह्रास आउने उल्लेख गरे ।
‘युरिया, डिएपीलगायत रासायनिक मलको अत्यधिक प्रयोग गरिएको पाएका छौँ । रासायनिक मल मनपरी ढङ्गले प्रयोग गरिँदा माटोमा रहने विभिन्न तत्वमा गम्भीर असर परेको छ,’ उनले भने, ‘प्राङ्गारिक पदार्थ तथा मलको मात्रा नबढाउँदासम्म माटो सुध्रिँदैन, माटोको परीक्षण गरेर रिपोर्टका आधारमा सन्तुलित मात्रामा रासायनिक मलको प्रयोग गर्नुपर्छ ।’
प्राङ्गारिक मलको विकल्पमा किसानले रासायनिक मलको प्रयोग गर्दा उत्पादन घट्नुका साथै माटोको सन्तुलनमा नकारात्मक असर पर्दै गएको प्रयोगशालाका प्रमुख आशीष पाठकले बताए । खेतबारीमा पराल जलाउने, रोटाभेटरको प्रयोग गर्ने, प्राङ्गारिक मलको प्रयोग नगरी रासायनिक मल असन्तुलित रूपमा प्रयोग गर्नाले माटोको अवस्था बिग्रिँदै गएर उत्पादकत्व कम हुँदै गएको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख डा विनोद घिमिरेले माटोको अवस्था सुधार नगरे आगामी पुस्ताले प्राङ्गारिक र जैविक उत्पादनको अनुभव लिन नपाउने जोखिम बढ्दै गएको बताए । जिल्लामा माटो परीक्षण निःशुल्क शिविर सञ्चालन गरी गरिएको भए पनि किसानमा उत्साह नदेखिएकाले सचेतना जगाउन आवश्यक रहेकामा उनले जोड दिए ।
कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराका प्रमुख श्रीधर ज्ञवालीले बिग्रेको माटोमा रासायनिक मल हालेर मात्रै उत्पादन शक्ति नबढ्ने भएकाले प्राङ्गारिक पदार्थको मात्रा बढाउन जरुरी रहेको बताए । उनका अनुसार यहाँको माटोमा नाइट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाइएको छ । यस्तो अवस्थामा अनावश्यक रूपमा रासायनिक मल खेतमा प्रयोग गरिँदा माटोमा रहेका ती तत्वको सन्तुलन बिग्रिएर उत्पादकत्व क्षमता कमजोर हुँदै जाने उनले उल्लेख गरे ।
बाँके, मंसिर २१ रूपन्देही, कैलाली, सुर्खेत र बर्दियाका विभिन्न स्थानमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
रूपन्देही, सिद्धार्थनगर–८ बसडिलवाबाट ब्राउनसुगर जस्तो देखिने ६८ ग्राम ५ सय मिलिग्राम लागूऔषध सहित सोही नगरपालिका–१ बेलहिया घर भएका २० वर्षीय मुकेस थापा र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको टोलीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो।
कैलाली, गौरीगंगा–१० बाट खैरो हेरोइन जस्तो देखिने ५ सय ६० मिलिग्राम लागूऔषध सहित सोही नगरपालिका–८ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी कैलाली, गोदावरी–२ स्थित स्वस्तिक होटलबाट ७ किलो ५ सय ग्राम चरेस जस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा बझाङ छबिसपाथिभेरा–७ का २८ वर्षीय बम बहादुर धामी, ४२ वर्षीय जनक जाग्री, बझाङ सुर्मा–३ का २५ वर्षीय अमृत बोहरा र दार्चुला महाकाली–२ का ५० वर्षीय रूपसिंह सितोली रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारेको थियो ।
सुर्खेत, वीरेन्द्रनगर–२ श्रीजना टोलबाट ४ सय ९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध सहित २५ वर्षीय सनत बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल–६ मैनापोखर बजारबाट ५० ग्राम ९ सय ७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित गुलरीया–११ लालपुर बस्ने २६ वर्षीय प्रबेश चमार र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनीहरूलाई मैनापोखर बजारबाट बाँसगढीतर्फ जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
प्रहरीले बताएको छ कि देशभर लागूऔषध नियन्त्रणमा कडाइ गर्दै अनियमित कारोबार गर्नेहरूलाई निरन्तर निगरानीमा राखिएको छ ।
अछाम, मंसिर २१ अछामको ढकारी गाउँपालिकाले छाउपडी प्रथा नियन्त्रणका लागि नयाँ कानुन निर्माणको तयारी थालेको छ । आउँदो हिउँदे गाउँसभामार्फत कानुन ल्याउन लागिएको हो । त्यसका लागि जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिमा प्रस्ताव पेस गरिएको छ।
शुक्रबार गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरसहित जिल्लास्तरीय निर्देशन समितिका सदस्य तथा जिल्लाका दशवटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ढकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीनप्रसाद रिमालले छाउपडी प्रथा नियन्त्रणका लागि नयाँ कानुन निर्माण गर्नेबारे प्रस्ताव अघि सारेका हुन् ।
नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम निर्माण गर्न लागिएको यो कानुनलाई उपचारात्मक विधिबाट कार्यसञ्चालन गर्ने गरी कार्यान्वयन गरिने गाउँपालिकाका अध्यक्ष साउदले बैठकमा उपस्थित निर्देशन समितिका सदस्य तथा सरोकारवालाहरूलाई जानकारी गराए । उनका अनुसार यो कानुनको प्रभावकारी कार्यान्वयनका लागि टोलस्तरमा महिला, ज्येष्ठ नागरिक, धामीझाँक्री र पुजारीहरू अनिवार्य सदस्य रहने गरी समिति गठन गरिनेछ । सोही समितिमार्फत घरघरमा चेतना फैलाउने र अटेर गर्नेलाई कानुनबमोजिम कारबाहीका लागि प्रक्रिया अघि बढाइनेछ ।
गाउँपालिकाको न्यायिक समिति, सामाजिक विकास शाखा र स्वास्थ्य शाखाको मातहतमा रहने गरी गठन गरिने टोल समितिलाई छाउपडी प्रथासँगै सुत्केरीमाथि हुने विभेदविरुद्ध चेतना फैलाउँदै सामाजिक क्षेत्रको विषयमा आवश्यक साझा नीति, योजना, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने कार्यमा समेत परिचालन गरिने अध्यक्ष साउदले बताए । अछाम जिल्लामा सामाजिक क्षेत्रको विकासको बाधकका रूपमा रहेको छाउपडी प्रथा उन्मूलनका लागि दसवटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सामाजिक विकास कार्यालयलगायत अन्य निकायको साझा पहलमा गठित निर्देशन तथा समन्वय समितिअन्तर्गत ढकारीमा भएको यो तेस्रो बैठक हो ।
बैठकमा उपस्थित समितिका सदस्यहरू तथा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, चौरपाटीका अध्यक्ष भीमबहादुर साउद, ढकारीकी उपाध्यक्ष नेत्रकलादेवी शाहीलगायतले कानुन कार्यान्वयनको प्रभावकारिता, यसको जटिलता र चुनौतीका विषयमा सुझाव दिएका थिए । त्यस्तै, जिल्ला अस्पताल अछामको एकद्वार संकट व्यवस्थापन केन्द्रका पार्वती बोहरा र सम विकास नेपालका कार्यकारी निर्देशक पशुपति कुँवरलगायतले हालको अवस्था र निर्देशन समितिले गर्नुपर्ने पहलबारे सुझाव दिएका थिए ।
यसअघि जिल्लाको कमलबजार नगरपालिका र चौरपाटी गाउँपालिकामा सम्पन्न पहिलो र दोस्रो बैठकका प्रस्तावहरू कार्यान्वयनमा जोड दिँदै बैठकमा उपस्थित सरोकारवालाहरूले अब यही अभियानलाई अन्तिम अभियान हुने गरी छाउपडीलगायतका अन्य हानिकारक चलन अन्त्यका लागि पहल गर्न आग्रहसमेत गरेका छन् । यसपछि जिल्लास्तरीय सामाजिक क्षेत्र विकास निर्देशन तथा समन्वय समितिको चौथो बैठक जिल्लाको तुर्माखाँद गाउँपालिकामा बस्नेछ ।
नेपालगन्ज , मंसिर २१ भेरी अस्पतालको क्याथ ल्याब सेवा मुसाले तार काटेपछि शुक्रबारदेखि अवरुद्ध भएको छ । अस्पतालका अनुसार मुसाले विद्युत् आपूर्ति तार काट्दा क्याथ ल्याबमा काम ठप्प भएको हो । यस घटनाले अस्पतालमा उपचार गराइरहेका बिरामीहरूमा असुविधा सिर्जना भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले भने, ‘मर्मतका लागि इन्जिनियरको टोली खटाइएको छ । केही दिनभित्र सेवा पुनः सञ्चालन हुनेछ । बिरामीहरूलाई परेको असुविधाप्रति हामी क्षमा चाहन्छौँ ।’
क्याथ ल्याब मात्र नभई यसअघि मुसाले पुरानो सिटिक्यान मेसिनको तार पनि काटेर क्षति पुर्याएको थियो । कर्मचारीहरूले भेरी अस्पतालमा मुसाको लगातार विगविगी रहेको बताएका छन् ।
अवरुद्ध रहेको एमआरआइ सेवा पनि मर्मतपछि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले बिरामीलाई सेवा पुनः सामान्य हुने विश्वास दिलाएको छ ।




