२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

हुम्ला, मंसिर २८ स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको अस्पतालले महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क चेकजाँच र औषधिको व्यवस्था गरेको छ । स्वयंसेविकाका रुपमा समुदायमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग गर्दै आएकी स्वास्थ्य स्वयंसेविकालाई काम गर्न हौसला प्रदान गर्न यो व्यवस्था गरिएको हो ।

जिल्लाभरका महिला स्वास्थ्य स्वयंसेविकालाई अस्पतालमा उपचार गर्न आउँदा निःशुल्क व्यवस्था गरिएको कार्यालय प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताए । अस्पताल सिमकोट गाउँपालिकाको क्षेत्रभित्र पर्छ । सिमकोट गाउँपालिकाका आठ वटै वडाका सबै बस्तीमा गरी ४५ जना महिला स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गर्दै आएका छन् ।
सिमकोट गाउँपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविका मात्र नभएर उपचारका लागि अस्पताल आउने जिल्लाभर सेविकाहरूको चेकजाँच र औषधि निःशुल्क रूपमा गर्ने व्यवस्था गरिएको छ । अब महिला स्वास्थ्य स्वयंसेविकाको चेकजाँच, ल्याब परीक्षण, औषधि सबै निःशुल्क रुपमा गरिनेछ ।

त्यसका लागि लाग्ने खर्च अस्पताल विकास समितिबाट ब्यहोरिनेछ । न्यून पारिश्रमिकले गाउँ बस्तीमा स्वयंसेवीको रुपमा स्वास्थ्यकर्मीलाई सहयोग गर्दै आएकी महिला स्वास्थ्य स्वयंसेविकालाई काम गर्न हौसला प्रदान गर्न यो व्यवस्था गरिएको होे ।

यसअघि पटक–पटक स्वास्थ्य स्वयंसेविकाले आफू बिरामी हँुदा निःशुल्क उपचारको ब्यवस्था गर्न माग गर्दै आएका थिए । धेरै अगाडिदेखिको आफूहरूको माग अहिले आएर पूरा भएको महिला स्वास्थ्य स्वयंसेविका धौरी सुनारले बताइन् ।

जिल्ला अस्पतालले यो काम निकै स्वागतयोग्य गरेको भन्दै यसलाई दिगो रुपमा ब्यवस्था गर्न उनले अस्पतालसँग आग्रह गरिन् । जिल्लाभर २४३ जना स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

कैलाली, मंसिर २८  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी जिल्ला घर भई हाल धनगढी उपमहानगर–३ बस्ने भरत बम र सोही ठाउँ बस्ने अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ बस्ने मनोज विष्टलाई पक्राउ गरिएको हो ।

कैलाली कारागारमा तोडफोड र आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ बस्ने ४० वर्षका वसन्तराज जोशी र १९ वर्षका अङ्कित सक्सेनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले फरकफरक मितिमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा चलाइएको छ । जिल्ला अदालतले तोडफोड र आगजनी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नका लागि दिइएको जाहेरीका आधारमा प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । आन्दोलनको क्रममा जिल्ला अदालत आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुग्नुका साथै विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत जिन्सी सामानमा क्षति पुगेको थियो ।

कैलाली कारागारमा भएको तोडफोडका क्रममा कारागारको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यहाँ रहेका कैदीबन्दी फरार भएका थिए । कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रको लम्की ताल छेउमा रहेको रुखको टोड्कोमा लुकाइछिपाइ राखिएको अवस्थामा बुधबार एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

बुटवल, मंसिर २८ ‘विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा शनिबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको कार्यक्रममा शान्ति र समृद्धि, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय लगायतका विषयमा बहस भएको थियो । लुम्बिनीमा बौद्ध संस्कृतिको विकास, संस्थान र विश्वविद्यालयहरूको आरोह–अवरोह, कार्बन उत्सर्जनका चुनौती र न्यूनीकरणका उपायबारे पनि विभिन्न सत्रमा छलफल चल्यो । अध्यात्मदेखि एआईको प्रयोग र यसको चुनौतीका विषयमा पनि वक्ताहरूले आफ्ना अनुभव सुनाए ।

उद्घाटनको पहिलो दिन अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा संयुक्त राष्ट्रसंघकी शान्ति राजदूत वुलुओ हाईका आध्यात्मिक,प्रकृतिपरक र चिनियाँ परम्परागत गीत–संगीतले हल गुञ्जायमान भएको थियो । नेपालकी लोकप्रिय सितारवादक सीता मैया राजचलसहितको ब्यान्डले नेपाली मौलिक धुन पस्किँदा दर्शकहरू मन्त्रमुग्ध बने । साथमा परम्परागत वाद्ययन्त्रका अध्येता तथा गायक लोचन रिजालले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा सहभागी अभिनेता राजेश हमालले ‘कि नोट स्पिच’ मा निराशामा पनि खुसीलाई आत्मसाथ गर्ने क्षमता नेपालीहरूमा भएको बताए । प्राकृतिक स्रोतहरूको सदुपयोग गरी दिगो विकासलाई प्रवद्र्धन गर्दै विश्वव्यापी कार्बन उत्सर्जनमा कसरी लाग्ने विषयमा पनि बहस भएको थियो ।

विश्व शान्ति कार्यक्रममा भाग लिन आएका इथियोपिया पूर्वप्रधानमन्त्री ताम्रत लेइनले लुम्बिनी विकास गुरुयोजना, लुम्बिनीमा भएको उत्खनन, संरक्षण प्रयास, लुम्बिनीको पुरातात्त्िवक ऐतिहासिक महत्वबारे चासो राख्नुका साथै मायादेवी मन्दिर भ्रमण गरेका थिए । पहिलो दिनको सत्रमा ताम्रतले आध्यात्मिक रूपान्तरण, नेतृत्व, विश्व शान्तिको सिकाइ तथा समुदाय सशक्तीकरणसम्बन्धी संवाद गरे । दोस्रो दिन लुम्बिनी बौद्ध विश्वविद्यालयको हलमा उनले विश्वविद्यालयमा हुने राजनीतिकरण र सुधारका उपाय, संस्थानहरूको निर्माण, न्याय र शान्तिका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रमकै दौरान रामग्राममा विश्व शान्तिको कामना गर्दै विभिन्न देशबाट आएका बुद्धिस्ट र अतिथिहरुको सहभागितामा दीप प्रज्वलन गरिएको थियो । कार्यक्रममा इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेइन, ट्रेजर कार्बन ग्रुपकी सीईओ सुसन झु, अन्तर्राष्ट्रिय पर्यटन विज्ञ मार्टिन हाङ, लुम्बिनीका अध्येता वसन्त विडारी, पर्यटन बोर्डका सुनिल शर्मा, सागर भन्ते, काठमाडौं विश्वविद्यालयका उद्धव पौडेल, मनोज शाक्य, दोभान राई, बालकृष्ण बल, एलपी भानु शर्मालगायतका विषयविज्ञले विभिन्न सत्रमा आफ्नो प्रस्तुति र विचार राखेका थिए । चीन, भारत, भियतनाम, इन्डोनेसियालगायतका देशका उद्योगी, व्यवसायीको पनि कार्यक्रममा सहभागिता थियो ।

आयोजक द प्रमिस ल्यान्डका अध्यक्ष निकेश अधिकारीले विश्वमा शान्ति सद्भाव र लुम्बिनीको पर्यटन प्रचारका लागि कार्यक्रमको आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले वैदेशिक लगानी भित्र्याउन पनि सहयोग पुग्ने उनको भनाइ छ ।

यो संख्या निरन्तर बढ्दै गएको छ, जुन बेला बेला हुने मैथिल समुदायका विभिन्न सांस्कृतिक पर्वहरू देखिन्छ । यहाँ विभिन्न समाज पनि क्रियाशील छन्, तिनले आफ्ना संस्कृति संरक्षणका लागि पहल गर्दै आएका छन् । त्यसमध्येको एक हो, चित्रगुप्त सेवा समाज ।

 

बाँके, मंसिर २८ लुम्बिनी प्रदेशको बाँके जिल्ला अवधवासीको बाहुल्य क्षेत्र मानिन्छ, तर यहाँ मिथिलावासीको पनि उल्लेख्य बसोबास छ भनेर धेरैलाई थाहा छैन । हिजोआज होइन, नेपालगन्ज आसपासका क्षेत्रमा एक सय ५० वर्षदेखि मिथिलावासीको बसोबास छ । आफ्ना संस्कृति र रहनसहनलाई संरक्षण गर्दै मिथिलावासी त्यहाँ बसोबास गर्दै आएका छन् ।

यो संख्या निरन्तर बढ्दै गएको छ, जुन बेला बेला हुने मैथिल समुदायका विभिन्न सांस्कृतिक पर्वहरू देखिन्छ । यहाँ विभिन्न समाज पनि क्रियाशील छन्, तिनले आफ्ना संस्कृति संरक्षणका लागि पहल गर्दै आएका छन् । त्यसमध्येको एक हो, चित्रगुप्त सेवा समाज ।

मैथलीको कायस्त समुदायभित्र चित्रगुप्तलाई विद्याको देउता मानेर मानिन्छ । बर्सेनि त्यसको पूजाआजा हुँदै आएको छ । नेपालगन्ज–८ निवासी पूर्वसहप्राध्यापक तथा मंगलप्रसाद महिला कलेजका प्रार्चाय रवीन्द्र कर्ण भन्छन्, ‘चित्रगुप्तलाई हामीले ‘कलम द्वात’ भनेर कलम र मसीको पूजा गर्छौँ, त्यो दिन लेख्ने पढने हुँदैन । तीस वर्षदेखि निरन्तर बागेश्वरी परिसरमा रहेको चित्रगुप्तको मन्दिरमा पूजा गर्दै आएका छौँ । चित्रगुप्त सेवा समाज गठन भएको चार वर्ष भएको छ ।’

सहप्राध्यापक कर्णका अनुसार पहिले घर–घरमा पूजा हुने गर्थ्यो, पछिल्लो समय एक ठाउँमा भेला भएर पूजाआजा गर्ने गरिएको छ । काठमाडौँ र जनकपुर क्षेत्रमा चित्रगुप्तका ठूलाठूला मन्दिरसमेत छन् । यसबाहेक छठ, जितिया, सामाचकेवा, फगुवा, दशहरा, दीपावलीलगायत पर्वको संरक्षण तथा सम्वद्र्धन गर्दै आइएको

पूर्वसहप्राध्यापक कर्णले बताए । मैथिली संस्कृतिमा उत्तिकै महत्वका साथ मनाइने सामचकेवा र जीतिया पर्व भने यहाँ घरमा मात्रै सीमित रहेको बताए । ‘वर्षौँ पहिले हजुरबुबा नेपालगञ्ज आएको र त्यतिबेलाको नेपालगञ्ज अहिले जस्तो थिएन । मेरो बुबा चन्द्रपतिलाल कर्ण महेन्द्र माध्यमिक विद्यालयका संस्थापक हुनुहुन्थ्यो । मेरो जन्म २०१५ सालमा यहीँ भयो । यहाँ मैथली समुदायभित्रका कर्णपरिवारका करिब ५० घर छन् । बाँकेमा खासगरी कर्ण, यादव, साह, दास, ठाकुर, मल्लिक, महतो, श्रीवास्तव, सक्सेनालगायतका सात सयभन्दा बढी घरपरिवार छन्,’ कर्णले भने ।

शिक्षक वीरेन्द्र यादव नेपालगञ्जबाहेक कोहलपुर, खजुरा, राप्तीसोनारी र केही नरैनापुरमासमेत मैथिलीभाषिको बसोबास उल्लेख्य रहेको बताउँछन् । वर्षौँ पहिले शिक्षा, स्वास्थ्य, नापी, पशु स्वास्थ्य, शिक्षकलगायत कामका सिलसिलामा मैथलीभाषी यहाँ आएको र पछि यतै बस्न थालेको उनको भनाइ छ ।
पूर्वी नेपालको बारा, सर्लाही, सिराहा, सप्तरी, धनुषाको जनकपुरधामलगायतका मैथलीभाषीको यहाँ उल्लेख्य बसोबास छ । नेपालगन्जको वडा नं १५ स्थित बुलबुलियामा मैथिलीवासी धेरै रहेको शिक्षक यादव बताउँछन् । रासस

बाँके, मंसिर २८  नेकपा एमाले बाँकेका दुईजना नेता११औँ महाधिवेशन प्रतिनिधि मनोनयन भएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपति र बुद्धिजिवी परिषद् केन्द्रीय सहसचिव कृष्ण लम्साल महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित भएका हुन् ।

नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्षले उनीहरुसँगै १०८ जना प्रतिनिधि मनोनयन गरेका छन् । शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । कक्षपतिलाई लुम्बिनी प्रदेश समितिले सिफारिस गरेको हो भने लम्साल नेपाल बुद्धिजीवि परिषद्बाट सिफारिस भएका हुन् ।
मनोनित १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा मनोनित १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार शनिबार बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ ।

तर उक्त सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ । सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ ।

एमालेको ११ औं महाधिवेशन सुरु

काठमाडौं । एमालेको ११ औं महाधिवेशन कार्यक्रम उद्घटानका क्रममा भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबारदेखि सुरु भएको हो । हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।

महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम दिएका छन् ।
एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।