२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

गाउँको यो परिवर्तन कुनै चमत्कार होइन, यो त योजनाबद्ध प्रयास, सामूहिक सहभागिता र प्रगतितर्फको दृढ इच्छाशक्तिको परिणाम हो ।

अर्को वर्ष, नयाँ कथाहरू, नयाँ उपलब्धिहरू र अझ नयाँ सम्भावनाहरू यसै आधारबाट अगाडि बढ्नेछन् ।


राप्ती सोनारी गाउँपालिका–६ को बिहान अब केही वर्षअघिको जस्तो रहँदैन । गाउँको मुख्य बाटोबाट उठेको धुलो, साँझ परेपछि बत्ती नआएको कारण बगैँचाबाट घर पुग्दा लाग्ने डर, कार्यालयमा पुगेर कागज–कलम खोज्दै अल्मलिनुपर्ने अनौपचारिक अवस्था—यी सबै धेरैका सम्झनामा मात्र बाँकी छन् । मानिसहरूका आँखामा अहिले गुनासोभन्दा बढी ‘परिवर्तन हुँदैछ’ भन्ने अनुभूति देखिन्छ । यो परिवर्तन एकाएक आएको होइन, तर ९५ लाख रुपैयाँको वडीय बजेट सुव्यवस्थित ढंगले सञ्चालन भएपछि बस्तीको स्वरूप बदलिन थालेको हो । वडा अध्यक्ष लवराज खरेलको नेतृत्वमा अघि बढेको यो आर्थिक वर्ष गाउँलेको जीवनसँग प्रत्यक्ष जोडिएका धेरै विषयहरूमा प्रभाव पार्दै गएको एउटा यात्राजस्तै देखिन्छ ।

गाउँमा परिवर्तन महसुस गर्ने पहिलो स्थान भनेकै वडा कार्यालय हो । केही वर्षअघि सेवा लिन जाँदा इन्टरनेट चल्दैन, प्रिन्टर बिग्रेको छ, वा फोटोकपी खोज्दै बाहिर धाउनुपर्ने अवस्था नियमितजस्तो थियो । अहिले कार्यालय छिर्नासाथ कामको गति नै फेरिएको अनुभव हुन्छ । आवश्यक पानी–बिजुलीदेखि इन्टरनेट सेवा, कर्मचारीका लागि मर्मतसुधार भएका कम्प्युटर, एसी र प्रिन्टर—यी सबैले कार्यालयलाई आधुनिकता नजिक पु¥याएका छन् । साना–साना खर्च देखिने प्रशासनिक शीर्षकहरू—जस्तै संचार खर्च, इन्धन, मसलन्द र अन्य सामग्री खरिद—पहिले सामान्य देखिन्थे, तर आज तिनै कुराले सेवा प्रवाह सहज र छरितो बनाइदिएका छन् ।

वडा कार्यालयमा भौतिक सुधारका साथै सूचना प्रविधिमा गरिएको लगानीले ठूलो परिवर्तन ल्याएको छ । फ्री वाइफाइ जडान भएपछि कार्यालयमा आउने आम नागरिकदेखि विद्यार्थी र स्थानीय समूहले समेत सहज पहुँच पाएका छन् । सूचना प्रकाशन र छापाहरू नियमित हुन थालेका छन्, जसले वडाको काम पारदर्शी बन्दै गएको छ । यति मात्र होइन, Wifi जडानपछि सूचना तथा कार्यक्रमको प्रसार अझै प्रभावकारी बनेको छ । शिक्षा क्षेत्रमा वडाले यस वर्ष विशेष ध्यान दिएको देखिन्छ । गाउँकै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लागि सञ्चालन गरिएको कम्प्युटर तालिमले उनीहरूको सीपस्तरमा उल्लेख्य प्रभाव पारेको छ । कम्प्युटरको आधारभूत ज्ञान अब विकल्प होइन, आवश्यकता बनेको छ ।

यही आवश्यकता बुझेर वडाले छात्रवृत्ति कार्यक्रम पनि अघि सारेको छ, जसले आर्थिक कठिनाइ भएकालाई राहत र प्रेरणा दिएको छ । विद्यालय तहमा भएका गतिविधिहरू—रनिङ शिल्ड प्रतियोगितादेखि सिद्धेश्वर माध्यमिक विद्यालयमा रहेको अधुरो मन्दिर निर्माण—सबैले शिक्षा वातावरणलाई समग्र रूपमा समृद्ध बनाएको छ । गाउँका वृद्धहरू कहिलेकाहीँ भन्छन्, ‘वडा कार्यालय त युवाको मात्रै ठाउँ जस्तो लाग्थ्यो, अहिले भने हामीलाई पनि विचार गरियो ।’ उनको यो भनाइ जेष्ठ नागरिकलाई प्रदान गरिने न्यानो कपडा वितरणसँग प्रत्यक्ष जोडिएको छ । मौसम बदलिँदै गर्दा न्यानो पोसाक पाउनु केहीका लागि सामान्य लागे पनि कतिपयलाई यो ठुलो राहत हो ।

यस्तै स्वास्थ्य सेवा क्षेत्रमा गरिएका कार्यहरूले पनि धेरैलाई राहत दिएको छ । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र स्वयंसेविकालाई आवश्यक सामग्री सहयोग पु¥याइएको छ । एम्बुलेन्स मर्मत र व्यवस्थापनमा देखिएको ध्यानले आकस्मिक अवस्थाहरूमा ठूलो काम गरिरहेको छ । गाउँको अर्थतन्त्रको मेरुदण्ड कृषि हो । राप्ती सोनारी–६ मा बजेटको महत्वपूर्ण हिस्सा कृषि क्षेत्रमा लगानी भएको छ । धान र गहुँको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । किसानहरूले यसलाई ठूलो राहतको रूपमा लिएका छन् । खेतीपातीमा निरन्तर महँगो हुँदै गएको लागतले किसानलाई थिचिरहेको बेला बीउ, औजार र किटनाशक औषधिमा गरिएको सहुलियतले उनीहरूका दैनिक समस्यामध्ये धेरैलाई हल्का बनाइदिएको छ । किसानले मिनी टेलर, कृषि मोटरजस्ता उपकरण ५० प्रतिशत अनुदानमा पाउन थालेसँगै खेत जोत्ने, सिंचाइ गर्ने र उत्पादन बढाउने काम द्रुत गतिमा हुन थालेको छ ।

कृषिमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित सञ्चालन गरिएको ‘एक घर एक करेसाबारी अभियान’ अहिले गाउँभरि फैलिँदै छ । घरछेउ–छाउमा तरकारी र फलफूल उत्पादन हुन थालेपछि धेरै घरमा त हप्ता दिनसम्म बजार नजाने अवस्था आएको छ । विगतमा बजारबाट ल्याएको तरकारीमा खर्चिने पैसाले अब पशुपालन, साना व्यवसाय र बालबालिकाको पढाइमा सहयोग पुगेको अनुभव स्थानीयले सुनाएका छन् । सामाजिक परिवेश परिवर्तन गर्न वडाले अघि सारेका कार्यक्रमहरू पनि उल्लेखनीय छन् । बाल विवाह न्यूनीकरण सञ्जाल, महिला तथा बालबालिकामुखी कार्यक्रम, मुक्त कमलरी अभियान—यी कार्यहरूले सामाजिक रूपान्तरणको आधार तयार गरेको छ ।

कला–संस्कृति संरक्षण कार्यक्रमले गाउँमा रहेका पुराना परम्परा, नृत्य, गीत र स्थानीय पहिचानलाई समेटेर निरन्तरता दिएको छ । वडा परिसरमा सिर्जनात्मक हस्तलेख र चित्र निर्माण कार्यक्रमले विद्यालयका विद्यार्थीदेखि स्थानीय कलाकारसम्मलाई सामाजिक सन्देशसँग जोड्ने अवसर दिएको छ । युवापुस्ता गाउँको भविष्य मात्र होइन, त्यो भविष्यको जीवन्त उर्जा पनि हुन् । खेल मैदान मर्मत, क्रिकेट प्रतियोगिता सञ्चालन र खेलाडी सम्मान—यी गतिविधिले गाउँका युवाहरूमा उत्साह र अनुशासन दुवै बढाएको छ । पहिले बिहान–बेलुका सुनसान रहने मैदान अहिले युवाहरूको आवाज र उत्साहले भरिन थालेको छ । बिस्तारै प्रतिभा पहिचान हुँदैछ, र वडाले खेललाई समुदाय बलियो बनाउने माध्यमका रूपमा हेरेको छ ।

पूर्वाधार निर्माणमा भएको लगानी वडाको अर्को महत्वपूर्ण उपलब्धि हो । गाउँका विभिन्न स्थानमा नयाँ बाटो बनेका छन्, कतै मर्मत भएका छन्, कतै ह्युमपाइप जडान गरिएको छ । पहिले थोपा पानीको बाढी आउँदा पनि सडक बग्थ्यो, अहिले संरचनाले त्यो समस्या कम भएको छ । विद्युत पोल खरिदले बस्तीमा उज्यालो थपिएको छ, जसले सुरक्षा र सामाजिक गतिविधिमा ठूलो प्रभाव पारेको छ । नाइग्राफलमा गरिएको मेशजाली निर्माणदेखि सिद्धेश्वर मावि परिसरमा संरचना निर्माणसम्म—यी सबैले सांस्कृतिक तथा सामुदायिक दुवै आवश्यकतामा सहयोग पुगेको छ ।

यता, विपद् व्यवस्थापनतर्फ पनि वडाले समयमै ध्यान दिएको छ । आकस्मिक विपद् व्यवस्थापन कार्यक्रमले बाढी, आगलागीदेखि महामारीसम्मका अवस्थाहरूमा राहत र सुरक्षाका उपायहरू तयार राख्ने काम गरिरहेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूको नमुना गाउँ अवलोकन कार्यक्रमले अर्को ठाउँको राम्रो अभ्यास सिकेर आफ्नै गाउँमा लागू गर्न मद्दत गरेको छ । बजेटको वितरण कहिले काहीँ आलोचना र प्रश्नहरूका बीच पनि अघि बढ्नुपर्ने हुन्छ । ‘विविध खर्च’, ‘भ्रमण खर्च’ जस्ता शीर्षकहरू धेरैलाई अस्पष्ट लाग्न सक्छन्, तर वडाले ती खर्चहरू योजनाबद्ध अध्ययन, समन्वय र कार्यान्वयनका लागि आवश्यक रहेको स्पष्ट पारेको छ ।

अहिले गाउँका मानिसहरूको अनुभव एउटै छ—वडा कार्यालयमा पुगेपछि अब काम ‘गाह्रो’ होइन, ‘सम्भव’ छ । अझै पनि गर्नुपर्ने धेरै काम बाँकी छन् । तर बाटो निर्माण, स्वास्थ्य सेवा, कृषि सहयोग, सामाजिक अभियान र सूचना प्रविधिमा गरिएको लगानीले गाउँलाई दिगो विकासतर्फ अघि बढाएको छ ।
वडा अध्यक्ष लवराज खरेल भन्छन्, ‘विकास एउटा निरन्तर यात्रा हो, हामीले अझ राम्रो बाटो खोल्ने प्रयास गरेका छौँ ।’ उनको यो भनाइ बजेटले गाउँमा देखाएको प्रभावसँग मेल खान्छ । ९५ लाखको यो बजेट विशाल रकम होइन, तर यसको प्रभाव सुव्यवस्थित, सन्तुलित र समुदायमुखी ढंगले परिचालन गर्दा कति ठूलो परिवर्तन आउँछ भन्ने उदाहरण बनेको छ । राप्ती सोनारी गाउँपालिका–६ अहिले विस्तारै उज्यालो, सुरक्षित, सीपयुक्त, आत्मनिर्भर र सामाजिक रूपमा जिम्मेवार बस्तीमा रूपान्तरण हुँदैछ । गाउँको यो परिवर्तन कुनै चमत्कार होइन, यो त योजनाबद्ध प्रयास, सामूहिक सहभागिता र प्रगतितर्फको दृढ इच्छाशक्तिको परिणाम हो । अर्को वर्ष, नयाँ कथाहरू, नयाँ उपलब्धिहरू र अझ नयाँ सम्भावनाहरू यसै आधारबाट अगाडि बढ्नेछन् ।

भोलि कसरी अघि बढ्ने ?
वडा कार्यालयका अनुसार अब आगामी वर्षहरूमा—
– कृषि सिँचाइ
– गुणस्तरीय शिक्षा
– बजारीकरणको दबाबसँग मिल्दोजुल्दो पूर्वाधार
– डिजिटल सेवा विस्तार
– कमजोर वर्ग लक्षित सामाजिक सुरक्षा
– विपन्न तथा सीमान्तकृत समुदायको आत्मनिर्भरता

पूर्वाधार निर्माणः बस्ती, बाटो र बिजुलीका आधार
वडा नं. ६ को बजेटको महतवपूर्ण हिस्सा भौतिक पूर्वाधार निर्माणमा गएको पाइन्छ । गाउँका विभिन्न स्थानमा सडक निर्माण, ह्युमपाइप खरिद, नाइग्राफलमा मेसजाली निर्माण, विद्युत पोल खरिद—यी सबैले जनजीवन सहज बनाइदिएका छन् । एक दशकअघिसम्म हिलोले भरिएको साइकल–बाटो आज बजेटको साझा प्रयासले मोटरसाइकल–गाडी चल्ने लायक बन्दैछ । विद्युत् पोल खरिदले अँध्यारो हटाउँदै बस्तीमा उज्यालो थपिदिएको छ । सिद्धेश्वर माविको अधुरो मन्दिर निर्माण सांस्कृतिक पूर्वाधारमा लागेको लगानी हो—जसले विद्यालय परिसर मात्र होइन, सामुदायिक समृद्धिको प्रतिक तयार पार्दैछ ।

स्वास्थ्य सेवामा राहत र पहुँच
स्वास्थ्य सेवा गाउँमा नजीक हुनु भनेको ‘अस्पतालको दूरी’ भन्दा ‘जीवनको दूरी’ घट्नु हो । वडाले यस वर्ष पशु स्वास्थ्य शिविर, गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाई प्रोत्साहन सामग्री, स्वयंसेविकालाई सामग्री सहयोग—जस्ता कार्यक्रमहरू सञ्चालन गरेको छ । एम्बुलेन्स मर्मत तथा व्यवस्थापन, सवारी साधन मर्मत, स्वास्थ्य संस्थामा आवश्यक सामग्री खरिद—यी सबैले आपत्कालीन अवस्थामा गाउँलेले राहत पाउने वातावरण बनाइदिएका छन् । एम्बुलेन्सको सेवा धेरैका लागि ‘एक दिनको यात्रा’ होइन, ‘एक जीवनको सुरक्षा’ बन्न पुगेको छ ।

नेपालगन्ज-२३, माघ: नेपालगन्जस्थित भेरी अस्पतालको क्याविनमा ‘डेरा जमाएर’ बसेका चर्चित कर्णाली विकास बैंकको रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपतिदयाल मिश्रले चुनावी रणनीति बनाएको सम्बन्धी समाचार बाहिरिएपछि कारागार प्रशासनले ‘विशेष निगरानी’ बढाएको छ ।  बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले उनलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो। तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका थिए ।

पछिल्लो समय यही माघ १४ गते ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै मिश्र भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्तर्गत रहेको १ नम्बर क्याविनमा भर्ना भएका थिए । तर, उक्त क्याविनमा मिश्रको उपचार भन्दापनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके-२ मा ‘कसलाई जिताउने’ र ‘कसलाई हराउने’ भनेर  रणनीतिक योजना बनाइरहेको समाचार सार्वजनिक भएपछि कारागारमा ल्याएर विशेष निगरानीमा राखिएको कार्यालयका प्रमुख (जेलर) प्रकाश ढुंगानाले जानकारी दिए ।  ढुंगानाका अनुसार मिश्रलाई बिहीबार अपरान्हतिर भेरी अस्पतालको क्याविनबाट कारागारमा ल्याएर निगरानीमा राखिएको हो । मिश्रलाई कारागार ल्याइएछि बाहिरी व्यक्तिसँग भेटघाटमा रोक लगाइएको जेलर ढुंगानाले बताए ।

‘उहाँ(मिश्र) को शंकास्पद  गतिविधिका कारण अहिले कारागारभित्र परिवारका सदस्य बाहेक बाहिरी मान्छेहरुलाई भेटघाट गर्न दिएका छैनौं,’ उनलेे नागरिकसँग शुक्रबार भने, ‘चुनावको बेला उपचार गर्न भनेर अस्पतालमा भर्ना भै जसरी उहाँले राजनीतिक गतिविधि गर्नुभयो, यसले उहाँमाथी हामीले यसअघि गरेको विश्वासलाई तोड्नु भयो, यस्तै गतिविधिले अब उहाँले कारागारबाट पाउने सुविधाहरु खोसिन सक्छन ।’  मिश्रले अस्पतालमा भर्ना भएर सुविधा दुरुपयोग गरेको सम्बन्धमा प्रकाशित भएका समाचार नै प्रयाप्त प्रमाण भएको र आवश्यकता अनुसार भेरी अस्पतालको सिसी क्यामेरा फुटेज पनि अध्ययन गर्न सकिने जेलर ढुंगानाले प्रष्ट्याए ।  

भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याविनमा मिश्रले उपचारको बहानामा ९ दिन बिताएका छन् ।  क्याविनमा रहुन्जेलसम्म नेकपा (एमाले)का पुर्वकेन्द्रीय सदस्य रहेका मिश्रकै निर्देशनबाट बाँके-२ मा चुनावी रणनीति बनेको अस्पताल श्रोतले जनाएको छ ।  सामान्यतयाः कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिनभित्र उसको स्वास्थ्य अवस्थाअनुसार औषधि चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ। सामान्य भएपछि बिरामीलाई डिस्चार्ज गरिन्छ। तर, अस्पतालका अनुसार मिश्रको अवस्था अस्पतालमै राखिराख्नुपर्ने खालको थिएन ।  

अभियुक्त मिश्रले पार्टीका नेता तथा कार्यकर्तासँग क्याबिनमै बैठक राखेर छलफल गर्ने गरेका थिए । चुनावको मुखमा पुर्पक्षमा थुनाको बास बसिरहेका अभियुक्तलाई राजनीतिक शक्तिको आडमा प्रहरी, प्रशासनदेखि अस्पतालले समेत यसरी सुविधा दिएकोमा अहिले प्रश्न उठिरहेको छ।  भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले मिश्रलाई बिहीबार नै डिस्चार्ज गरिसकेको बताए ।

‘भेरी अस्पतालमा उहाँ(मिश्र) आउने-जाने क्रम यसअघि पनि चलिरहन्थ्यो, आएपछि अलि लामै समयसम्म बस्न खोज्नु हुन्थ्यो, कति पटक त मैले अब तपाईं जानुस, अरु बिरामीलाई पनि क्याविन दिनुपर्ने हुन्छ भनेर पठाएको पनि हुँ,’ मेसु डा. सुवेदीले भने, ‘यसपटक त अलि बढी नै गर्नु भएको रहेछ, उपचार गर्न आएको मान्छे, त्यो पनि अत्यन्तै संवेदनशिल ब्यक्तीले यस्तो समयमा विचार पुर्याउनु पर्थ्यो ।’  

राप्तीसोनारी, माघ २३  नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी पर्यापर्यटन तथा धार्मिक पर्यटनका हिसाबले सम्भावनायुक्त पालिका भएको बताएका छन्। काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदीसँगै बरफानी बाबा र भुवर भवानी मन्दिरका कारण राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनका लागि महत्वपूर्ण क्षेत्र रहेको उल्लेख गरे। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसले राप्तीसोनारी गाउँपालिका वडा नं.३, नारायणपुरमा प्रचार–प्रसार कार्यालयको शुक्रबार उद्घाटन गर्दै गौडेलले राप्तीसोनारी कृषि र पशुपालनका हिसाबले समेत उर्वर भूमि भएकाले यसको व्यवस्थापन र विस्तारमा नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए।

‘यहाँको सम्भावना र समस्याबारे म पूर्णरूपमा जानकार छु,’ उनले भने, ‘चुनावमा प्रतिबद्धता जनाएर काम नगर्ने प्रवृत्तिको व्यक्ति म होइन। पार्टीको जिल्ला सभापति भएकाले पनि यहाँका समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नु मेरो दायित्व हो।’ वडा सभापति शंकर महतराको सभापतित्वमा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको हो। त्यस अवसरमा समानुपातिक उम्मेदवार दीप नारायण वर्माले काँग्रेस समस्या देखाउने मात्र नभई समाधान गर्ने पार्टी भएको बताए। काँग्रेस बाँकेका पूर्व उपसभापति लाहुराम थारुले आदिवासी जनजातिका विभिन्न मुद्दा काँग्रेसकै पहलमा सम्बोधन भएको बताए। राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका थारुले आवेगमा लागेर विकासप्रेमी पार्टीविरुद्ध काम नगर्न कार्यकर्तालाई निर्देशन दिए।

उनले काँग्रेस परिवर्तन भएर आएको र अब देश परिवर्तन गर्ने अभियानमा लागेकाले आम नागरिकलाई यसबारे बुझाउन आग्रह गरे। कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि संगिता चौधरी, प्रदेश ‘क’ का सभापति अमर बहादुर बुढाथोकी, निवर्तमान प्रदेश सभापति लक्ष्मण थारु लगायतले मन्तव्य राखेका थिए। त्यसैगरी शुक्रबार नै वडा नं. ४ र ५ मा पनि प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ। वडा नं.४ मा वडा सभापति कान्छा थारुको सभापतित्वमा बैजापुर चोकमा तथा वडा नं.५ मा वडा सभापति बालकृष्ण थारुको सभापतित्वमा बिनौना मन्दिर, पिपल चौतारामा प्रचार–प्रसार कार्यालय स्थापना गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए। वडा नं.४ मा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका

उम्मेदवार गौडेल, समानुपातिक उम्मेदवार वर्मा, पूर्व उपसभापति थारु, क्षेत्रीय सभापति केसी लगायतले सम्बोधन गरेका थिए। त्यसैगरी वडा नं.५ को प्रचार–प्रसार कार्यालय उद्घाटन सभालाई प्रजातान्त्रिक सेनानी संघका सचिव डिल्ली रावत, नेतृ मनिषा थारु लगायतले सम्बोधन गरेका थिए। कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू संगिता सुवेदी, सीता कार्की, नेतृ केशकुमारी ओली लगायतको सहभागिता रहेको थियो। सो अवसरमा एमालेका स्थानीय नेता धर्मराज पुनसहितका कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेको प्रवक्ता गिरीले बताए।

कोहलपुर, माघ २३ काठमाडौंमा शृंखलाबद्ध चोरीमा संलग्न नेपालगन्जका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले बाँके नेपालगन्ज घर भएका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गरेको हो ।

एसपी पवनकुमार भट्टराईका अनुसार, उनी र उनका सहकर्मी सुप्रिम विकासले हालसम्म तीनजनाको घरबाट करिब ३ करोड ६ लाख रुपैयाँबराबरको चोरी गरेका थिए । पछिल्लो घटना गत मंगलबार बौद्धस्थित एक घरमा भएको थियो । नियन्त्रणका क्रममा प्रहरीले उनीमाथि गोली चलाउनुपरेको थियो ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट करिब ८८ तोला सुन, ९९ तोला चाँदी, २ तोला डायमण्ड र विभिन्न देशका मुद्रा बरामद गरिएको छ । पक्राउ परेका थारू यसअघि पनि चोरी मुद्दामा तीन वर्ष जेल भुक्तान गरी रिहा भएका व्यक्ति हुन् । सुप्रिम विकासको पनि लामो आपराधिक रेकर्ड छ; उनी २०७९ मंसीर २९ मा चोरीको आरोपमा पक्राउ परेका थिए र तीन वर्ष कैद भुक्तान गरी रिहा भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रारम्भिक तथ्यांकअनुसार, प्रहरीसँग सम्पर्क गरेका नौ जना पीडितले चोरीको उजुरी दिएका थिए । बरामद सामग्रीमा ७६४.३५ ग्राम सुन, ११५९.२६ ग्राम चाँदी, १५.२६ ग्राम डायमण्ड, नेपाली रुपैयाँ १ लाख ६३ हजार ६ सय ५५, अमेरिकी डलर ११०, भारतीय रुपैयाँ ५५००, मलेसियन रिङेट ३, ओमन रियाल १००, कतारी रियाल १६, थाइल्यान्ड भाट ४०, चिनियाँ युआन ८२, श्रीलंकाली रुपैयाँ २०, जापानी येन १००, साउदी रियाल २ र हङकङ डलर १० लगायत रहेका छन् ।

एसपी भट्टराईले भने, ‘पक्राउ परेका व्यक्तिहरूको अनुसन्धान जारी छ । चोरीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी कानूनी कारवाही गरिनेछ ।’ उनले नागरिकलाई घर खाली हुँदा सतर्क रहन र शङ्कास्पद गतिविधि देखिए प्रहरीलाई तुरुन्त जानकारी दिन पनि आग्रह गरेका छन् ।यस घटनाले काठमाडौंमा चोरीप्रति सचेत रहनु आवश्यक रहेको देखाउँछ । प्रहरीले नियमित गस्ती, निगरानी र समुदायसँग सहकार्य गर्दै अपराध नियन्त्रणमा जोड दिएको जनाएको छ ।

राप्तीसोनारी, माघ २३ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ३, ४ र ५ मा नेपाली काँग्रेसको निर्वाचन प्रचारप्रसार सचिवालय उद्घाटन गरिएको छ। बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलको निर्वाचन प्रचारप्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको हो। आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन सुदृढीकरण, मतदाता भेटघाट, प्रचारप्रसार र समन्वयलाई प्रभावकारी बनाउन सचिवालय स्थापना गरिएको जनाइएको छ।

सचिवालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधि, समाजसेवी र स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा उम्मेदवार गौडेलले लोकतन्त्र, समावेशी विकास र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर आफूले चुनावी प्रतिस्पर्धा गरिरहेको बताए। उनले राप्तीसोनारीसहित बाँके क्षेत्र नं. १ का जनताका समस्या संसदमा मजबुत रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे।

सचिवालयमार्फत घरदैलो अभियान, चुनावी सभा, मतदाता शिक्षालगायत गतिविधि सञ्चालन गरिने प्रचारप्रसार समितिले जनाएको छ। स्थानीय तहमा पार्टीको सन्देश छिटो र प्रभावकारी रूपमा पुर्‍याउन सचिवालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

राप्तीसोनारी, माघ २३  बाँकेको राप्तीसोनारी गाउँपालकिा वडा नं। ३, ४ र ५ मा नेपाली काँग्रेसको नर्विाचन प्रचारप्रसार सचविालय उद्घाटन गरएिको छ। बाँके क्षेत्र नं। १ बाट प्रतनिधिसिभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलको नर्विाचन प्रचारप्रसार समतिकिो सचविालय सञ्चालनमा ल्याइएको हो। आगामी नर्विाचनलाई लक्षति गर्दै पार्टीको संगठन सुदृढीकरण, मतदाता भेटघाट, प्रचारप्रसार र समन्वयलाई प्रभावकारी बनाउन सचविालय स्थापना गरएिको जनाइएको छ।

सचविालय उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका स्थानीय नेता–कार्यकर्ता, भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतनिधि,ि समाजसेवी र स्थानीयवासीको उल्लेख्य उपस्थति िरहेको थयिो। कार्यक्रममा उम्मेदवार गौडेलले लोकतन्त्र, समावेशी वकिास र जनताको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर आफूले चुनावी प्रतस्पिर्धा गररिहेको बताए। उनले राप्तीसोनारीसहति बाँके क्षेत्र नं। १ का जनताका समस्या संसदमा मजबुत रूपमा उठाउने प्रतबिद्धता व्यक्त गरे।

सचविालयमार्फत घरदैलो अभयिान, चुनावी सभा, मतदाता शक्षिालगायत गतविधि िसञ्चालन गरनिे प्रचारप्रसार समतिलिे जनाएको छ। स्थानीय तहमा पार्टीको सन्देश छटिो र प्रभावकारी रूपमा पुर्‍याउन सचविालयले महत्त्वपूर्ण भूमकिा खेल्ने वश्विास व्यक्त गरएिको छ।

नेपालगन्ज, माघ २३  नेपाली कांग्रेसले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ  । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यरत निर्वाचन परिचालन समितिले पार्टीको चुनावी तयारी र अवस्था बुझ्नका लागि केन्द्रीय सदस्यलाई विभिन्न प्रदेशमा प्रतिनिधिका रूपमा परिचालन गरेको हो  । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, खटाइएका केन्द्रीय प्रतिनिधिले सम्बन्धित जिल्लामा पार्टीको संगठनात्मक अवस्था, चुनावी परिचालन स्थिति र आवश्यक समन्वयका काम गर्नेछन् ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा. गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् भने कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्युठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मीकि, छन्दबहादुर पहराई र केशव आचार्य जिम्मेवारीमा छन् । दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल, राधेश्याम पाठक र रंगमती शाही नियुक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, बैतडी, दार्चुला र बझाङमा हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिनालाई खटाइएको छ भने कैलाली र डडेल्धुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड जिम्मेवार छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशीला मिश्र भट्टलाई परिचालन गरिएको छ ।

कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापामा डा. डिला संग्रौलासहित भीष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा खटिएका छन् । संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीका लागि अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी जिम्मेवार छन् ।बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा समेत केन्द्रीय नेताहरू खटाइएका छन्, जसले पार्टीको संगठनात्मक सुदृढीकरण र निर्वाचन तयारी सुनिश्चित गर्नेछन् । कांग्रेसको यो कदमले निर्वाचन रणनीति सुदृढ गर्ने र स्थानीय तहमा प्रभावकारी परिचालनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालगन्ज, माघ २३, आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा काँग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार शुधान्सु कोइरालाले सुशासनका पक्षमा आफुले सदन र सडकमा आवाज उठाउने दृढता व्यक्त गरेका छन । नेपाली काँग्रेसले बाँकेको क्षेत्र नम्बर २ अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर(राँझा)मा शुक्रबार प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथी कोइरालाले भने, ‘म भ्रष्टाचारको विरुद्ध सधैभरी आवाज उठाउनेछु, म आफुले भ्रष्टाचार गर्ने छैन र सुशासनको पक्षमा म सदन र सडकमा सधैँ आवाज उठाउनेछु ।’

नेपाली काँग्रेसले आफुलाई धेरै विश्वास गरेर उम्मेदवार बनाएकाले गलत काम नगर्ने प्रतिवद्दता जनाए । अहिले चुनावको मुखमा उधारो प्रतिवद्दता गर्ने पक्षमा आफू नभएको भन्दै कोइरालाले अगाडी थपे, ‘तपाईंहरुको आशीर्वादले नै म निर्वाचित हुनेछु, मनिकापुरको यो उत्साहले सावित गरिसकेको छ, म निर्वाचित भएपछि मनिकापुरका हरेक मुद्दाका पक्षमा सदनमा बोल्नेछु ।’
नेपालगन्ज-२० मनिकापुर नेपाली काँग्रेसको खम्बा भएको र काँग्रेसलाई यसपटक मनिकापुरका सबै जनताले सहयोग गर्ने विश्वास गरे । क्षेत्र नम्बर २ को नेपालगन्ज र डुडुवाका नागरिकहरुको लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ब्यापार लगायत विषयमा आफुले सधैं बोल्ने प्रतिवद्दता जनाए ।

नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का सभापति खगेन्द्र न्यौपानेको अध्यक्षता एवम नेपाली काँग्रेस की नेतृ तथा लुम्बिनी प्रदेशका सांसद मिना बोहरा(सिद्धिकी) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद सुशिला नेपाली(वादी), नेपाली काँग्रेसका जिल्ला, क्षेत्र, पालिका र वडा तहका कार्यकर्ता, सर्बसाधारण नागरिक लगायतको उपस्थिती रहेको काँग्रेसका युवा नेता रमेश तिमिल्सिनाले जानकारी दिए ।मनिकपुरमा शुक्रबारदेखि सन्चालनमा आएको प्रचार कार्यालयले दैनिक रुपमा घरदैलो गर्नेछ ।

निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम राख्ने कार्य, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका महŒवपूर्ण विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड ।

नेपालगन्ज, माघ २३ लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुगमन एवं निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रममा प्रमुख खत्रीले प्रहरी कार्यसम्पादनको समग्र स्थिति अवलोकन गर्दै आगामी समयका लागि आवश्यक निर्देशन दिएका हुन् ।

कार्यक्रममा प्रमुख खत्रीले निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम राख्ने कार्य, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका महŒवपूर्ण विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । उनले नेपालमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै चुनावी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्न प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रमुख खत्रीले महिला, बालबालिका, ज्येष्ठ नागरिकको संरक्षण र सेवा सुनिश्चित गर्न प्रहरीले सक्रिय भूमिका खेल्नुपर्नेमा पनि जोड दिएका छन् । उनले समसामयिक समाजिक सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै समन्वित रुपमा काम गर्न जरुरी रहेको बताए । उनका अनुसार, प्रहरीलाई अपराध नियन्त्रणमा मात्र केन्द्रित नभई समुदायसँगको विश्वास, सहयोग र संवेदनशीलता कायम गर्दै काम गर्नु आवश्यक छ ।

अनुगमन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, विभिन्न प्रहरी इकाईका अधिकारी तथा कर्मचारीहरू उपस्थित थिए । कार्यक्रमको दौरान प्रमुख खत्रीले प्रहरी कार्यसम्पादन, सीमा सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण तथा विपद् व्यवस्थापनसम्बन्धी प्रतिवेदन सुने । यस क्रममा उनले अपराध न्यूनीकरण र सुरक्षाको क्षेत्रमा अझ सक्रिय र परिणाममुखी भूमिका खेल्नका लागि आवश्यक रणनीति र सुझावहरू पनि दिएका थिए ।

सो अवसरमा उनले प्रहरीको सार्वजनिक सेवा र जनताको विश्वास कायम राख्नुपर्ने आवश्यकतालाई विशेष उल्लेख गरे । उनले भने, ‘समाजमा शान्ति र सुरक्षा कायम राख्नु मात्र हाम्रो जिम्मेवारी होइन, समुदायसँगको विश्वास र सहयोग सिर्जना गर्नु पनि हाम्रो महवपूर्ण दायित्व हो ।’

कार्यक्रम अन्त्यमा प्रमुख खत्रीले विभिन्न सुरक्षा चुनौती र समसामयिक घटनालाई मध्यनजर गर्दै आगामी समयका लागि जिल्ला प्रहरी कार्यालय बाँकेले योजना अनुसार काम गर्न निर्देशन दिएका छन् । उनले प्रहरीलाई आफ्नो जिम्मेवारीप्रति सजग, तत्पर र सक्रिय रहन सुझाएका छन् ।

यस अनुगमन एवं निर्देशन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सहयोगमा जिल्लास्तरमा सुरक्षासम्बन्धी रणनीति, निगरानी प्रणाली, विपद् व्यवस्थापन र अपराध नियन्त्रण कार्यहरूको प्रभावकारिता मूल्यांकन गरिएको थियो । यसले आगामी दिनमा बाँके जिल्लामा सुरक्षा र शान्ति कायम राख्न थप प्रभावकारी उपाय अपनाउने अवसर प्रदान गरेको छ ।
यस प्रकार, प्रमुख खत्रीको अनुगमन कार्यक्रमले जिल्ला प्रहरी कार्यालय बाँकेको समग्र कार्यक्षमता मूल्यांकन गर्ने र सुधारका लागि आवश्यक निर्देशन दिने महŒवपूर्ण भूमिका खेलेको छ ।

नेपालगन्ज, माघ २२ २०७९ सालको प्रतिनिधिसभा निर्वाचनको नतिजा विश्लेषण गर्दा बाँके जिल्लाका तीनै निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा ठूला दलबीचमै सीमित देखिएको छ । धेरै उम्मेदवार चुनावी मैदानमा भए पनि ५०० मतभन्दा कम मत प्राप्त गर्ने साना दल तथा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ । यसले बाह्य रूपमा प्रतिस्पर्धा धेरै देखिए पनि व्यवहारमा चुनावी संघर्ष दुई वा तीन प्रमुख उम्मेदवारमै केन्द्रित रहेको स्पष्ट पार्छ ।

बाँके क्षेत्र नम्बर १ मा साना दलका उम्मेदवारहरूको मत परिणाम हेर्दा उनीहरूको जनसमर्थन निकै न्यून देखिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका राम चरण चौधरीले ३८८ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका नवीनकुमार शाही २५७ मतमा सीमित रहे । नेपालका लागि नेपाली पार्टीका भक्तबहादुर थापा मगरले १४२ मत पाए भने नेपाली कांग्रेस (वीपी) की कुन्ती शर्माले १३४ मत मात्रै ल्याइन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उब्जङ शाहीले ७८ मत प्राप्त गरे । यी सबै मत परिणामले क्षेत्र नम्बर १ मा साना दलको प्रभाव सीमित रहेको देखाउँछ ।

यस क्षेत्रको मुख्य प्रतिस्पर्धा भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच नै रह्यो । एमालेका सूर्यप्रसाद ढकालले २५ हजार २६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका महेश्वर जंग गहतराज (अथक) ले १९ हजार ६३२ मत प्राप्त गरे । मतान्तर स्पष्ट देखिए पनि प्रतिस्पर्धा ठूला दलमै केन्द्रित रहँदा साना दल निर्णायक भूमिकामा देखिएनन् ।

बाँके क्षेत्र नम्बर २ मा पनि यस्तै अवस्था देखियो । जनमत पार्टीका बाबु खाँले २२३ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रमेश शर्मा अर्यालले २०७ मत पाए भने जनसमाजवादी पार्टी नेपालका लिलौ दर्जीले १४१ मत ल्याए । स्वतन्त्र उम्मेदवार समसुल हक राईले १३३ मत प्राप्त गरे । नेपाल मजदुर किसान पार्टीका वखतबहादुर थापाले ७६ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार बागेश्वर चौलागाई २६ मतमा सीमित भए । राष्ट्रिय जनमुक्ति पार्टीकी बिधा शर्माले २२ मत र अर्का स्वतन्त्र उम्मेदवार राहुल जयसवालले १५ मत मात्र प्राप्त गरे ।

यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच भयो । राप्रपाका धवलशमशेर जगंबहादुर राणाले २९ हजार ५७७ मत प्राप्त गर्दै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत प्राप्त गरे । यहाँ पनि हजारौँ मतको अन्तर देखिँदा चुनावी प्रतिस्पर्धा मुख्य उम्मेदवारमै सीमित भएको देखिन्छ ।

बाँके क्षेत्र नम्बर ३ मा पनि साना दलका उम्मेदवारको अवस्था कमजोर देखियो । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका हफिज पठानले ३३१ मत प्राप्त गरे । नेपाली कांग्रेस (बीपी) का दुर्गा बहादुर घिमिरेले २६३ मत पाए भने नेपाल मजदुर किसान पार्टीका नगेन्द्रबहादुर बुढाक्षेत्रीले १७३ मत मात्रै ल्याए । यी उम्मेदवारको मत परिणामले क्षेत्र नम्बर ३ मा पनि साना दलको प्रभाव न्यून रहेको पुष्टि गर्छ ।

यस क्षेत्रको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नै रह्यो । नेपाली कांग्रेसका किशोर सिंह राठोरले २९ हजार ९७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी एमालेका किस्मत कुमार कक्षपतिले २४ हजार ३०५ मत प्राप्त गरे । मतान्तर हजारौँको हुँदा प्रतिस्पर्धा कडा देखिए पनि अन्ततः चुनाव दुई प्रमुख दलमै सीमित रह्यो।

समग्रमा बाँके जिल्लाको २०७९ सालको निर्वाचन परिणामले साना दल र स्वतन्त्र उम्मेदवारको संगठनात्मक कमजोरी उजागर गरेको छ । ठूलो संख्यामा उम्मेदवार मैदानमा भए पनि अधिकांशले ५०० मत पनि नकटाउनुुले मतदाताको भरोसा ठूला दलमै केन्द्रित रहेको संकेत गर्छ । विश्लेषकहरूका अनुसार बहुदलीय प्रणालीमा धेरै दलको सहभागिता लोकतान्त्रिक अभ्यासका लागि सकारात्मक भए पनि जनसमर्थन बिना उम्मेदवारी मात्रै पर्याप्त नहुने तथ्य बाँकेको नतिजाले देखाएको छ । स्थानीय मुद्दा, संगठन विस्तार र निरन्तर जनसम्पर्कमा ध्यान नदिएसम्म साना दलको उपस्थिति आगामी निर्वाचनमा पनि औपचारिकतामै सीमित हुने संकेत यस निर्वाचनले स्पष्ट रूपमा दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।