२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

नेपाली काँग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले लामो समयपछि काँग्रेसी कार्यकर्ता तथा मतदातामा नयाँ उत्साह पैदा भएको बताएका छन्। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका क्रममा निर्वाचन परिचालन तथा प्रचारप्रसार मूल समितिले नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र सकारात्मक वातावरण निर्माण भएको बताएका हुन्।

गौडेलले अहिलेको राजनीतिक परिस्थिति काँग्रेसका लागि अनुकूल बनेको उल्लेख गर्दै पार्टीप्रति जनविश्वास पुनः स्थापित भइरहेको दाबी गरे। “लामो समयपछि काँग्रेसीले रुखमै भोट हाल्ने अवस्था बनेको छ। यसले काँग्रेसी कार्यकर्ता मात्र होइन, आम जनतालाई समेत उत्साहित बनाएको छ,” उनले भने। पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्र देखिएको एकता तथा सक्रियताले कार्यकर्तामा आत्मविश्वास बढाएको उनको भनाइ छ छ। उनले काँग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखिने बताए। “हामी भ्रष्टाचारमुक्त समाज निर्माण गर्नेछौं।

विधिको शासन कायम गरिनेछ,” गौडेलले भने । देशलाई सही मार्गमा अघि बढाउन काँग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको उनको भनाइ थियो। उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा लोकतान्त्रिक मूल्य र मान्यतालाई मजबुत बनाउन काँग्रेसको नेतृत्व आवश्यक रहेको बताए। “देशमा सुशासन, पारदर्शिता र विधिको शासन कायम गर्न काँग्रेस नेतृत्वको सरकारको विकल्प छैन,” उनले स्पष्ट पारे। पार्टी नेतृत्वमा आएको परिवर्तनले काँग्रेसलाई नयाँ ढंगले अघि बढाएको गौडेलको भनाइ छ। उनले पार्टीका महामन्त्री गगनकुमार थापा सभापति बनेपछि काँग्रेसको कार्यशैली र सोचमा परिवर्तन आएको उल्लेख गरे।

“गगनकुमार थापा सभापति बनेपछि काँग्रेस बदलिएर आएको छ,” उनले भने। गौडेलले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा जुट्न आह्वान गरे। उनले काँग्रेसले जनताको अपेक्षा अनुरूप नीति तथा कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गरे। भेलालाई काँग्रेस उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्विनी प्रदेशका सभापति अमरसिंह पुन, उपसभापति तथा निर्वाचन परिचालन प्रचारप्रसार मुल समितिका संयोजक राजु खनाल, काँग्रेस बाँकेका सचिव तथा क्षेत्र नं. २ का उम्मेदवार सुधान्शु कोइराला लगायले सम्वोधन गरेका थिए । र्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गरेकी थिइन्।

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्राप्त उपलब्धि जोगाउन काँग्रेसको विकल्प नरहेको बताएका छन्। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीका सन्दर्भमा निर्वाचन परिचालन तथा प्रचार–प्रसार मूल समिति बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको बृहत् जिल्ला भेलालाई सम्बोधन गर्दै उनले देशको व्यवस्था नै रहने–नरहने अन्यौलता सिर्जना भएको टिप्पणी गरे। उनले यस्तो संकटपूर्ण अवस्थामा काँग्रेसलाई जिताएमात्रै उपलब्धिहरुको संस्थागत गर्न सकिने उल्लेख गरे ।

बाँके क्षेत्र नं.३ का उम्मेदवारसमेत रहेका पुनले वर्तमान राजनीतिक परिस्थिति संवेदनशील मोडमा पुगेको भन्दै लोकतान्त्रिक उपलब्धिहरुको संरक्षण अहिलेको मुख्य चुनौती रहेको धारणा राखे। “सिंगो देश अहिले संकटमा छ, व्यवस्था नै रहने–नरहने अन्यौलता छ,” उनले भने, “यस्तो अवस्थामा प्राप्त उपलब्धिहरु जोगाउन काँग्रेसको विकल्प छैन।”

पुनले पछिल्लो समय उठिरहेका सामाजिक तथा राजनीतिक आन्दोलनप्रति संकेत गर्दै ‘जेनजी आन्दोलन’ले उठाएका मागहरु काँग्रेसकै पहलमा सम्बोधन हुँदै आएको दाबी गरे। काँग्रेस समयअनुसार परिवर्तन हुँदै देश रूपान्तरणको अभियानमा सक्रिय रहेको उनको भनाइ थियो। उनले पार्टीलाई परिवर्तनको संवाहक शक्तिका रूपमा प्रस्तुत गर्दै कार्यकर्तालाई आगामी निर्वाचनमा अझ एकजुट भएर लाग्न आग्रह गरे। बाँके ऐतिहासिक र भावनात्मक सम्बन्ध रहेको स्मरण गराउँदै पुनले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको सपना पूरा गर्ने दायित्व आफूले लिएको बताए। “यो सुशील कोइरालाको गृह जिल्ला हो।

उहाँको सपना अधुरो छ। त्यो पूरा गर्ने जिम्मेवारी मेरो हो,” उनले भने, “कोइरालाले अधुरो छाडेका काम पूरा गर्न म प्रतिबद्ध छु।” पुनले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई लोकतन्त्र सुदृढ गर्ने अवसरका रुपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई इमान्दारिता, समर्पण र एकताका साथ चुनावी अभियानमा जुट्न आह्वान गरे। कार्यकर्ताको सक्रियता र जनतासँगको सम्बन्ध नै निर्वाचन जित्ने मुख्य आधार हुने उनको विश्वास थियो। भेलामा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गोपाल दहित, लुम्बिनी प्रदेशका उपसभापति तथा निर्वाचन परिचालन प्रचार–प्रसार मूल समितिका संयोजक राजु खनालले पनि सम्बोधन गरेका थिए।

त्यसैगरी, काँग्रेस बाँकेका सभापति तथा क्षेत्र नं.१ का उम्मेदवार नारायण प्रसाद गौडेल र सचिव तथा क्षेत्र नं.२ का उम्मेदवार सुधान्शु कोइरालाले पनि कार्यकर्तालाई निर्वाचन केन्द्रित अभियानमा सक्रिय हुन आग्रह गरे। कार्यक्रम पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सचिव सञ्जु कुमारी थारुले सञ्चालन गरेकी थिइन्। भेलामा जिल्लाभरका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

स्वस्थ र तन्दुरुस्त रहनका लागि गरिने शारीरिक व्यायाम हो, योग । पछिल्लो समय व्यस्त जीवनशैलीले निम्त्याएका समस्या समाधानमा योग प्रभावकारी बन्दै गएको छ । योगले शारीरिक तथा मानसिक रूपमा ऊर्जावान् बनाउँछ । मानिसको आत्मविश्वास तथा रोगप्रतिरोधी क्षमता बढाउन सहयोग पुर्‍याउँछ । आफ्नो काममा ध्यान केन्द्रित गर्न र जीवन व्यवस्थित गर्न सहयोग गर्छ । साथै यसले मानिसको व्यक्तित्व विकासमा प्रभावकारी भूमिका खेल्छ । जाडो मौसममा बाहिर मर्निङ वाक निस्कन वा जिम सेन्टर जान पनि धेरैलाई अफ्ठ्यारो भइरहेको हुन्छ । सबेरै बाहिर निस्कँदा उल्टै चिसोले असर गर्न सक्छ । घरमै योग गर्न सक्नुहुन्छ ।

योगले तनाव कम गर्छ । पूर्ण निद्रा लाग्छ । पाचनप्रणालीमा सुधार आउँछ । रक्तसञ्चारमा सुधार ल्याउँछ । आत्मविश्वास वृद्धि हुन्छ । शरीरमा अक्सिजनको मात्रा बढ्छ । रोग प्रतिरोधात्मक क्षमता विकास हुन्छ । जोर्नीको समस्या कम हुन्छ । कार्यक्षमता वृद्धि गर्छ । श्वासप्रश्वासको गति नियन्त्रण गर्छ । सकारात्मक सोचको विकास हुन्छ । जीवनशैलीमा सुधार ल्याउँछ । जाडोमा फिट र स्मार्ट रहन चाहनेहरूले योगलाई नियमित तालिकामा समावेश गर्नुपर्छ । दैनिक ३० मिनेट मात्रै योग गर्‍यो पनि शरीरमा ताजगी आउनेछ । त्यस्तै, तौल नियन्त्रण हुनेछ । जाडोमा मौसम धुम्म हुँदा मानिसहरूमा उदासिपन बढिरहेको हुन्छ । मुड बिग्रने, अल्छी लाग्नेलगायत विभिन्न समस्या देखिन्छन्‌ । यसलाई सिजनल इफेक्टिभ डिसअर्डर वा विन्टर डिप्रेसन पनि भनिन्छ । मस्तिष्कको ग्रन्थीले मेलाटोनिन नामक हार्मोन बनाउने काममा कमी हुँदा यस्तो समस्या देखिन्छ । योग वा केही समय ध्यान गर्दा यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

अल्छीपनका कारण अधिकांश मानिसहरूले यस समय व्यायाम गर्न छाडेका हुन्छन्‌ । जसकारण, तौल बढेर जान्छ । अन्य समयमा व्यायामका लागि जिम जानेहरूले पनि यस समय घरमै योग गर्नु राम्रो हुन्छ । पेट घटाउनका लागि कपालभाँती, चक्की चालनासन, बालासन, धनुरासन, चक्रासन, पश्चिमोत्तानासनलगायत योगाभ्यास गर्न सकिन्छ । सुरुमा योग प्रशिक्षकसँग सल्लाह लिन जरुरी हुन्छ । योग सुरु गरेपछि यसलाई निरन्तरता दिनु आवश्यक हुन्छ । योगले हामीलाई आफूभित्रै खुसी हुन सिकाउँछ ।
उच्च रक्तचाप, मधुमेह, जोर्नी दुखाइजस्ता दीर्घरोग भएकाले योग गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यस्ता मानिसले शरीर तात्ने गरी योगाभ्यास गर्नुहुँदैन । यसले मुटुमा प्रेसर पर्ने हुन्छ । तनाव लिएर योग गर्नुहुँदैन । तनावपूर्ण अवस्थामा योगको अभ्यास गर्दा मांसपेशी दुख्ने, टाउको दुख्नेलगायत समस्या देखिन सक्छ ।
जाडोमा रक्तसञ्चार राम्ररी हुन नपाउँदा शरीरमा तापक्रम कम भइरहेको हुन्छ । यसकारण हाडजोर्नी तथा मांसपेशी दुख्ने समस्या देखिन्छ । योगले कोषिकाहरूमा रक्तसञ्चार बढाउँछ र शरीरलाई तातो राख्छ । विभिन्न योगासनको अभ्यास गर्दा शरीर लचकदार भएर जान्छ । आफूलाई हलुंगो महसुस गर्नुहुनेछ । काममा सक्रियता बढ्नेछ ।

कैलाली, माघ २७ सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा अविश्वसनीय सफलता हासिल गरेको थियो । लडेका नौमध्ये आठ सिट जित्दै प्रदेशमा पहिलो दल बनेको थियो । माओवादी र एकीकृत समाजवादीसँग गठबन्धन गरेर लडेको कांग्रेसले कैलाली–४ र ५, कञ्चनपुर–२ र ३, अछाम–२, डडेल्धुरा, दार्चुला र बाजुरामा विजयी हुँदा प्रदेशमा राजनीतिक दबदबा आफ्नो पक्षमा पारेको थियो ।

तर, तीन वर्षपछि २१ फागुनका लागि तयारी गरिरहेको कांग्रेसको निर्वाचन अभियान यसपटक केही चुनौतीपूर्ण देखिएको छ । २०७९ सालको आठ विजयी उम्मेदवारमध्ये केवल एनपी साउँद र पुष्पबहादुर शाहलाई मात्रै फेरि टिकट दिइएको छ । बाँकी १४ सिटमा नयाँ अनुहार मैदानमा छन् । यसले कांग्रेसको पोजिसनमा सुधार ल्याउने कि कमजोर पार्ने भन्ने विषय अहिले प्रदेशभर चर्चा बनेको छ ।

प्रदेशका नेताहरूले नयाँ उम्मेदवारलाई सघाउने भए पनि, पार्टीलाई सबैभन्दा ठूलो चुनौती नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको अनुपस्थिति देखिन्छ । २०४८ सालपछिका हरेक निर्वाचनमा सुदूरपश्चिममा कांग्रेस उम्मेदवारलाई जिताउन सक्रिय भूमिका खेलेका देउवा यसपटक न चुनावी मैदानमा छन्, नै प्रचार कार्यक्रममा । पार्टीका केही नेताका अनुसार देउवा विशेष महाधिवेशनको विवादका कारण अदालतमा मुद्दा राखेका छन् र त्यसैको कारणले टिकट पाएका उम्मेदवारको प्रचारमा जाने संकेत देखाएका छैनन् ।

‘विशेष महाधिवेशनविरुद्ध म अदालतमा गएको छु । त्यसैले उक्त नेतृत्वले दिएको टिकट पाउने उम्मेदवारको प्रचारमा म कसरी जान सक्छु,’ देउवाले आफूलाई भेटेका एक नेतालाई भनेका छन् ।देउवाको अनुपस्थितिमा सुदूरपश्चिमका धेरै कांग्रेस नेताहरूले यस पटक पार्टीको स्थिति कमजोर हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । कैलाली–४ र ५, कञ्चनपुरका क्षेत्र, बैतडी, डोटी र डडेल्धुरा जस्ता क्षेत्रमा देउवाको उपस्थितिले मात्र परिणाम आफ्नो पक्षमा ल्याउन सहज हुने नेताहरू बताउँछन् ।

विशेषतः देउवाको गृहजिल्ला डडेल्धुरामा सन्दर्भ जटिल छ । सातपटक निर्वाचन जितिसकेका देउवाको अनुपस्थितिमा कांग्रेसले नेविसंघका पूर्वकेन्द्रीय अध्यक्ष नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । तर, देउवाको परम्परागत मतदाता महरले टिकट पाउँदा उनीसँग सल्लाह नभएको र देउवाले चुनाव लड्न नपाएको कुरा लिएर असन्तुष्ट छन् । कांग्रेसका एक नेताका अनुसार, ‘गाउँमा चुनावी अभियानमा जाँदा कतिपय मतदाताले देउवा चुनाव लड्न नआएको भन्दै भोट नदिन सक्ने अवस्था देखिएको छ ।’
यद्यपि, देउवाको अनुपस्थितिमा पनि कांग्रेस प्रदेशका अन्य क्षेत्रहरूमा आफ्नो अभियान सक्रिय राखिरहेको छ । टिकट पाउन असफल भए पनि रमेश लेखक, दिलेन्द्र बडू, वीरबहादुर बलायर, डिल्लीराज पन्त र बद्री पाण्डे जस्ता नेता प्रचार–प्रसारमा सक्रिय देखिएका छन् । बलायरले भने, ‘सबै साथीहरू लाग्नुभएको छ, नतिजा पनि राम्रै आउँछ होला ।’

कांग्रेसको नयाँ उम्मेदवारहरूले केही चुनौतीको सामना गर्नुपर्ने भए पनि, पार्टीको नेतृत्व र संगठनात्मक सक्रियताले सुदूरपश्चिममा आफ्नो स्थिति कायम राख्न सक्ने विश्वास नेताहरूको छ । अघिल्लो निर्वाचनमा कैलाली–४ मा एमालेका लेखराज भट्टलाई पराजित गरेका बलायरले यसपटक चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले गोरख विष्टलाई उम्मेदवार बनाएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार, नयाँ अनुहारले पोजिसन सुधार्न सक्ने सम्भावना छ, तर देउवाको अनुपस्थितिले कांग्रेसको परम्परागत मतदरमा असर पार्न सक्ने जोखिम भने कायमै छ । निर्वाचनमा परिणाम कांग्रेसका लागि चुनौतीपूर्ण हुने भए पनि पार्टीले सक्रिय अभियान र नेताहरूको समन्वयमार्फत आफ्नो स्थिति बलियो बनाउने प्रयास गरिरहेको छ ।

सुदूरपश्चिममा कांग्रेसको पोजिसन अझै सुरक्षित रहने कि छैन भन्ने विषय आगामी प्रतिनिधिसभा निर्वाचनपछि स्पष्ट हुनेछ । तर, देउवाको अनुपस्थिति र नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धात्मक क्षमताले प्रदेशको राजनीतिक नक्सामा ठूलो असर पार्ने देखिन्छ ।

२०७९ को सफलता र वर्तमान तयारीः

कांग्रेसले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लडेका नौमध्ये आठ सिट जितेर प्रदेशमा पहिलो दल बनेको थियो । २१ फागुनको निर्वाचनका लागि यसपटक १६ वटा क्षेत्रमा उम्मेदवार उतारेको छ ।
नयाँ अनुहारको चुनौतीः

२०७९ मा विजयी आठमध्ये केवल दुई उम्मेदवार (एनपी साउँद र पुष्पबहादुर शाह) मात्र पुनः टिकट पाएका छन् । बाँकी १४ सिटमा नयाँ उम्मेदवार मैदानमा छन् ।
देउवाको अनुपस्थितिः

पूर्वसभापति शेरबहादुर देउवा चुनावी मैदानमा छैनन् र प्रचारमा पनि सक्रिय छैनन् । उनी विशेष महाधिवेशनको विवादका कारण अदालतमा मुद्दा राखेका छन् ।
डडेल्धुरा र परम्परागत मतदातामा असरः
देउवाको गृहजिल्ला डडेल्धुरामा, नैनसिंह महरको टिकट पाउँदा परम्परागत मतदाता असन्तुष्ट छन् । देउवाको अनुपस्थितिमा कांग्रेसको जीत चुनौतीपूर्ण देखिन्छ ।
अन्य नेताहरूको सक्रियताः

टिकट नपाएका रमेश लेखक, दिलेन्द्र बडू, वीरबहादुर बलायर, डिल्लीराज पन्त र बद्री पाण्डे जस्ता नेता प्रचारमा सक्रिय छन्, जसले पार्टीको स्थिति बलियो बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ ।
प्रदेशका अन्य क्षेत्रमा असरः

कैलाली–४ र ५, कञ्चनपुर, बैतडी र डोटीमा देउवाको अनुपस्थिति कांग्रेसको नतिजामा असर पार्ने सम्भावना छ । देउवाको उपस्थितिले मात्र परिणाम आफ्नो पक्षमा ल्याउन सहज हुने नेताहरू बताउँछन् ।
नतिजाको अनिश्चितताः

नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धात्मक क्षमता र देउवाको अनुपस्थितिले सुदूरपश्चिममा कांग्रेसको पोजिसन सुरक्षित रहने कि कमजोर हुने भन्ने विषय आगामी निर्वाचनपछि स्पष्ट हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।