२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।  

अर्थमन्त्री वाग्लेले चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। त्यस्तैगरी पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ भने वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको उनले बताए। 

सरकारले आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। त्यसैगरी, अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। 

सरकारले वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाउने योजना बनाएको छ भने आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने अर्थमन्त्री वाग्लेले बताएका छन्। 

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४को आकार बढाएर बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको घोषणा गरिएको छ। 

अर्थमन्त्री डास्वर्णिम वाग्लले स्रोतको चापका बीच बजेटको आकार बढाएका छन्। मध्यमवर्ग, निजी क्षेत्र, कर्मचारीका लागि लोकप्रिय कार्यक्रम ल्याए पनि राजस्वको स्रोत कमजोर हुँदा पनि बजेटको आकार बढाएका छन्। 

राष्ट्रिय योजना आयोगले गत फागुनमा दिएको सिमा भन्दा ठूलो आकारको बजेट ल्याएका छन्। आर्थिक वर्ष २०८३/८४ का लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ तोकिएको थियो।  

चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०८३।२०८४ को लागी सरकारले श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।  

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त क्षेत्रको लागि ३ अर्ब ६३ करोड रूपैयाँ बजेट विनियोजना गरेको  बताए। 

आर्थिक बर्ष २०८३।२०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेल कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गरेको बताएका छन् । कर्मचारीको सुरु स्केलमा १० प्रतिशत तलब बढेको छ।  

कर्मचारीको मासिक पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि भएर न्यूनतम ४० हजारदेखि एक लाख रुपैयाँ सम्म पुगेको छ । नयाँ तलबमान आगामी साउन एक गतेदेखि लागु हुने अर्थमन्त्री स्वर्णीम वाग्लेले जानकारी दिए ।

 
 
 

सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै गर्ने भएको छ।

शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत उक्त घोषणा गरेका हुन्।

‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी वर्षभित्रै सम्पन्न गर्ने व्यवस्था मिलाउने छौं,’ उनले भने।

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने भएको छ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेप्से पुनर्संरचना गर्दै ‘इन्ट्राडे’, ‘सर्टसेलिङ’ र ‘डेरिभेटिभ’ जस्ता उपकरणको चरणबद्ध सुरुआत गरिने उल्लेख गरे।

त्यस्तै पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बजेट वक्तव्यमा उल्लेख छ।

अर्थमन्त्री वाग्लेले ‘सेयर कर्नरिङ’, ‘इन्साइडर ट्रेडिङ’जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति लिने उल्लेख गरे।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठकबाट बाहिरिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा बजेट भाषण जारी रहेकै बेला साम्पाङले बीचमै बैठक कक्ष छाडेका हुन्।

बैठकबाट बाहिरिएलगत्तै साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै प्रधानमन्त्रीलाई जवाफदेही बनाउन आफूले दबाब दिएको र सोही दबाबका कारण प्रधानमन्त्री संसद्‌मा उपस्थित भएको दाबी गरेका छन्।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री आए ! जवाफदेही बनाउने मेरो दबाब हो ! त्यसैले उनैले सुनून् उनका बजेट भाषण भनेर हिँडें म चाहिँ !’

साम्पाङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा प्रधानमन्त्री उपस्थित नभएको तर अहिले बजेट भाषणमा उपस्थित भएको भन्दै व्यङ्ग्य समेत गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘नीति तथा कार्यक्रम नसुनेको प्रमले बजेट सुने !’

यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री संसद्‌मा अनुपस्थित भएको भन्दै सदन अवरुद्ध गर्दै आएका थिए।

सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। आर्थिक बर्ष २०८३।२०८४ को बजेट विनियोजन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले उक्त बजेट विनियोजन गरेको बताए । 

सरकारले आगामी आर्थिक वर्षका लागी खेलकुद  क्षेत्रमा लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ। 

काठमाडौँ  ।   अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो बजेट वक्त्व्य दिँदै नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरलाई सम्झिएका छन्।

उनले आगामी आर्थिक वर्षको बजेटमा करको दरमा व्यापक हेरफेर गरिएको भन्दै बजेट भाषण सुरु गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ बजेट सुरु भएको छ।

अर्थमन्त्री डा. वाग्लेले आधुनिक नेपालको पहिलो बजेट सुवर्ण शमशेरबाट आएको र आजको दिनमा जनतालाई थप बलियो बनाउने बजेट ल्याउन लागेको बताएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो बजेट वक्त्व्य दिँदै नेपालमा पहिलो बजेट ल्याउने सुवर्ण शमशेरलाई सम्झिएका छन्।

उनले आगामी आर्थिक वर्षको बजेटमा करको दरमा व्यापक हेरफेर गरिएको भन्दै बजेट भाषण सुरु गरेका छन्।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ बजेट सुरु भएको छ।

अर्थमन्त्री डा. वाग्लेले आधुनिक नेपालको पहिलो बजेट सुवर्ण शमशेरबाट आएको र आजको दिनमा जनतालाई थप बलियो बनाउने बजेट ल्याउन लागेको बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।