२०८३ श्रावण ११ सोमबार
२०८३ श्रावण ११ सोमबार

सुनसरी, साउन ११    सुनसरीको देवानगञ्ज गाउँपालिकामा प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएपछि उत्पन्न तनाव सोमबार पनि साम्य हुन सकेन। स्थानीय प्रशासनले बिहानैदेखि कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारी सडकमा उत्रिएपछि देवानगञ्ज र पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही क्षेत्र दिनभर तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध गर्नुका साथै केही पसल र ग्यारेजमा तोडफोड गरेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

आइतबार राति प्रहरीको गोली लागेर देवानगञ्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा कम्तीमा २१ जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। घाइतेमध्ये स्थानीय र नेपाल प्रहरीका आठ–आठ जना तथा सशस्त्र प्रहरीका पाँच जना रहेका छन्। उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेजलगायत विभिन्न अस्पतालमा उपचार भइरहेको सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

घटनापछि जिल्ला प्रशासन कार्यालयले सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि देवानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्युको उल्लंघन गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ। कप्तानगञ्ज क्षेत्रमा खटिएका डीएसपी सुभाष हमालले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको बताए।

प्रदर्शनका क्रममा कप्तानगञ्ज चोकमा टायर बालिएको छ भने एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको प्रहरीले जनाएको छ। सुरक्षा निकायको व्यापक परिचालन भए पनि अवस्था पूर्ण रूपमा सामान्य बन्न सकेको छैन।

प्रहरीका अनुसार आइतबार राति देवानगञ्ज गाउँपालिका–४ नयाँहाटमा मन्दिरको धार्मिक कार्यक्रममा ठूलो आवाजमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायका युवाबीच विवाद सुरु भएको थियो। स्थानीयका अनुसार हिन्दु समुदायका युवाहरू कोशी ब्यारेजतर्फको बोलबम यात्राका लागि डिजे बजाउँदै नयाँहाटतर्फ जाँदै गर्दा केही मुस्लिम युवाले डिजे बन्द गर्न आग्रह गरेका थिए। त्यसपछि भनाभन सुरु हुँदै डिजे बोकेको गाडीमा तोडफोड र सिसा फुटाउने घटना भएपछि झडप उग्र बनेको थियो।

विवादको पृष्ठभूमिमा केही दिनअघि मोहर्रमका अवसरमा नयाँहाटमा मुस्लिम समुदायलाई मेला सञ्चालन गर्न मौखिक स्वीकृति दिइएको र मेला सम्पन्न भएपछि त्यहाँ राखिएको झण्डा हटाउन हिन्दु समुदायले माग गर्दै आएको विषय पनि जोडिएको स्थानीयको भनाइ छ। सम्बन्धित पक्षलाई पटक–पटक झण्डा हटाउन आग्रह गरिए पनि नहटाइएकाले विवाद चर्किँदै गएको बताइएको छ।

झडप नियन्त्रणका लागि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको टोलीले अवस्था नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरी थप परिचालन गरिएको थियो। त्यसक्रममा प्रहरीले अश्रुग्यास प्रहार, हवाई फायर र अन्ततः गोली चलाएको थियो। सोही क्रममा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको हो।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको बताए। यद्यपि कर्फ्यु कायम रहेकै अवस्थामा प्रदर्शन र तोडफोडका घटना जारी रहेपछि सुरक्षा निकाय उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।

घटनापछि प्रभावित क्षेत्रमा बाक्लो सुरक्षा व्यवस्था मिलाइएको छ भने तनाव थप फैलिन नदिन प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा निगरानी बढाएका छन्।

लुम्बिनी प्रदेशसभामा सभामुखसहित ८३ सदस्य छन् । सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २९ र नेकपाका १३ सांसद छन् । तर नेकपाका १३ मध्ये एकजना सभामुख भएकाले मतदानका बेला उनी तटस्थ रहने छन् । त्यसैले एमाले–नेकपाको प्रभावकारी संख्या ४१ मा सीमित हुन्छ । अर्कोतर्फ नेपाली कांग्रेससँग २७ सांसद छन् । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, जनता समाजवादी पार्टी (नेपाल)का ३, जनमत पार्टीका ३, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद १ जोड्दा कांग्रेससहित अन्य दलको सम्भावित शक्ति पनि ४१ नै पुग्छ । यसरी लुम्बिनी प्रदेशसभामा अहिले दुई स्पष्ट राजनीतिक ध्रुव ४१–४१ को बराबरीमा उभिएका छन् ।

 

बाँके, साउन ११ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सातै प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएपछि लुम्बिनी प्रदेशको राजनीति नयाँ मोडमा पुगेको छ । केन्द्रमा भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएको छ । तर प्रदेशसभाको अंकगणितले भने सरकार गठनलाई सहज बनाएको छैन । बरु एमाले–नेकपा एकातिर र नेपाली कांग्रेससहित अन्य दल अर्कोतिर उभिँदा दुवै पक्ष बराबरीको शक्तिमा देखिएका छन् ।
लुम्बिनी प्रदेशसभामा सभामुखसहित ८३ सदस्य छन् । सरकार गठनका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा एमालेका २९ र नेकपाका १३ सांसद छन् । तर नेकपाका १३ मध्ये एकजना सभामुख भएकाले मतदानका बेला उनी तटस्थ रहने छन् । त्यसैले एमाले–नेकपाको प्रभावकारी संख्या ४१ मा सीमित हुन्छ । अर्कोतर्फ नेपाली कांग्रेससँग २७ सांसद छन् । त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, जनता समाजवादी पार्टी (नेपाल)का ३, जनमत पार्टीका ३, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद १ जोड्दा कांग्रेससहित अन्य दलको सम्भावित शक्ति पनि ४१ नै पुग्छ । यसरी लुम्बिनी प्रदेशसभामा अहिले दुई स्पष्ट राजनीतिक ध्रुव ४१–४१ को बराबरीमा उभिएका छन् ।

प्रदेशसभाको यही अंकगणितले लुम्बिनीको सरकार गठनलाई अन्य प्रदेशभन्दा फरक बनाएको छ । एमाले–नेकपा गठबन्धनले सरकारको नेतृत्व पाउने राजनीतिक सहमति भए पनि आवश्यक बहुमत जुटाउन थप एक मत खोज्नुपर्ने अवस्था छ । उता कांग्रेस नेतृत्वको सम्भावित विपक्षी मोर्चा पनि समान संख्यामा रहेकाले कुनै पनि पक्ष स्वतः सरकार गठन गर्ने अवस्थामा छैन । नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहकार्य दरार पैदा भएपछि नयाँ समिकरण बनेको हो । कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रको निर्णय प्रदेशमा पनि कार्यान्वयन हुने स्पष्ट गरिसकेका छन् । कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले पनि कांग्रेस अब प्रतिपक्षमा बस्ने र सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएकी छन् ।

कांग्रेस सरकारबाट बाहिरिएपछि एमाले–नेकपा गठबन्धनले नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ । नेकपा एमाले–नेकपालाई बहुमत जुटाउन सहज भने छ । बहुमतका लागि आवश्यक ४२ सांसद पुर्‍याउन गठबन्धनले एकजना सांसदको समर्थन थप जुटाउनुपर्नेछ । उसले साना कुनै एक दल वा स्वतन्त्र एकजना सांसदलाई मनाएर जान सक्ने ठाउँ प्रशस्त छ । अर्को कुरा सांसद संख्या नपुगे अन्तिममा सभामुखले मतदान गर्न पाउने हुँदा पनि केही सहज छ । त्यस्तै, कांग्रेस नेतृत्वको विपक्षी मोर्चा बनेमा पनि सरकार गठन गर्न चाहे समान चुनौती सामना गर्नुपर्नेछ । कांग्रेस, राप्रपा, जनता समाजवादी पार्टी (नेपाल), जनमत, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदलाई एउटै मोर्चामा राख्दा संख्या ४१ पुग्छ । तर यी दलबीच वैचारिक तथा राजनीतिक दूरी उल्लेख्य रहेकाले साझा सरकारको सम्भावना तत्काल बलियो देखिँदैन । र, सांसद संख्या ४२ पुर्‍याउनलाई नकेपा एमाले–नेकपा मोर्चाबाट एकजना सांसदको सहमति चाहिन्छ जुन, असम्भव जस्तै छ ।

यही कारण अहिले लुम्बिनी प्रदेशमा साना दलहरूको राजनीतिक महŒव अस्वाभाविकरूपमा बढेको छ । विशेषगरी राप्रपा, जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी र जनता समाजवादी पार्टी सरकार गठनका लागि निर्णायक शक्ति बनेका छन् । यी दलले कुन गठबन्धनलाई समर्थन गर्छन् भन्ने आधारमा आगामी सरकारको स्वरूप निर्धारण हुनेछ । एमालेभित्र भने सरकार गठनसँगै नेतृत्व परिवर्तनको विषयमा पनि छलफल भइरहेको छ ।
यसरी सातै प्रदेशमा सहकार्य गर्ने एमाले–नेकपाको सहमतिले लुम्बिनीमा सरकार परिवर्तनको आधार तयार पारे पनि प्रदेशसभाको ४१–४१ को शक्ति सन्तुलनले सरकार गठनलाई पेचिलो बनाएको छ । बहुमतका लागि आवश्यक एक मत जसले आफ्नो पक्षमा पार्न सक्छ, अन्ततः उसैले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

जुम्ला, साउन ११  कर्णाली भन्नेबित्तिकै धेरैको मनमा स्याउका बगैँचा, मार्सी धानका फाँट र आलुका बारी आउँछन् । तर जुम्लाका गाउँहरूमा अर्को एउटा मौन अर्थतन्त्र पनि वर्षौंदेखि चलिरहेको छ, ‘मौरीपालन ।’ घरको आँगनमा राखिएका काठका मुढे घार, जडीबुटी र जंगली फूलको रस चुस्दै मौरीले बनाएको अर्गानिक मह, अनि त्यसैको बिक्रीबाट चल्ने हजारौँ परिवारको जीविका । अहिले यही परम्परागत पेशाले नयाँ मोड लिएको छ । पहिलोपटक सरकारी रूपमा मह र मौरीघारको जिल्ला दररेट निर्धारण भएपछि जुम्लाका मौरीपालक किसानले उत्पादनको मात्र होइन, आफ्नै श्रमको पनि मूल्यांकन भएको अनुभूति गर्न थालेका छन् ।

विगतका वर्षहरूमा मह उत्पादन गर्ने किसानका लागि सबैभन्दा ठूलो चुनौती उत्पादनभन्दा पनि मूल्य थियो । एउटै गाउँको मह फरक–फरक व्यापारीले फरक मूल्यमा किन्थे । बजारको निश्चित मापदण्ड नहुँदा किसानले मोलमोलाइ गर्नुपर्थ्यो । कतिपय अवस्थामा लागतसमेत उठाउन कठिन हुन्थ्यो । अझ मौरीको बिमा गराउन खोज्दा आधिकारिक मूल्य नहुँदा बिमा कम्पनीले स्वीकार नगर्ने समस्या पनि थियो । यस वर्ष भने त्यो अवस्था बदलिएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिले महको मूल्य प्रतिकेजी दुई हजार पाँच सय रुपैयाँ निर्धारण गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा पाँच सय रुपैयाँले बढी हो । सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था अनुसार तय गरिएको यो दररेटले किसानलाई बजारमा बलियो आधार दिएको छ ।

कनकासुन्दरी गाउँपालिका–१ काब्राका देविलाल बुढाका लागि यो निर्णय केवल मूल्य निर्धारण होइन, पुस्तौँदेखिको श्रमको सम्मान हो । उनका बाजेको पालादेखि घरमा मौरीपालन हुँदै आएको थियो । समयसँगै उनले त्यसलाई आधुनिक व्यवसायमा रूपान्तरण गरे । मौरी विकास केन्द्र, गोदावरीबाट २०६९ सालमा तालिम लिएपछि उनले ‘सिंजा अर्गानिक पशुपन्छी तथा मौरी फर्म’ स्थापना गरे । अहिले उनका १६ वटा परम्परागत मुढे घार छन् । तिनै घारबाट उत्पादन भएको महले परिवारको खर्च धानिरहेको छ । मौसमले साथ दिए हरेक वर्ष करिब दुई क्विन्टल मह बिक्री हुने गरेको उनी बताउँछन् । राम्रो उत्पादन भएको वर्ष पाँच लाख पचास हजार रुपैयाँसम्म आम्दानी हुने र प्रतिकूल अवस्थामा पनि दुई लाख रुपैयाँभन्दा कम नहुने उनको अनुभव छ ।

देविलाल भन्छन्, ‘पहिले मूल्य निश्चित नहुँदा किसान व्यापारीकै भर पर्नुपर्ने अवस्था थियो । अहिले सरकारले दररेट तोकेपछि उत्पादनको उचित मूल्य पाइने विश्वास बढेको छ ।’ काब्राबाट केही दूरीमा रहेको बुम्र गाउँका जयबहादुर बुढाले तीन दशकभन्दा बढी समयदेखि मौरीपालन गरिरहेका छन् । उनका २२ वटा मुढे घार छन् । बर्सेनि करिब साढे दुई क्विन्टल मह उत्पादन गर्दै आएका उनी यस वर्ष उत्पादन अझ बढ्ने अपेक्षामा छन् ।

उनका अनुसार मूल्य सुनिश्चित भएपछि किसानको सोच नै परिवर्तन हुन्छ । ‘पहिले उत्पादन भएपछि कसले कति मूल्य दिन्छ भन्ने चिन्ता हुन्थ्यो,’ उनी भन्छन्, ‘अब बजारभन्दा पनि गुणस्तर सुधारमा ध्यान दिन सकिन्छ ।’ कनकासुन्दरीकै नन्दबहादुर कठायत र हर्कबहादुर कठायत पनि मौरीपालनबाट वार्षिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । उनीहरूका अनुसार निश्चित मूल्यले गाउँका युवालाई समेत मौरीपालनतर्फ आकर्षित गर्ने वातावरण बनेको छ ।

चन्दननाथ नगरपालिका–४ मालाभिडका मौरीपालक नारायण चौलागाई पनि सरकारी दररेटले बजारमा अनुशासन ल्याएको बताउँछन् । पहिले व्यापारीले तोकेको मूल्यमा बेच्न बाध्य हुनुपर्थ्यो भने अहिले किसानले आफ्नो उत्पादनको वास्तविक मूल्य दाबी गर्न सक्ने अवस्था बनेको उनको भनाइ छ । यसपटक महसँगै मौरीघारको मूल्य पनि अद्यावधिक गरिएको छ । मौरीसहितको स्थानीय घार प्रतिगोटा १० हजार रुपैयाँ, मौरीबाहेकको स्थानीय घार ६ हजार रुपैयाँ, मौरीसहितको जुम्ली टपबार घार १३ हजार रुपैयाँ तथा मौरीबाहेकको टपबार घार ८ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै नौ फ्रेम भएको न्युटन खालीघार पाँच हजार रुपैयाँ, सुपरसहितको खालीघार सात हजार रुपैयाँ तथा प्रतिफ्रेम मौरीको मूल्य एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी दीपेन्द्रसिंह धामीका अनुसार मूल्य निर्धारणले मौरीपालन क्षेत्रमा नयाँ लगानीको वातावरण सिर्जना गरेको छ । किसानले आफ्नो उत्पादनको मूल्य सुरक्षित भएको महसुस गरेसँगै व्यवसाय विस्तार गर्ने उत्साह बढेको उनी बताउँछन् । जुम्लामा मुख्य रूपमा ‘सेराना’ जातका मौरी पालिन्छन् । जिल्लाको एक नगरपालिका र सात गाउँपालिकाका सबै ६० वटै वडामा मौरीपालन फैलिएको छ । यहाँ उत्पादन हुने अर्गानिक मह जुम्लाको सीमाभन्दा धेरै टाढासम्म पुग्छ । सुर्खेत, नेपालगञ्ज, पोखरा र काठमाडौंका बजारमा यसको माग छ । जुम्ला पुग्ने पर्यटकले पनि स्थानीय महलाई लोकप्रिय कोसेलीका रूपमा लैजाने गरेका छन् ।

कर्णाली मौरीपालन सहकारीका अनुसार जिल्लामा हाल करिब आठ हजार चार सय मौरीघार छन् । ती घारबाट वार्षिक करिब ५० हजार किलो मह उत्पादन हुन्छ । अहिले निर्धारण गरिएको दररेटका आधारमा मात्रै पनि जुम्लाबाट वर्षमा १२ करोड रुपैयाँभन्दा बढीको मह कारोबार हुने अनुमान गरिएको छ । तर किसानको अपेक्षा यतिमै सीमित छैन । उनीहरू अब मौरीको बिमाको व्यवस्था पनि प्रभावकारी बनाउनुपर्ने बताउँछन् । विगतमा आधिकारिक मूल्य नहुँदा बिमा कम्पनीहरूले मौरीको बिमा गर्न अस्वीकार गर्ने गरेका थिए । अहिले दररेट निर्धारण भइसकेकाले त्यो समस्या समाधान हुने विश्वास किसानमा छ ।

कोहलपुर, साउन ११ कवि केशव निमेषको नवीन कवितासंग्रह ‘मृत्युगञ्जको मौनता’ को गृह विमोचन साउन १६ गते (शनिबार) कोहलपुरमा हुने भएको छ । यसअघि काठमाडौँमा सार्वजनिक भइसकेको उक्त कृतिलाई गृहजिल्लाका साहित्यप्रेमीमाझ विशेष कार्यक्रममार्फत विमोचन गर्न लागिएको हो ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेको आयोजनामा हुने कार्यक्रम दिउँसो १२ बजे कोहलपुर पार्टी प्यालेसमा सञ्चालन हुनेछ । आयोजकका अनुसार कार्यक्रममा साहित्यकार, लेखक, पाठक, सामाजिक अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ । कवि निमेषको नयाँ कृतिले समकालीन समाजका अन्तर्विरोध, मानवीय संवेदना, प्रतिरोध र समयको बेचैनीलाई कवितामार्फत अभिव्यक्त गरेको बताइन्छ । काठमाडौँमा सम्पन्न विमोचन कार्यक्रममा पनि साहित्यिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूले कृतिले समकालीन नेपाली समाजका यथार्थलाई प्रभावकारी ढंगले उजागर गरेको धारणा व्यक्त गरेका थिए ।

आयोजकले गृह विमोचन कार्यक्रमलाई साहित्यिक संवाद र सिर्जनामाथि छलफल गर्ने अवसरका रूपमा लिँदै साहित्यप्रेमी तथा पाठकहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । कार्यक्रममार्फत कवि निमेषको सिर्जना यात्रा, कृतिको विषयवस्तु तथा समकालीन नेपाली कवितामाथि पनि अन्तरक्रिया गरिने जनाइएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।