२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

कञ्चनपुर,भदौ–०८ गते ।  कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयामा मोटरसाइकल दुर्घटनामा परी पछाडि सवार एक जनाको मृत्यु भएको छ भने पैदलयात्री घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बेदकोट नगरपालिका–९ का अन्दाजी ६० वर्षीय गौरसिंह महराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ८ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ५२७४ नम्बरको मोटरसाइकलले डडेल्धुराको अजयमेरु गाउँपालिका–५ का २१ वर्षीय यज्ञ ठगुन्नालाई ठक्कर दिएको थियो। ठक्करबाट ठगुन्नाको टाउकोमा सामान्य चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार महरा भने गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नगढीस्थित टेक केयर अस्पताल प्रालि पठाइएको थियो।

तर, उपचारकै क्रममा बिहान करिब १०ः४० बजे महराको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।