२०८३ कार्तिक ८ शनिबार
२०८३ कार्तिक ८ शनिबार

बाढी आउनुअघि जोखिममा रहेका घरधुरीको पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षा निकायको तयारी र राहत सामग्रीको पूर्वभण्डारणलाई एकीकृत रूपमा अघि बढाएमा विपद्को समयमा हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ । गाउँपालिकाले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।


राप्तीसोनारी, असोज २३  राप्तीसोनारी गाउँपालिकाले वर्षायाममा बाढीको उच्च जोखिममा रहेका १ हजार १२२ घरधुरीको पहिचान गरी विस्तृत लगत तयार गरेको छ । पश्चिम राप्ती नदी तथा चुरे क्षेत्रबाट बग्ने खोला र नदीका कारण विशेषगरी गाउँपालिकाका वडा नं. ६ र ७ का तटीय बस्तीमा बाढीको जोखिम बढी रहेकाले सम्भावित विपद् व्यवस्थापनका लागि घरधुरीको नाम, ठेगाना र सम्पर्क नम्बर संकलन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार वडा नं. ६ का ४९६ र वडा नं. ७ का ६२६ गरी १ हजार १२२ घरधुरी बाढीको उच्च जोखिममा रहेका छन् । उनका अनुसार बाढी आउनुअघि नै जोखिममा रहेका परिवारको पहिचान गरी आवश्यक परेका बेला तत्काल सम्पर्क र उद्धार गर्न सकिने गरी लगत तयार गरिएको हो । गाउँपालिकाले तयार गरेको विवरणमा जोखिममा रहेका घरधुरीका प्रमुखको नाम, बस्ती, सडक तथा सम्पर्क नम्बरसमेत समावेश गरिएको छ । अध्यक्ष पौडेलले राप्ती सोनारीको भौगोलिक अवस्था र पश्चिम राप्ती नदीका कारण वर्षायाममा बाढीको जोखिम बढ्ने बताए । चुरेबाट बग्ने साना–ठूला खोलासमेत वर्षायाममा उर्लिने भएकाले नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्ने गरेको उनको भनाइ छ ।

‘नागरिकको जीउज्यानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो,’ अध्यक्ष पौडेलले भने, ‘बाढी आउनुपूर्व नै वडा नं. ६ र ७ का उच्च जोखिममा रहेका घरधुरीको विस्तृत विवरण र फोन नम्बर सहितको लगत पहिचान गरिसकेका छौँ ।’ गाउँपालिकाले बाढीको पूर्वसूचना प्रणालीलाई चौबीसै घण्टा चुस्त राख्ने तयारी गरेको छ । नदीमा पानीको सतह बढ्न थालेपछि जोखिममा रहेका बस्तीलाई तत्काल सूचना दिने र आवश्यकता अनुसार सुरक्षित स्थानमा सार्ने योजना बनाइएको अध्यक्ष पौडेलले बताए । पूर्वसूचनालाई प्रभावकारी बनाउन स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई प्राथमिकता दिइएको छ ।
राप्ती सोनारीका विभिन्न बस्तीमा विगतदेखि नै वर्षायाममा बाढी तथा डुबानको समस्या देखिँदै आएको छ । पश्चिम राप्ती नदीको जलस्तर बढ्दा नदी तटीय क्षेत्रमा रहेका बस्ती प्रभावित हुने गरेका छन् । चुरे क्षेत्रबाट आउने खोलामा एक्कासि पानीको बहाव बढ्दा नदी आसपासका बस्तीका साथै सडक र ग्रामीण क्षेत्रमा समेत आवागमन प्रभावित हुने गरेको छ । यसपटक सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय रेडक्रस तथा पालिकाको विपद् व्यवस्थापन समितिलाई उच्च सतर्क अवस्थामा राख्ने व्यवस्था मिलाएको अध्यक्ष पौडेलले बताए । बाढीको अवस्था गम्भीर भएमा सुरक्षा निकाय र स्थानीय स्वयंसेवकको समन्वयमा उद्धार तथा राहत परिचालन गर्ने तयारी गरिएको छ ।

गाउँपालिकाले प्रभावित क्षेत्रका नागरिकलाई राख्न सकिने सुरक्षित स्थानको पहिचानसँगै आकस्मिक उद्धारका लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ । बाढी प्रभावित परिवारका लागि खाद्यान्न तथा औषधिलगायतका अत्यावश्यक सामग्री पूर्वभण्डारण गर्ने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताए । यसबाट बाढी आएपछि मात्रै राहत सामग्री जुटाउनुपर्ने अवस्था कम गर्ने गाउँपालिकाको तयारी छ । जोखिममा रहेका घरधुरीको विवरण तयार भएपछि बाढीको समयमा कुन बस्तीमा कति परिवार प्रभावित हुन सक्छन् भन्ने प्रारम्भिक अनुमान गर्नसमेत सहज हुने गाउँपालिकाको अपेक्षा छ । घरधुरीको सम्पर्क नम्बरसमेत संकलन गरिएकाले पूर्वसूचना प्रवाह, उद्धारका लागि सम्पर्क र आपत्कालीन अवस्थामा परिवारको अवस्थाबारे जानकारी लिन सहज हुने देखिएको छ ।

गाउँपालिकाले नदी तथा खोला आसपासका बस्तीका नागरिकलाई वर्षायाममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदीको जलस्तर बढेको अवस्थामा नदी किनारतर्फ नजान, बालबालिका तथा वृद्धवृद्धालाई सुरक्षित स्थानमा राख्न र बाढीको जोखिम देखिए तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ । अध्यक्ष पौडेलले पालिकाले जारी गर्ने पूर्वसूचना तथा आपत्कालीन जानकारीलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । ‘नदी तटीय क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउनुपर्छ,’ उनले भने, ‘पालिकाले जारी गर्ने सूचनालाई नियमित रूपमा ध्यान दिन र जोखिमको अवस्था आएमा सुरक्षित स्थानमा जान आग्रह गर्दछौँ ।’

राप्ती सोनारी गाउँपालिकाको बाढी जोखिमसम्बन्धी लगतमा वडा नं. ६ र ७ का विभिन्न बस्ती समेटिएका छन् । उपलब्ध विवरणमा वडा नं. ६ का गुलरी, दादा तेपरी, पानेरिया, सिधानवा, ढलैया, हबरहवा, खल्ला तेपरी, गोरेनपुर, मेहमानपुरलगायतका बस्ती देखिन्छन् । वडा नं. ७ तर्फ लालपुर, निबुवाटार, सर्री, भेलुनिया, बिसम्भरपुर, पिप्रहवा, पहाडीपुर, सोनपुर, देउपुरा, गेडवा, बसन्तपुर र फत्तेपुरलगायतका बस्तीको विवरण समावेश छ । बाढी आउनुअघि जोखिममा रहेका घरधुरीको पहिचान, पूर्वसूचना प्रणाली, सुरक्षा निकायको तयारी र राहत सामग्रीको पूर्वभण्डारणलाई एकीकृत रूपमा अघि बढाएमा विपद्को समयमा हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ । गाउँपालिकाले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ ।


काठमाडौं ।   दसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुले अग्रिम टिकट लिन थालेपछि गोंगबुस्थित नयाँ बसपार्कमा चहलपहल बढेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजदेखि खुला भएसँगै बिहानैदेखि टिकट काउन्टरमा यात्रुको भीड लागेको हो।

दसैँका लागि घर जाने यात्रुहरू टिकट लिन नयाँ बसपार्क पुग्न थालेका छन्। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले अन्तिम समयमा टिकट नपाउने समस्या हुन सक्ने भन्दै उनीहरू अग्रिम टिकट बुकिङ गर्न जुटेका हुन्।

अग्रिम टिकट बुकिङ खुला भएसँगै बसपार्क क्षेत्रमा यात्रुको आवागमन बढेको छ। दसैँ मनाउन उपत्यकाबाट विभिन्न जिल्ला जाने यात्रुले समयमै टिकट लिएर आफ्नो यात्रा सुनिश्चित गर्न थालेका छन्।


पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकानस्थित ओख्लेको भिरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थी र एक वृद्धसहित पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो। बसमा सवार १९ जनालाई उद्धार गरी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा करिब १२–१३ वर्षीया ममता तिवारी, १३–१४ वर्षीय अशिम कँडेल र नामथर नखुलेका दुई बालिका छन्। उनीहरूको बिहान ८ः३५ देखि ९ बजेसम्ममा मृत्यु घोषणा गरिएको थियो। त्यस्तै, बसमा लिफ्ट लिएर यात्रा गरिरहेका पोखरा महानगरपालिका–२८ निवासी ६५ वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका तीन जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा–२८ सौर्यका १६ वर्षीया सृष्टि तिवारी, १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिनाको अवस्था मध्यम रहेको छ।

गण्डकी अस्पतालमा उपचाररत घाइतेमध्ये १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर छ। अन्य घाइते विद्यार्थी तथा बस चालकको अवस्था मध्यम रहेको जनाइएको छ। अधिकांश घाइतेको टाउकोमा चोट लागेको छ।

दुर्घटनामा उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही पनि सामान्य घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।