२०८३ मंसिर ८ सोमबार
२०८३ मंसिर ८ सोमबार

जाजरकोट।  पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर बेपत्ता भएका जाजरकोटका एक पुरुषको शव एक सातापछि फेला परेको छ। भेरी नगरपालिका–३, पिपलडाँडाका ४३ वर्षीय बबी शाहको शव सोमबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका–स्थित बाहुवासंग्रही नजिकै बाङ्गिरहमा फेला परेको हो।

शाह गत सोमबार पिकनिक खान गएको समयमा भेरी नगरपालिका–१, छोटेबगरस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। नदीमा बगेपछि बेपत्ता भएका उनको खोजीकार्य प्रहरी तथा स्थानीयले निरन्तर गर्दै आएका थिए।

बेपत्ता भएको एक सातापछि सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित भेरी नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। शाहको शव भेटिएको स्थान घटनास्थलभन्दा नदीको तल्लो क्षेत्रमा पर्छ।


कोहलपुर, बाँके। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको कोहलपुर क्षेत्रीय कार्यालय, बाँकेको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता बैंकका क्षेत्रीय प्रमुख प्रकाश देवकोटाले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, व्यवसायी, उद्योगी, बैंकर्स, सुरक्षानिकायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कुल १०६ युनिट रगत संकलन भएको छ। संकलित रगतले रगतको अभावमा उपचार गराइरहेका बिरामीहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ।

बैंकले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा समेत मनाएको हो। बैंकले वित्तीय सेवा प्रवाहसँगै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, सामाजिक सचेतना तथा समुदायको हितसँग जोडिएका विभिन्न सामाजिक उत्तरदायित्वमूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको छ।

रक्तदान जीवनदान हो भन्ने मान्यतालाई आत्मसात् गर्दै आयोजना गरिएको यस कार्यक्रमले मानवीय सेवा, सामाजिक सद्भाव र सामुदायिक सहकार्यको सन्देश प्रवाह गरेको छ। यस्ता सामाजिक कार्यले बैंक र समुदायबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै समाजप्रति वित्तीय संस्थाहरूको दायित्व र प्रतिबद्धतालाई समेत उजागर गरेको छ।

कार्यक्रममा उपस्थित सम्पूर्ण रक्तदाता, सहयोगी, अतिथि तथा सहभागीहरूप्रति बैंकले आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायको आवश्यकता र हितलाई केन्द्रमा राखेर सामाजिक तथा जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने बैंकको प्रतिबद्धता रहेको छ।

बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित यस रक्तदान कार्यक्रमले ‘बैंकिङ सेवासँगै सामाजिक सेवा र मानवीय सहयोग’ भन्ने भावनालाई थप बलियो बनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।