२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

गणतन्त्र दिवसका लागि लुम्बिनीको तयारी

बाँके, जेठ १३  लुम्बिनी प्रदेश सरकारले यस वर्षको गणतन्त्र दिवस लोकतान्त्रिक उपलब्धिको उत्सवका रूपमा भव्य र मर्यादित ढंगले मनाउने तयारी गरेको छ । दिवसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न मुख्यमन्त्री चेतनारायण आचार्य को संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको प्रदेश सरकारले जनाएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय का अनुसार गणतन्त्र दिवसका अवसरमा जेठ १४ र १५ गते विभिन्न कार्यक्रम आयोजना गरिने भएका छन् । दिवसको पूर्वसन्ध्यामा जेठ १४ गते बेलुका प्रदेश मन्त्रालय, मातहतका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा दीप प्रज्वलन कार्यक्रम गरिनेछ । त्यसअघि बिहान प्रदेश प्रशासनिक केन्द्र परिसरमा सरसफाइ अभियान सञ्चालन गरिने मन्त्रालयले जानकारी दिएको छ । सरकारले गणतन्त्र दिवसलाई केवल औपचारिक समारोहमा सीमित नगरी नागरिक सहभागिता र जनचेतनासँग जोड्ने उद्देश्य राखेको जनाएको छ । लोकतान्त्रिक शासन प्रणालीप्रति नागरिकको अपनत्व अभिवृद्धि गर्न तथा संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिबारे जनस्तरसम्म सन्देश प्रवाह गर्न विविध कार्यक्रम तय गरिएको मन्त्रालयको भनाइ छ ।

जेठ १५ गते बिहान विशेष मूल समारोह कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकको सहभागिता रहने बताइएको छ । समारोहमा गणतन्त्र स्थापनापछि प्राप्त राजनीतिक उपलब्धि, संविधान कार्यान्वयन, संघीय शासन प्रणालीको सुदृढीकरण तथा नागरिक अधिकार संरक्षणका विषयमा चर्चा गरिने तयारी छ ।
प्रदेश सरकारले हरेक वर्ष गणतन्त्र दिवसलाई लोकतान्त्रिक मूल्य, विधिको शासन, समावेशी शासन व्यवस्था र नागरिक अधिकारको संरक्षणसँग जोडेर मनाउँदै आएको छ । यस वर्ष पनि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच सहकार्य तथा एकताको सन्देश प्रवाह गर्ने गरी कार्यक्रमहरू तय गरिएको मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।