२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

निर्वाचन क्षेत्र नं. ३ नेपाली कांग्रेसमा विरोध

खजुरा, माघ ७  नेपाली कांग्रेसले बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा बाहिरी जिल्लाका उम्मेदवार उठाएको भन्दै यहाँका नेता तथा कार्यकर्ताले तीव्र विरोध जनाएका छन् । पार्टीले ‘टूरिष्ट’ उम्मेदवार थोपरेको आरोप लगाउँदै उनीहरूले नेपालगन्जस्थित नेपाली कांग्रेस बाँकेको जिल्ला पार्टी कार्यालयमा कालो ब्यानर राखेर असन्तुष्टि प्रकट गरेका हुन् ।

नेपाली कांग्रेसले यस निर्वाचन क्षेत्रमा रोल्पाका अमरसिंह पुनलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । लुम्बिनी प्रदेश सभापतिसमेत रहेका पुनले मंगलबार बाँके क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराइसकेका छन् । तर, स्थानीय स्तरमा लामो समयदेखि पार्टी संगठन मजबुत बनाउँदै आएका नेता तथा कार्यकर्ताले बाहिर जिल्लाबाट उम्मेदवार ल्याएर टिकट दिनु गलत भएको बताएका छन् ।

विरोधमा उत्रिएका नेता तथा कार्यकर्ताले बाँकेमा कांग्रेसभित्र सक्षम, अनुभवी र लोकप्रिय नेताहरू हुँदाहुँदै बाहिरी उम्मेदवारलाई प्राथमिकता दिनु अन्यायपूर्ण भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले स्थानीय भावनाको कदर नगरी गरिएको निर्णयले पार्टीभित्र असन्तोष बढ्ने र चुनावी परिणाममा नकारात्मक असर पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

‘टूरिष्ट उम्मेदवार चाहिँदैन’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका कार्यकर्ताले पार्टी नेतृत्वले स्थानीय संगठनको आवाज नसुनेको आरोप लगाएका छन् । उनीहरूका अनुसार बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसको लामो इतिहास र योगदान रहेका स्थानीय नेताहरूलाई पाखा लगाएर बाहिरका नेतामा भरोसा गर्नु पार्टीका लागि घातक हुन सक्छ ।

यस विषयमा कांग्रेस बाँकेका केही नेताहरूले केन्द्रको निर्णयप्रति असहमति जनाउँदै औपचारिक रूपमा ध्यानाकर्षण गराउने तयारीसमेत गरेका छन् । यद्यपि, पार्टीको केन्द्रीय नेतृत्व भने निर्णय सच्याउने वा नबदल्ने विषयमा हालसम्म मौन छ । स्थानीय असन्तुष्टि बढ्दै जाँदा बाँके क्षेत्र नम्बर ३ मा कांग्रेसभित्रको आन्तरिक विवाद सार्वजनिक रूपमा देखिन थालेको छ, जसले आगामी निर्वाचनमा पार्टीको रणनीति र एकतामाथि प्रश्न उठाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।