२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान

नेपालगञ्ज बाँके, मंसिर १९   नेपालगञ्जमा १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ । २२औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र कार्यरत १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित विदाई गरिएको हो । 

६० बर्ष उमेर पुगेका नारायणी रुपाखेती, आशादेवी बैश्य, चन्द्रकला गुरुङ, निर्मला साहु, ज्योति श्रेष्ठ, मंगलीमाया श्रेष्ठ, गिता शाही, गिता अधिकारी, राधादेवी कुर्मी र मन्नीदेवी कोरीलाई सम्मानसहित विदाई गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, महिला स्वयंसेविका संघ नेपालगञ्जकी अध्यक्ष प्रेमा शाही लगायतले दोसल्ला ओढाई सम्मान-पत्रसहित सम्मान गरेका हुन् । 

महिला स्वयंसेविका संघ नेपालगञ्जकी अध्यक्ष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख विष्टले सामुदायस्तरमा स्वास्थ्य सचेतना प्रबद्र्धनसंगै स्वास्थ्य सूचकको विकासमा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान प्रशसंनीय रहेको बताए । उनले नेपालगञ्ज उपमहानगरपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन र बृत्ति विकासका लागि गम्भीर रहेको बताए । कार्यक्रममा उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडा नम्बर २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख चन्द, स्वास्थ्य संस्था प्रमुखको तर्फबाट शर्मिला सुवेदी लगायतले स्वास्थ्य स्वयंसेविकाहरुको योगदानको सराहना गरेका थिए ।

त्यसक्रममा सम्मानित हुनुभएकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका रुपाखेती, स्वास्थ्य स्वयंसेविका शुष्मा चौधरीले पनि बोलेका थिए । कार्यक्रमको सहजीकरण स्वास्थ्य स्वयंसेविका आइला बोहराले गरेकी थिइन् । औपचारिक कार्यक्रम पूर्व नेपालगञ्ज उपमहानगरपालिका कार्यालय विपी चोकबाट प्रभातफेरि निकालिएको थियो । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।