नेपालगन्ज, फागुन ३ बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालालाई ब्रम्हाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जले स्वागत तथा सम्मान गरेको छ । महाशिवरात्री पर्वको अवसरमा आइतबार(आज) बिहान आयोजित विशेष समारोहमा विश्वविद्यालयले कोइरालालाई सम्मान गरिएको हो ।
सो क्रममा ब्रहाकुमारी इश्वरिय विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीले उम्मेदवार कोइरालालाई स्वागत तथा सम्मान गर्दै आर्शिवाद दिएकी थिइन् । ‘भोलेनाथ (भगवान शिव)ले तपाईलाई आजको यो विशेष दिनमा शक्ति प्रदान गर्नु भएको छ, तपाईलाई हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई र आर्शिवाद छ ।’
उक्त कार्यक्रममा विश्वविद्यालय नेपालगन्जकी प्रमुख दुर्गा दिदीसहित बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्ण खत्री, अन्तर धार्मिक सद्भाव मञ्चका संयोजक एवम बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी लगायत विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।
यसैबीच युवा उम्मेदवार कोइरालाले आइतबार नै बागेश्वरी मन्दिर परिसरमा रहेको जंगुे महादेव मन्दिर र डुडुवा गाउँपालिका वडा नम्बर ५ पदमपुरमा रहेको शिव मन्दिरको पनि दर्शन गरेका छन्
६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्नआगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोग ले ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रमा एक करोड ८२ लाखभन्दा बढी मतपत्र छपाइ सम्पन्न गरेको छ । छपाइ, प्याकिङ र ढुवानी कार्य तीव्र पारिँदै कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थालिएको आयोगले जनाएको छ ।
बाँके, फागुन ३ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६६ जिल्लाका १४२ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोग ले जनाएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म एक करोड ८२ लाख ३० हजार मतपत्र छापिसकिएको छ ।
शुक्रबारसम्म ६३ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको थियो भने शनिबार थप तीन जिल्लाको मतपत्र छपाइ सकिएको हो । अब ११ जिल्लाको मतपत्र छपाइ मात्र बाँकी रहेको आयोगले जनाएको छ । तीमध्ये अधिकांश काठमाडौँ उपत्यका आसपासका जिल्ला रहेका छन् । आयोगले आगामी दुई दिनभित्र सम्पूर्ण मतपत्र छपाइ कार्य सम्पन्न हुने अनुमान गरेको छ ।
छपाइ सकिएका जिल्लाका मतपत्र प्याकिङसमेत भइसकेको छ । हालसम्म १६ हजार ४९४ बाकस मतपत्र प्याकिङ सम्पन्न भइसकेको जनाइएको छ । दैनिक करिब एक हजार बाकस मतपत्र प्याकिङ भइरहेको छ भने ११ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको आयोगले जानकारी दिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तथा प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीअन्तर्गतका मतपत्र जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा छापिँदै आएका छन् । गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापी सम्बन्धित जिल्लामा पठाइसकिएको छ ।
समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ पुस २६ गतेदेखि सुरु भई माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छापी प्याकिङ तथा रुजुसहित ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ । प्रत्यक्षतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य राखिएको छ । माघ १६ गतेदेखि प्रत्यक्ष प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको हो ।
यसैबीच आयोगले कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सुरु गरेको छ । आयोगका अनुसार सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जिल्लामा मतपत्र पठाउन थालिएको छ ।निर्वाचन नजिकिँदै जाँदा आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानी कार्यलाई तीव्र बनाएको जनाएको छ । आवश्यक सुरक्षात्मक प्रबन्ध मिलाएर समयमै सबै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने तयारी गरिएको आयोगले स्पष्ट पारेको छ ।
खजुरा, फागुन ३ नेपाली भुमिको सच्चा पहरेदार सीमावर्ती क्षेत्रका जनता भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बताएका छन् ।बाँके खजुरा गाउँपालिका वडा नम्बर १ का जनतासँग भेटघाट गर्ने क्रममा लुम्बिनी प्रदेश सभापति पुनले नेपाली भुमिको रक्षा गर्ने सीमा क्षेत्रका जनता धन्यवादको पात्र भएको बताए । उनले भने, ‘सीमाक्षेत्रमा बसोबास गर्ने नागरिकलाई म आत्मदेखि नै धन्यवाद दिन चाहन्छु । जय नेपाल भन्न चाहन्छु । तपाईहरु नेपाली भुमिको पहरेद्धार हो । यो भुमीलाई बचाउनु भएको छ ।’
आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका पुनले सीमावर्ती क्षेत्रको जनताको समस्यालाई नीतिगत रुपमा समाधान गर्न आफुले पहल गर्ने बताए ।उनले भने, ‘मेची देखी महाकाली सम्म सीमा क्षेत्रको समस्या छन् । त्यसको समाधान नीतिगत रुपमा राज्यले गर्नु पर्छ । मैले सीमावर्ती क्षेत्रको समस्या समाधानको लागि नीतिगत रुपमा एजेन्डा बनाएर त्यसको दिर्घकालिन समाधानको लागि प्रयास गर्नेछु ।’
बाँके क्षेत्र नम्बर ३ को दक्षिण तर्फको भुभाग नेपाल–भारतको सीमाना पर्छ । यहाँका स्थानीयहरुको जमिन बैंकले धितो राख्ने गरेको छैन् । जमिन तर बैंकले धितो राख्दैन । जसका कारण सीमावर्ती क्षेत्रका नेपाली जनताका नागरिकले आर्थिक रुपमा पाउने सुविधाबाट बञ्चित हुनु परिरहेको छ ।
सीमावर्ती क्षेत्रका जनताहरुमाथि भैरहेको अन्यायलाई समाधान गर्न आफुले पहल गर्ने पुनले प्रतिवद्धता जनाए । उनले भने,‘सीमा क्षेत्रका जनताको जमिन बैंकले धितो नै नराख्नु अन्याय हो । मुल्यांकन रकम कम होला तर राख्नै नपाउनु भनेको यहाँको जनतामाथि राज्यले गरेको अन्याय हो ।’
सभापति पुनले बाँके क्षेत्र नम्बर ३ को समग्र विकासका नयाँ एजेन्डासहित आफु मतदाताहरुसँग भेटघाट गरिरहेको बताए । नेपालको आर्थिक उन्नतीको लागि पनि तराई क्षेत्रको विकास जरुरी रहेको बताउँदैं पुनले क्षेत्र नम्बर ३ लाई आर्थिक विकासको लागि नयाँ एजेन्डा बनाएर काम गर्ने बताए ।
नेपालगन्ज, फागुन ३ थोरै लगानी, स्थानीय स्रोत–साधनको अधिकतम् उपयोग र निरन्तर मेहनतबाट पनि उल्लेखनीय आर्थिक सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् नेपालगन्ज उपमहानगरपालिका–१८, तेजनगरका वीरबहादुर हमाल । विगत १२ वर्षदेखि उनले ‘एभरेष्ट अर्गानिक एग्रोफार्म’ सञ्चालन गर्दै गँड्यौला मल (भर्मिकम्पोष्ट) उत्पादन गर्दै आएका छन् ।
“थोरै लगानीमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा मैले व्यवहारमै देखाएको छु,” हमाल भन्छन्, “लगनशीलता र धैर्य भए कृषिमा सम्भावनाको कमी छैन ।” उनका अनुसार गँड्यौला मलले माटोको उर्वराशक्ति बढाउने, बालीको सन्तुलित वृद्धि गराउने र वातावरण संरक्षणमा सहयोग पुर्याउने गर्छ । रासायनिक मलको विकल्पका रूपमा जैविक मलको प्रयोग बढ्दै जाँदा यसको माग पनि विस्तार हुँदै गएको उनले बताए ।
गँड्यौला मल उत्पादनका लागि गाईको गोबर, पराल, झारपात तथा अन्य जैविक पदार्थ प्रयोग गरिन्छ । विशेष प्रजातिको गँड्यौला भ्ष्कभलष्ब ाभतष्मब प्रयोग गरी मल तयार पारिन्छ । “एक पटक गँड्यौला खरिद गरेपछि पटक–पटक लगानी गर्नुपर्दैन,” उनले जानकारी दिए ।
सुरुवाती चरण भने चुनौतीपूर्ण थियो । बजार अभाव, आर्थिक कठिनाइ र प्राविधिक ज्ञानको कमीका बीच उनले काम सुरु गरेका थिए । “सुरुमा धेरैले पत्याउँदैनथे,” हमाल सम्झन्छन्, “तर निरन्तर प्रयासले आज बजार विस्तार भएको छ ।”
हाल उनले चार कठ्ठा जग्गा भाडामा लिएर ६० वटा बेडमार्फत उत्पादन गरिरहेका छन् । एक पटकमा १८–२० ट्राली गाईको गोबर प्रयोग गरी प्रति ट्राली करिब १२ क्विन्टल मल उत्पादन हुने बताइएको छ । एकै पटक किनेको गोबरबाट चार चक्रसम्म उत्पादन गर्न सकिने भएकाले लागत घट्ने र आम्दानी बढ्ने उनको अनुभव छ ।
उत्पादित मल विशेष गरी हिमाली जिल्लामा ढुवानी हुने गरेको छ, जहाँ स्याउ तथा तरकारी खेतीमा यसको माग उच्च छ । हाल बजार मूल्य प्रतिक्विन्टल करिब रु दुई हजार पाँच सय रहेको छ । वार्षिक रूपमा रु १५–१६ लाख बराबरको मल बिक्री हुने र समग्र कारोबार रु २०–२५ लाखसम्म पुग्ने हमालको दाबी छ ।
वि.सं. २०७१ मा एक किलो गँड्यौलाबाट सुरु गरेको यात्राले आज उनलाई सफल कृषकका रूपमा स्थापित गरेको छ । “काम सानो–ठूलो हुँदैन,” उनी भन्छन्, “निरन्तरता र इमानदारी भए स्वदेशमै राम्रो सम्भावना छ ।”
कोहलपुर, फागुन ३ बाँके क्षेत्र नं. १ का दुई स्थानमा नेकपा एमालले दुई स्थानमा निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेकपा एमालले राप्तिसोनारीको वडा नं. ८ र कोहलपुरको वडा नं. ७ मा निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
कोहलपुर नगरपालिका वडा नं. ७ मा एमाले नेता सुरेन्द्र थापाको नेतृत्वमा निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको हो भने राप्तिसोनारी ८ ढकेरीमा प्रतिनिधि सभाका उम्मेदवार सुर्य ढकालले निर्वाचन पचिालन सम्पर्क कार्यालयको स्थापना गरेका हुन ।स्थानिय स्तरमा पार्टिका एजेण्डाहरु जनतामाझ सुसोचित गर्ने उद्धेश्यले निर्वाचन पचिालन सम्पर्क कार्यालय स्थापना गरिएको निर्वाचन परिचालन कमिटिका संयोजक वसन्ति अधिकारीले बुलेट न्युजसंगको कुराकानिकाक्रममा बताएकी छिन ।
ढकेरीमा शनिवार आयोजित बिषेश कार्यक्रममा कार्यालय स्थापना पश्चात आफनो भनाई राख्दै उम्मेदवार ढकालले निकुञ्जसंगको समन्वयमा भक्ते खोलाको डाईभर्सन कामले पुर्णता पाएको उल्लेख गर्दै चुके नालाको लागि १५ करोडको वजेट सहित कार्य सम्पन्नकालागि टेण्डर आब्हानको चरणमा रहेको बताए ।
उनले कुनै काम नगरेको भनेर भ्रम छर्नेहरुकालागि स्थलगत अध्यन गर्न आग्रह गर्दै विपक्षि सचेत नागरिकले समेत आएको बजेट प्रति खुलेर प्रशंसा गर्ने गरेको जिकिर गरे ।
महादेवा कोहलपुर सडककालागि बजेट विनियोजन भईसकेको स्मरण गर्दै यसै क्षेत्रका पुर्व सांसद समेत रहेका ढकालले निकुञ्ज आसपास तारवार गर्नुपर्ने आफुले संसदमा पटक पटक आवाज उठाएकै कारण निकुञ्ज ऐन समेत परिमार्जन भएको उल्लेख गरे । उनले भने निकुञ्का केहि निती नियमहरु फेरवदल भएका छन अब यो नियमित प्रक्रियावाट राजपत्रमा प्रकाशित भएर लागु हुने चरणमा रहेको भन्दै निकुञ्ज आसपासका जनताको समस्या आफुले मानसपलमा सधैव राखिरहने र समस्या समाधानमा केन्द्रित रहिरहने वचनबद्धता ब्यक्त गरे ।
झिंझरी बागेसाल सिंचाई योजना रातो कितावमा परेको भएपनि सिंह दरबार जलेपछि उक्त योजनाले गति लिन नसकेको स्विकार गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका ढकालले यी र यस्तै अधुरा काम सम्पन्न गर्न पनि आफनो उम्मेदवारी रहेकोमा जोड दिए ।
कार्यक्रममा स्थानियवासिहरुले बाँदर लगायत बन्यजन्तुहरुले आफनो थातथलोमा पुगाएको असहजता, बाटो, पुल पुलेसा शिक्षा, स्वास्थ्य लगाएत आधारभुत जनताका अधिकारहरु यथाशिघ्र कार्यान्वयन गर्न पुर्व सांसद समेत रहेका ढकाललाई आग्रह गरेका छन ।
वडा नं. ८ का वडा अध्यक्ष साहेनलाल थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन परिचालन कमिटी संयोजक वसन्ति अधिकारी, प्रदेश कमिटि सदस्यहरु परशु नारायण थारु, घननाथ खनाल, भगवती बराल, खुमा डाङी सल्लाहकार समिति सदस्य डोलराज अर्याल, पार्टिका जिल्ला सचिव बलराम भटटराई उप सचिव निर्मला सुनार, युवा संघका पुर्व केन्द्रि सचिव खेम शर्मा स्थानिय पार्टिका नेता कार्यकर्ता लगाएतले सहभागिता जनाएका थिए भने कार्यक्रमको सञ्चालन वडा कमिटि सचिव दिपेन्द्र वलिले गरेका थिए ।
कोहलपुर–०३ फागुन कोहलपुर नगरपालिका वडा नं. ६, बुद्धचोककी शान्ति पुन यो पटक रुख चिन्हमा भोट हाल्न पाउने भएपछि निकै खुसी देखिएकी छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनका कारण उनले रुख चिन्हमा भोट हाल्ने अवसरबाट वञ्चित हुनुपरेको थियो । आइतबार घरदैलो अभियानका क्रममा बुद्धचोक पुगेका प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद गौडेलसँग कुरा गर्दै उनले भनिन्,‘यो पटक काँग्रेसले रुखमै मत हाल्ने सुनिश्चितता गरेकोले भोट तपाईंलाई दिन्छौं ।’ जेनजी आन्दोलनपछि काँग्रेस बदलिएर आएकोमा समेत उनी उत्साहित देखिएकी थिइन् ।
उनले भनिन्,‘काँग्रेस नवजवानहरुको भावना बुझेर बदलिएर आएको छ । गगन थापाले काँग्रेसको नेतृत्व सम्हालेपछि ठूलो भरोसा र उत्साह जागेको छ । युवाहरुको भावना काँग्रेसले मात्रै सम्बोधन गर्छ भन्ने विश्वास लागेको छ ।’ नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल बुद्धचोक पुग्दा स्थानीयहरु उत्साहित देखिन्थे । सादगी, त्यागी र अत्यन्तै सहयोगी भावनाका नेता गौडेललाई काँग्रेसले टिकट दिएर उम्मेदवार बनाएकोमा स्थानीय खुसी व्यक्त गरिरहेका छन् ।
घरदैलोका क्रममा स्थानीयहरुले आफ्नो टोल तथा छरछिमेकका विकास निर्माणका समस्याहरु समेत सुनाएका थिए । नाला, ढल निकास, सडक निर्माण लगायतका समस्या रहेको भन्दै उनीहरुले समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसक्रममा उम्मेदवार गौडेलले आफूले पहिल्यैदेखि बुद्धचोकका समस्या समाधानका लागि स्थानीय सरकारसँग समन्वय गर्दै आएको बताए । उनले आफ्नोतर्फबाट हुन सक्ने सहयोगका लागि प्रतिबद्धता व्यक्त गरे । ‘स्थानीय सरकारले पनि क्रमशः विकास निर्माणका कामलाई गति दिएको पाएको छु,’ उनले भने, ‘बुद्धचोकका समस्या समाधानका लागि भूमिका खेल्छु, ढुक्क हुनुहोस् ।’
काँग्रेस वडा कार्यसमितिको अगुवाइमा घरदैलो अभियान सञ्चालन गरिएको वडा सभापति श्रीकृष्ण थारुले जानकारी दिए । घरदैलोमा स्थानीय नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताए । उनले आइतवार नै उम्मेदवार गौडेलको वडा नं.७ र ११ मा पनि घरदैलो रहेको जानकारी दिए ।
नेपालगन्ज, माघ ३ नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष गणेश चन्द्र तिमिल्सिनाले नेपाली कांग्रेसका पक्षमा मतदान गर्न आम किसान बर्गलाई आग्रह गरेका छन् । नेपाल किसान महासंघ बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको ’नेपाली कांग्रेसका बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मदवारहरुसंग किसानहरुको प्रत्यक्ष भेटघाट तथा छलफल कार्यक्रम’ मा बोल्दै तिमिल्सिनाले कृषि क्षेत्रको बृहत्तर विकास र किसान बर्गको हित तथा उत्थानका लागि कांग्रेस मात्रै जिम्मेवार पार्टी भएको बताउँदै कांग्रेसका उम्मेदवारहरुलाई निर्वाचित गराउन आग्रह गरे ।
क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले किसानका पीर–मर्का बुझ्ने पार्टी कांग्रेस नै भएको बताए । पुनले कांग्रेसले स्थापना कालदेखि नै किसानमैत्री पार्टीको छबि बनाएको उल्लेख गरे । उनले किसान लगायत सबै बर्गलाई समेटेर मुलुक निर्माण कार्यको नेतृत्व लिन सक्ने पार्टी नेपाली कांग्रेस मात्रै भएको दाबी गरे । पुनले लोकतन्त्र र संविधान संकटमा परेको बेला मुलुकको सबैभन्दा जिम्मेवार पार्टी नेपाली कांग्रेसका पक्षमा मत जाहेर गर्न आमकिसानलाई आह्वान समेत गरे ।
क्षेत्र नम्बर १ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले कांग्रेस किसानहरुकै पार्टी भएको बताए । उनले कांग्रेसले किसानका वास्तविक समस्या बुझेको जिकिर गर्दै कृषि क्षेत्रको विकास, आधुनिकीकरण र ब्यवसायीकरणका लागि काम गर्दै आएको बताए । किसान बर्गको उत्थानका लागि काम गर्ने गौडेलको प्रतिबद्धता छ ।
क्षेत्र नम्बर २ का उम्मेदवार एवम् नेपाली कांग्रेस बाँकेका सचिव, युवा नेता शुधान्सु कोइरालाले योजना बनाउँदा किसानलाई सम्झेर बनाउनुपर्दछ भन्ने महामानव वीपी कोइरालाको दर्शनले कांग्रेस पार्टी अभिप्रेरित रहेको बताए । किसानलाई माया गर्ने पार्टी कांग्रेस नै रहेको जिकिर गर्दै उनले बाँकेमा किसानका लागि अमृत सावित भइरहेको सिक्टा सिंचाई आयोजना ल्याउने ब्यक्ति नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइराला रहेको स्मरण पनि गराए ।
नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष अस्मिता शाह महतराले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन सचिव महेन्द्र मल्ल ठकुरीले गरेका थिए । त्यस अवसरमा समानुपातिक उम्मेदवार दिप नारायण बर्मा लगायत पार्टी तथा किसान महासंघका नेता–कार्यकर्ताहरुको उपस्थिति थियो ।




