२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

माटोको ढिस्कोले पुरिँदा धनगढीमा महिलाको मृत्यु


धनगढी । घर पोत्नका लागि माटो खन्ने क्रममा ढिस्को खस्दा धनगढीमा एक महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको मृत्यु भएको हो ।

सोमबार साँझ करिब ५ बजे माटो खनिरहेका बेला एक्कासि माथिबाट ढिस्को खस्दा चौधरी पुरिएर गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घर पोत्नका लागि माटो लिन सामुदायिक वन पुगेकी चौधरीको माटो खन्ने क्रममा भएको दुर्घटनामा ज्यान गएको हो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।