२०८३ कार्तिक १८ मंगलवार
२०८३ कार्तिक १८ मंगलवार

जनकपुरले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो


काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने लिग चरणको १२औँ खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । खेल केहीबेरमा सुरु हुनेछ ।

दुवै टोलीका लागि आजको खेल अङ्कतालिकामा आफ्नो अवस्था सुधार गर्ने महत्वपूर्ण अवसर हुनेछ । प्रतियोगितामा सहभागी आठ टोलीमध्ये लिग चरणको अन्त्यमा शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

जनकपुर र विराटनगर दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।