२०८३ भाद्र ८ सोमबार
२०८३ भाद्र ८ सोमबार

बाँकेको नौबस्ता बालसुधार गृहमा रहेका बालबन्दीहरूले न्यायिक प्रक्रियामा ढिलाइ र सुधार कार्यक्रमको प्रभावकारितामा असन्तुष्टि व्यक्त गरेका छन्। एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बताएका छन् कि बालकहरूले बाल्यकालमा अन्जानमा गरेका गल्तीका लागि अत्यधिक कैद सजाय तोकिएकोमा गुनासो गरेका छन्। उनीहरूले सुधारको अवसर, सुधार अवधि, छुटसम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र मुद्दाको प्रगतिबारे समयमै जानकारी पाउनुपर्ने माग राखेका छन्।

अधिवक्ता गौतमका अनुसार कारागार ऐनअनुसार मुद्दाको सुनुवाइमा ढिलाइ हुनु र प्रगतिबारे स्पष्ट सूचना नपुग्दा बालकहरूमा नैराश्यता बढ्ने अवस्था देखिएको छ। कैद अवधि पूरा गरिसकेका वा सफाइ पाएका बालकहरू समेत न्यायिक प्रक्रियाबाट प्रभावित भएको गुनासो गरिएको छ।

बालसुधार गृह प्रशासनका अनुसार यहाँ खानेपानी, स्वास्थ्य, सरसफाइ र आधारभूत सेवाको व्यवस्था सामान्य अवस्थामा छ। समरसेबलमार्फत खानेपानीको व्यवस्था गरिएको छ भने एक जना स्टाफ नर्सको दरबन्दी रहेको छ। यहाँ ४० जना बालकको स्वास्थ्य बीमा गरिएको छ, र अन्यका लागि सुधार गृहको बजेट तथा भेरी अस्पताल नेपालगन्जको सामाजिक सेवा इकाइमार्फत उपचारको व्यवस्था गरिएको छ। दैनिक सरसफाइ, फोहर व्यवस्थापन, स्वास्थ्य सामग्री वितरण, सिदा खर्च र लत्ताकपडाको व्यवस्था पनि नियमअनुसार गरिएको जनाइएको छ।

साथै, बालकहरूलाई दालमोठ, चिप्स र च्याउ खेतीसम्बन्धी तालिम पनि प्रदान गरिएको छ। यद्यपि सबै उमेर समूह र फरक प्रकृतिका कसुरमा संलग्न बालकहरूलाई एउटै स्थानमा राख्नु चुनौतीपूर्ण देखिएको गौतमले बताएका छन्। यसले बालकहरूको अवस्था, मनोवैज्ञानिक आवश्यकता र पुनर्स्थापनाको आवश्यकताअनुसार पृथक कार्यक्रम सञ्चालन गर्न कठिनाइ उत्पन्न गरेको छ। उनले भने, “विगतमा आपसी झडप र फरारीका समस्या पनि देखिएको सन्दर्भमा सुधार गृहमा वर्गीकरण, मनोसामाजिक सहयोग, पुनस्थापनामुखी कार्यक्रम र बालन्यायअनुकूल व्यवस्थापनलाई थप प्रभावकारी बनाउनु आवश्यक देखिन्छ।”

नौबस्ता बालसुधार गृहमा हाल १३१ जना कानुनी विवादमा परेका बालकहरू रहेका छन्। तीमध्ये १८ वर्षमुनिका १० जना छन्। ब्लक ‘ए’ मा १०१ जना र ब्लक ‘सी’ मा २९ जना राखिएका छन् भने एक जना बालक फरार हुन खोजेको आरोपमा कारागार ऐनअन्तर्गतको मुद्दामा इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेको जनाइएको छ। यहाँका बालकहरूको उमेर करिब १६–२५ वर्ष रहेको छ।

मुद्दाको फैसला भई कैद भोगिरहेका १२७ जना बालक रहेका छन् भने पुर्पक्षका क्रममा रहेका चार बालकमध्ये एक जना प्रहरी हिरासतमा छन्। सुधार गृहभित्र पुनस्थापना, सुधारमूलक कार्यक्रम, न्यायिक प्रक्रियाको सहजता र बालन्यायको मर्मअनुसारको व्यवस्थापनमा अझै सुधारको आवश्यकता स्पष्ट देखिएको अधिवक्ता गौतमले बताए।

विशेषगरी न्यायिक प्रक्रियामा ढिलाइ, मुद्दाको प्रगतिबारे जानकारीको अभाव, र फरक प्रकृतिका बालकहरूको एउटै स्थानमा व्यवस्थापनले सुधार गृहको कार्यक्षमता प्रभावित पारिरहेको छ। यस सन्दर्भमा बालकहरूको मनोवैज्ञानिक अवस्था र पुनर्स्थापनामुखी कार्यक्रमलाई ध्यानमा राख्दै सुधार गृह व्यवस्थापनमा थप कदम चाल्नु आवश्यक देखिन्छ।

काठमाडौँ, चैत ६ गते  नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन, सानेपा ललितपुरमा दिउँसो १ बजे सुरु हुने जनाइएको छ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार बैठकमा सभापति गगनकुमार थापा ले दिएको राजीनामाबारे मुख्य रूपमा छलफल हुनेछ। साथै आगामी नियमित महाधिवेशनको तयारी, हालै सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टीको भावी रणनीतिका विषयमा पनि विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा सातै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ। पछिल्लो राजनीतिक परिवेश र निर्वाचन परिणामपछि पार्टीभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

बैठकबाट पार्टीको आगामी दिशा, संगठन सुदृढीकरण तथा नेतृत्वसम्बन्धी निर्णयहरू आउने अपेक्षा गरिएको छ।

 
 

काठमाडौँ, चैत ६ गते   सङ्घीय संसद् सचिवालय ले प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण चैत १२ गते दिउँसो २ बजेका लागि तय गरेको छ। संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिसँगको छलफलपछि शपथको मिति निर्धारण गरिएको हो। सचिवालयका प्रवक्ता एकराम गिरी का अनुसार संविधानअनुसार नवनिर्वाचित सदस्यहरूले पहिलो पटक सदन वा समितिको बैठकमा सहभागी हुनुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने व्यवस्था रहेको छ। नेपालको संविधानको धारा ८८ ले यससम्बन्धी स्पष्ट प्रावधान गरेको छ।

शपथग्रहण कार्यक्रमअनुसार रामचन्द्र पौडेल ले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई राष्ट्रपति कार्यालयमा शपथ गराउनुहुनेछ। त्यसपछि सोही ज्येष्ठ सदस्यले सिंहदरबारमा नवनिर्वाचित अन्य २७४ सदस्यलाई शपथ गराउनेछन्। ज्येष्ठ सदस्यको टुङ्गो भने हालसम्म लागेको छैन। सचिवालयले नागरिकता प्रमाणपत्रका आधारमा उमेर गणना गरी ज्येष्ठ सदस्य पहिचान गर्ने जनाएको छ। यसअघि निर्वाचन आयोग ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति र सचिवालयमा बुझाएको थियो। सो प्रतिवेदनपछि मात्र शपथग्रहणको मिति तय गरिएको हो।

सिंहदरबारमा भएको दलहरूको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत दलका प्रतिनिधिहरू सहभागी भएका थिए। यता, शपथग्रहणपछि संसद्को अधिवेशन आह्वान गर्ने तयारी समेत अघि बढेको छ। नेपालको संविधानको धारा ९३ अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। स्रोतका अनुसार चैत १६ गते नवगठित प्रतिनिधि सभाको पहिलो बैठक बस्ने आन्तरिक तयारी भइरहेको छ।

नयाँ सरकार गठन प्रक्रिया पनि शपथग्रहणपछि सुरु हुनेछ। नेपालको संविधानको धारा ७६(१) बमोजिम प्रतिनिधि सभामा बहुमत प्राप्त दलको संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरिने व्यवस्था छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ले बहुमत प्राप्त गरेकाले सो दलको नेता प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ। यसअघि राजनीतिक घटनाक्रमबीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति पौडेलले सुशीला कार्की लाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो। प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरिएको थियो।

अब चैत १२ गते हुने शपथग्रहणसँगै नयाँ संसद् र सरकार गठन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

मुलतः यस्ता अकाउन्टहरूबाट ठगी हुने, मिथ्या जानकारी फैलाउने वा व्यक्तिगत विवरण चोरी गर्ने जस्ता जोखिमहरू हुन्छन् । आसन्न निर्वाचनको छेको पारेर यस प्रकारका अकाउन्टहरूको संख्या ह्वात्तै बढेको भनी सार्वजनिक वृत्तमा कुरा हुन थालेको छ । सामान्यतयाः नक्कली अकाउन्टहरू बट (स्वचालित सफ्टवेयर/प्रोग्राम) वा मान्छेहरूबाटै अर्कै फरक उद्देश्यका लागि बनाइएका हुन्छन् । तर, यस्ता अकाउन्टहरूमा केही संकेत हुन्छन्, जसबाट यी नक्कली हुन् हैनन भनेर चिन्न सकिन्छ ।

 

बाँके, चैत ६  फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरूले हामीलाई विश्वसँग जोड्छन् । तर अहिले यी प्लेटफर्महरूमा एउटा समस्या देखिन थालेको छ । त्यो भनेको नक्कली अकाउन्टहरूको संख्या ह्वात्तै बढ्नु हो । मुलतः यस्ता अकाउन्टहरूबाट ठगी हुने, मिथ्या जानकारी फैलाउने वा व्यक्तिगत विवरण चोरी गर्ने जस्ता जोखिमहरू हुन्छन् । आसन्न निर्वाचनको छेको पारेर यस प्रकारका अकाउन्टहरूको संख्या ह्वात्तै बढेको भनी सार्वजनिक वृत्तमा कुरा हुन थालेको छ । सामान्यतयाः नक्कली अकाउन्टहरू बट (स्वचालित सफ्टवेयर/प्रोग्राम) वा मान्छेहरूबाटै अर्कै फरक उद्देश्यका लागि बनाइएका हुन्छन् । तर, यस्ता अकाउन्टहरूमा केही संकेत हुन्छन्, जसबाट यी नक्कली हुन् हैनन भनेर चिन्न सकिन्छ ।
१. भेरिफाइड ब्याजको जाँच गर्ने
आधिकारिक अकाउन्टहरूमा सामान्यतया नीलो वा हरियो चिन्ह (अकाउन्टको प्रकृतिअनुसार) हुन्छ । त्यसमार्फत हामीले उक्त अकाउन्ट वास्तविक र आधिकारिक हुन् भन्ने विश्वास गर्न सक्छौं । यदि यस्तो चिन्ह छैन र त्यस्तै देखिने गरी इमोजीहरू प्रयोग गरिएका छन् भने ती नक्कली हुने सम्भावना बढी हुन्छ ।
२. प्रोफाइल फोटो र बायो हेर्ने
प्रोफाइल फोटोमा यदि वास्तविक मान्छेको फोटो छैन भने सर्तक हुनुपर्छ । कतिपय वास्तविक अकाउन्टमा व्यक्तिको फोटो नराखेर अन्य फोटोहरू पनि राखिरहेका हुन्छन् । तर, त्यसलाई रिभर्स इमेज सर्च (जस्तै, गुगल लेन्स)मार्फत खोजेर अन्य अकाउन्टमा प्रयोग गरेको भेटिए त्यस्ता अकाउन्ट नक्कली हुन सक्छ । त्यस्तै यदि बायो अथवा व्यक्तिगत जानकारी अधुरो वा सामान्य छ, त्यसमा नाम, पेशा, स्थान जस्ता विवरणहरू स्पष्ट पारिएका छैनन् भने पनि ती नक्कली हुन सक्छन् ।
३. फलोअर र फलोइङको अनुपात हेर्ने
नक्कली अकाउन्टहरूमा प्रायः धेरै फलोइङ (उनीहरूले फलो गरेका) हुन्छ । तर फलोअर (उनीहरूलाई फलो गर्ने) को संख्या कम हुन्छ । यसबाहेक फलोअर बढी भएर इन्गेजमेन्ट (लाइक्स, कमेन्ट) अत्यन्तै न्यून छ भने त्यो पनि नक्कली अकाउन्टनको संकेत नै हो । यदि हजारौं फलोअरहरू छन् तर पोस्टहरूमा कुनै कमेन्ट वा लाइक छैनन् अथवा कमेन्टमा इमोजीहरू मात्र छन् अनि कमेन्ट पोस्टसँग सम्बन्धित छैन भने पनि त्यो नक्कली अकाउन्ट हुन सक्छ ।
४. पोस्टको विश्लेषण गर्ने
यदि उक्त अकाउन्टमार्फत गरिएका पोस्टहरूमा हिज्जे, व्याकरण गलत छन् अथवा स्टक इमेज, मिमहरू मात्र शेयर गरिएका छन् भने पनि नक्कली अकाउन्ट हुन सक्ने सम्भावना हुन्छ । त्यस्तै अकाउन्ट बनाएको मिति नयाँ छ तर पोस्टहरू धेरै छन् भने पनि सतर्क हुनुपर्छ । यीसँगै सबैभन्दा मुख्य भनेको ‘ओरिजिनल’ पोस्ट भएका छन्/छैनन् हेर्नुपर्छ ।
५. इन्टरएक्सन र कनेक्सन हेर्ने
वास्तविक अकाउन्टहरूमा फ्रेन्ड वा फलोअर सान्दर्भिक हुन सक्छन् । भन्नुको अर्थ, एउटा थिएटर कलाकारको फेसबुक अकाउन्टमा बढी जसो कला क्षेत्रकै व्यक्तिहरू साथी हुन्छन् । तर, नक्कली अकाउन्टमा त्यस्तो कमै हुन्छ । त्यस्तै वास्तविक अकाउन्टमा मेसेज पठाउँदा उत्तर आउन सक्छ । कुराकानी हुन सक्छ । तर, नक्कली अकाउन्टकाले सोझै पैसा माग्ने, लिंकहरू पठाउने वा अन्य कुराहरू पठाउने गर्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।