
नेपालगन्ज । बाँके प्रहरीले ब्राउन सुगरसहित चार कारोबारीलाई पकाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर–२ स्थित द्वारिका प्रसाद थारुको घरमा खानतलासी गर्ने क्रममा ७ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर फेला परेपछि चार जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा कोहलपुर–२ का ४२ वर्षीय द्वारिका प्रसाद थारु, २२ वर्षीय समिर विक, २८ वर्षीय राकेश चौधरी तथा बैजनाथ गाउँपालिका–५ का २४ वर्षीय ओमकान्त थारु रहेको जिल्ला प्रहरीले कार्यालय बाँकेले जानकारी दिएको छ ।
प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बाँके जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । बाँके प्रहरीका अनुसार लागूऔषध कारोबार तथा ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको छ ।
स्थानीय कृषकहरूका अनुसार पर्याप्त सिँचाइ सुविधा उपलब्ध भएमा नरैनापुरमा धान उत्पादन मात्र होइन, वर्षभरि विभिन्न नगदे बाली र तरकारी खेतीसमेत विस्तार गर्न सकिनेछ । यसले कृषि उत्पादन बढ्नुका साथै स्थानीय रोजगारी र आम्दानीमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कृषि विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा वर्षाको स्वरूप अनिश्चित बन्दै गइरहेको अवस्थामा स्थायी सिँचाइ पूर्वाधार नै खाद्य सुरक्षाको प्रमुख आधार बन्न सक्छ । नरैनापुरजस्ता वर्षेनि खडेरीको मारमा पर्ने क्षेत्रका लागि सिँचाइ परियोजनाहरू केवल पूर्वाधार निर्माणका कार्यक्रम मात्र नभई खाद्य सुरक्षा, गरिबी न्यूनीकरण र कृषिमा आत्मनिर्भरता हासिल गर्ने आधारसमेत हुन् ।
नरैनापुर, जेठ २० लगातारको खडेरी, अनियमित वर्षा र दोहोरिँदै आएको कृषि संकटका कारण बाँकेको नरैनापुर गाउँपालिका पछिल्ला केही वर्षयता सुख्खाग्रस्त क्षेत्रका रूपमा चिनिँदै आएको छ । धान उत्पादनका लागि प्रसिद्ध मानिने यो क्षेत्र वर्षा नहुँदा बर्सेनि खाद्य संकटको जोखिममा झेलिरहेको छ । यस्तै अवस्थामा सिक्टा सिँचाइ आयोजनाले नरैनापुरका हजारौं हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने तयारी थालेपछि स्थानीय किसानमा नयाँ आशा पलाएको छ ।
सिक्टा सिँचाइ आयोजनाले बाँकेको पूर्वतर्फको मूल नहरमार्फत ९ हजार हेक्टर तथा पश्चिमतर्फको मूल नहरमार्फत ३३ हजार ७६६ हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।
आयोजनाअन्तर्गत पूर्वी मूल नहरका विभिन्न शाखा नहरमार्फत मात्र ४ हजार ८११ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्य राखिएको छ । यसै योजनाअनुसार नरैनापुर गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ मा सिँचाइ सुविधा पुर्याउन पूर्वी मूल नहरको चेनज ३७ दशमलव ६७५ किलोमिटरदेखि ४४ दशमलव ८०० किलोमिटरसम्म ठेक्का प्रक्रियासम्बन्धी सूचना प्रकाशन गरिएको छ । आयोजनाअन्तर्गत नरैनापुर क्षेत्रमा मात्रै २ हजार ५५५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ । यसका लागि ७.१२ किलोमिटर लामो मूल नहर, ४.५५ किलोमिटर लामो शाखा ५, ३.५३ किलोमिटर लामो शाखा ६ तथा ३.२४ किलोमिटर लामो शाखा ७ नहर निर्माण गरिनेछ ।
लामो समयदेखि आकाशे पानीको भरमा खेती गर्दै आएका नरैनापुरका किसानका लागि यो योजना निकै महत्त्वपुर्ण मानिएको छ । यहाँका अधिकांश किसानले धान, गहुँ, तोरी र दलहन बाली उत्पादन गर्दै आएका छन् । तर वर्षा नहुँदा खेतीयोग्य जमिन बाँझो रहने समस्या बढ्दै गएको छ । २०७९ सालमा जिल्ला विपद् व्यवस्थापन समितिले समेत नरैनापुरको अवस्था गम्भीर बन्दै गएको निष्कर्ष निकाल्दै लुम्बिनी प्रदेश सरकार र संघीय सरकारलाई उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिसकेको छ । त्यस वर्ष नरैनापुरमा १५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । यहाँका करिब ९० प्रतिशत परिवार प्रत्यक्षरूपमा कृषिमा निर्भर छन् । धान रोपाइँको समयमा पर्याप्त वर्षा नहुँदा धेरै खेतमा रोपाइँ हुन नसकेको अवस्था छ ।
गत वर्षसमेत बेमौसमी वर्षाका कारण खेतमै पाक्न लागेको धानबाली नष्ट भएपछि किसान थप समस्यामा परेका थिए । उत्पादनमा लगातार गिरावट आउन थालेपछि नरैनापुर गाउँपालिकाले यसअघि नै आफूलाई सुख्खा प्रभावित क्षेत्र घोषणा गरिसकेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा १६ (२) (न) अनुसार नरैनापुरलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पर्याप्त सिँचाइ सुविधा, वैकल्पिक बाली व्यवस्थापन तथा राहत कार्यक्रम सञ्चालनका लागि प्रदेश र संघीय सरकारसमक्ष सिफारिस गरिएको हो ।
यता सिक्टा सिँचाइ आयोजनाले निर्माण कार्यलाई चरणबद्धरूपमा अघि बढाइरहेको जनाएको छ । आयोजनाका निर्देशक राजु आचार्यका अनुसार अहिले ४४.८०० किलोमिटरदेखि ५४.६८० किलोमिटरसम्मको खण्डमा पूर्व पूरक वातावरणीय प्रभाव मूल्यांकन अध्ययन भइरहेको छ । अध्ययन सम्पन्न भएपछि उक्त खण्डमा पर्ने मूल नहर तथा शाखा ८, शाखा ९, शाखा १० र शाखा ११ नहर निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइनेछ । आयोजनाका सूचना अधिकारी मनोजकुमार साहले नरैनापुर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएपछि खेती प्रणालीमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे । उनका अनुसार अहिले निर्माण गर्न लागिएका शाखा नहरहरूले ठूलो क्षेत्र समेट्ने भए पनि भौगोलिक बनावटका कारण केही माथिल्लो भूभागमा सतही सिँचाइ पुर्याउन कठिनाइ हुने देखिएको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै शाखा ५, शाखा ६ र शाखा ७ नहरबाट प्रत्यक्षरूपमा सिँचाइ हुन नसक्ने माथिल्लो क्षेत्रका लागि लिफ्ट सिँचाइ प्रणालीको व्यवस्थापन गर्ने तयारीसमेत भइरहेको छ । इन्जिनियर विनेश श्रेष्ठका अनुसार नहरको सतहभन्दा माथि रहेका खेतमा पानी पुर्याउन आधुनिक प्रविधिमा आधारित लिफ्ट सिँचाइ प्रणाली प्रयोग गरिनेछ । स्थानीय किसानहरू भने वर्षौंदेखिको पानीको समस्या अन्त्य हुने आशामा छन् । नरैनापुर गाउँपालिका–५ जमुनाहका किसान जलिल मनिहारले सिक्टा सिँचाइ योजनाले गाउँका किसानमा नयाँ उत्साह थपेको बताए । उनले भने, ‘सुख्खा क्षेत्रमा सिक्टाको सिँचाइ योजनाले आशा बढाएको छ । यहाँका किसान खुसी छन् । सिँचाइ पुगे भने यहाँको खेतीपाती पुरानै तरिकाले सञ्चालन हुनेछ । वर्षाको भरमा बस्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरेका छौं ।’
स्थानीय कृषकहरूका अनुसार पर्याप्त सिँचाइ सुविधा उपलब्ध भएमा नरैनापुरमा धान उत्पादन मात्र होइन, वर्षभरि विभिन्न नगदे बाली र तरकारी खेतीसमेत विस्तार गर्न सकिनेछ । यसले कृषि उत्पादन बढ्नुका साथै स्थानीय रोजगारी र आम्दानीमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । कृषि विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण तराई क्षेत्रमा वर्षाको स्वरूप अनिश्चित बन्दै गइरहेको अवस्थामा स्थायी सिँचाइ पूर्वाधार नै खाद्य सुरक्षाको प्रमुख आधार बन्न सक्छ । नरैनापुरजस्ता वर्षेनि खडेरीको मारमा पर्ने क्षेत्रका लागि सिँचाइ परियोजनाहरू केवल पूर्वाधार निर्माणका कार्यक्रम मात्र नभई खाद्य सुरक्षा, गरिबी न्यूनीकरण र कृषिमा आत्मनिर्भरता हासिल गर्ने आधारसमेत हुन् ।
वर्षौंदेखि आकाशतर्फ हेरेर खेतीको योजना बनाउँदै आएका नरैनापुरका किसान अहिले भने सिक्टा सिँचाइ आयोजनाको नहर निर्माणतर्फ आशाका साथ नजर लगाइरहेका छन् । निर्माण कार्य समयमै सम्पन्न भए नरैनापुरको सुख्खा जमिन फेरि हरियालीले ढाकिने र खडेरीको चिन्ता क्रमशः कम हुँदै जाने अपेक्षा गरिएको छ ।
बर्दिया, जेठ २० बाघ संरक्षणलाई अझ प्रभावकारी र दिगो बनाउने उद्देश्यले बर्दिया राष्ट्रिय निकुञ्जमा बाघका प्रमुख आहारा प्रजातिका वन्यजन्तुको गणना सुरु गरिएको छ । बाघको संख्या मात्र होइन, उसले खाने जनावरको उपलब्धता पनि संरक्षणको महŒवपूर्ण आधार भएकाले निकुञ्जले आहारा प्रजातिको अवस्था अध्ययन गर्न विशेष अभियान थालेको हो ।
निकुञ्ज क्षेत्रमा चितल, बारसिंगा, जरायो, बदेललगायत बाघका प्रमुख आहारा प्रजातिको संख्या, वितरण र अवस्थाबारे तथ्यांक संकलन भइरहेको छ । प्राप्त तथ्यांकले आगामी दिनमा बाघ संरक्षणसम्बन्धी योजना निर्माण तथा व्यवस्थापनमा महŒवपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बा हाम्फेले बाघको दीर्घकालीन संरक्षणका लागि पर्याप्त आहारा प्रजातिको उपलब्धता अनिवार्य हुने भएकाले गणना कार्य सुरु गरिएको जानकारी दिए । उनका अनुसार बाघको बासस्थान सुरक्षित भए पनि आहारा अभाव भए संरक्षण प्रयास प्रभावकारी हुन सक्दैन ।
संरक्षणविद्हरूका अनुसार एउटा वयस्क बाघलाई नियमित रूपमा पर्याप्त मात्रामा मासु आवश्यक पर्ने भएकाले वन क्षेत्रमा आहारा प्रजातिको घनत्व उच्च रहनु आवश्यक छ । यही कारण बाघको अवस्थासँगै उसले खाने जनावरको अवस्थालाई पनि संरक्षण कार्यक्रमको महŒवपूर्ण सूचकका रूपमा हेरिन्छ । नेपालमा सन् २०२२ मा गरिएको अध्ययनले बाघका लागि आवश्यक आहारा प्रजातिको उपलब्धता सन्तोषजनक रहेको देखाएको थियो । उक्त अध्ययनअनुसार एक वर्ग किलोमिटर क्षेत्रमा औसत ९० वटा आहारा प्रजातिका वन्यजन्तु भेटिएका थिए । यसले नेपालका संरक्षित क्षेत्रहरूमा बाघ संरक्षणका लागि अपेक्षाकृत अनुकूल वातावरण रहेको संकेत गरेको थियो ।
हाल बर्दियामा भइरहेको गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा चोरी–सिकारी नियन्त्रणमा सक्रिय युवा परिचालन समूहको संयुक्त सहभागिता रहेको छ । गणना कार्यका लागि पाँच वटा हात्ती, चार वटा मोटरसाइकल र ३१ जना जनशक्ति परिचालन गरिएको निकुञ्जले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका दृष्टिले महŒवपूर्ण क्षेत्र मानिन्छ । यहाँ प्रत्येक चार वर्षमा बाघ गणना गरिने परम्परा छ । सन् २०२२ मा सम्पन्न राष्ट्रिय बाघ गणनाले बर्दियामा १२५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरेको थियो, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।
संरक्षणकर्मीहरूका अनुसार बाघका लागि पर्याप्त आहारा उपलब्ध हुँदा बाघको प्रजनन दर बढ्ने, नयाँ क्षेत्र विस्तार हुने तथा मानव–वन्यजन्तु द्वन्द्वसमेत न्यूनीकरण गर्न सहयोग पुग्छ । साथै शीर्ष शिकारीका रूपमा रहेको बाघको संरक्षणले सम्पूर्ण वन पारिस्थितिकीय प्रणालीलाई सन्तुलित राख्न भूमिका खेल्ने विश्वास गरिएको छ । निकुञ्ज प्रशासनले आहारा प्रजातिको गणनाबाट प्राप्त नतिजाले बाघ संरक्षणका आगामी कार्यक्रम, वन व्यवस्थापन रणनीति तथा जैविक विविधता संरक्षणका योजनालाई थप वैज्ञानिक र प्रभावकारी बनाउन आधार प्रदान गर्ने जनाएको छ । बर्दियामा सुरु भएको यो अभियानलाई बाघ संरक्षणको अर्को महŒवपूर्ण कडीका रूपमा हेरिएको छ ।
रास्वपा सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ।
बुधबार नयाँ दिल्लीमा सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो।
भेटपछि प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछानेलाई भेट्न पाउँदा खुसी व्यक्त गरे। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘ राष्ट्रिय स्वतन्त्र पार्टी नेपालका अध्यक्ष श्री रवि लामिछानेलाई भेट्न पाउँदा खुसी लाग्यो। साझा र समृद्ध भविष्यको लागि मिलेर काम गर्ने उहाँको इच्छालाई म स्वागत गर्दछु र पूर्ण रूपमा साझा गर्दछु।’
यस्तै, उनले छिमेकी नीति अन्तर्गत नेपाल एक प्राथमिकता साझेदार रहेको र दुई देशहरू बीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताए।





