२०८३ श्रावण २२ शुक्रबार
२०८३ श्रावण २२ शुक्रबार

 

नेपालगन्ज, साउन २१  नेपालमा जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराउने र पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अभ्यास अझै अपेक्षित स्तरमा पुग्न नसकेको अवस्थामा भेरी अस्पतालले प्रभावकारी स्तनपान प्रवद्र्धनका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । विश्व स्तनपान सप्ताह–२०८३ को अवसरमा ‘दिगो जीवनको स्वास्थ्य सुरुवात, प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा स्वास्थ्यकर्मी र सुत्केरी आमाहरूलाई स्तनपानको महत्व तथा सही अभ्यासबारे जानकारी दिइएको हो ।

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, नर्सिङ प्रमुख, विभागीय प्रमुख, चिकित्सक, नर्सिङकर्मीसहित हालै शिशु जन्माएका आमाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, शिशुलाई पहिलो ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै खानेकुरा वा पेय पदार्थ नदिनुपर्ने तथा ६ महिनापछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा जानकारी प्रदान गरिएको थियो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ अनुसार नेपालमा ० देखि ५ महिनासम्मका शिशुमध्ये ५६ प्रतिशतले मात्र पूर्ण स्तनपान प्राप्त गर्ने गरेका छन् । त्यस्तै, ० देखि २३ महिनासम्मका ५५ प्रतिशत शिशुलाई मात्र जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराइने गरेको तथ्यांक छ । यद्यपि करिब ९९ प्रतिशत बालबालिकाले जीवनको कुनै न कुनै समयमा आमाको दूध पाउने गरेका छन् । अस्पतालका अनुसार यी तथ्यांकले समयमै स्तनपान सुरु गर्ने र पहिलो ६ महिनासम्म पूर्ण रूपमा आमाको दूध मात्र खुवाउने अभ्यासलाई अझ प्रभावकारी बनाउन समुदायस्तरसम्म व्यापक जनचेतना आवश्यक रहेको देखाउँछ ।

कार्यक्रमका क्रममा स्तनपान गराउने सही तरिका, आमाको दूधमा हुने पोषण तथा रोग प्रतिरोधात्मक क्षमता, शिशुको शारीरिक, मानसिक र बौद्धिक विकासमा स्तनपानले पुर्‍याउने योगदान तथा आमाको स्वास्थ्य संरक्षणमा यसको भूमिकाबारे सहभागीलाई जानकारी दिइएको थियो । सुत्केरी आमाहरूका जिज्ञासाको समेत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले समाधान गरेका थिए । भेरी अस्पतालले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य तथा स्तनपान प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ । अस्पतालले प्रभावकारी स्तनपानको अभ्यासलाई परिवार र समुदायस्तरमै स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि जनाएको छ ।

राप्तीसोनारी, साउन २१   राप्तीसोनारी गाउँपालिका–६ मा धानलगायत कृषि उपज सुरक्षित भण्डारण गर्न खाद्यान्न गोदाम घर निर्माणको पहल थालिएको छ । किसानले उत्पादन गरेको अन्न सुरक्षित राख्ने, कृषि क्षेत्रमा आत्मनिर्भरता बढाउने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यले गोदाम निर्माण योजना अघि बढाइएको हो ।

यसका लागि राप्तीसोनारी गाउँपालिका–६ का जनप्रतिनिधिहरूको टोलीले जलस्रोत तथा ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठ को सिफारिसमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी समक्ष डेलिगेसन भेट गरेको जनाएको छ । भेटमा राप्ती सोनारी र नरैनापुर क्षेत्रका किसानले उत्पादन गर्ने धान तथा अन्य कृषि उपजका लागि पर्याप्त भण्डारण संरचना नहुँदा किसानले उचित मूल्य नपाउने र उत्पादन सुरक्षित राख्न कठिनाइ हुने विषय उठाइएको थियो ।

जनप्रतिनिधिहरूले गोदाम निर्माण भएपछि किसानले तत्कालै कम मूल्यमा उत्पादन बिक्री गर्नुपर्ने बाध्यता हट्ने, आवश्यकताअनुसार सुरक्षित भण्डारण गर्न सकिने र बजार व्यवस्थापनमा समेत सहज हुने विश्वास व्यक्त गरेका छन् । उनीहरूले उक्त योजना कार्यान्वयनका लागि मन्त्रालयबाट आवश्यक बजेट तथा नीतिगत सहयोगको माग गरेका छन् । राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेल ले कृषि उत्पादन बढ्दै गए पनि भण्डारण पूर्वाधारको अभाव किसानका लागि ठूलो समस्या बनेको बताए ।

उनका अनुसार खाद्यान्न गोदाम निर्माण भए किसानले उत्पादन सुरक्षित राख्न पाउने मात्र होइन, उचित समयमा बजारमा बिक्री गरेर राम्रो मूल्यसमेत प्राप्त गर्न सक्नेछन् ।
उनले भने, ‘राप्तीसोनारी र नरैनापुर कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र हुन् । तर पर्याप्त भण्डारण संरचना नहुँदा किसानले धेरै समस्या भोग्दै आएका छन् । खाद्यान्न गोदाम निर्माण भए किसानको उत्पादन सुरक्षित हुनेछ, कृषि क्षेत्र थप व्यवस्थित बन्नेछ र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्नेछ । यो योजना सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।’ वडाध्यक्ष खरेलले यस अभियानमा क्षेत्रका जनप्रतिनिधि, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै किसानमुखी पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

स्थानीय जनप्रतिनिधिहरूले पनि ‘किसान बलियो भए गाउँ समृद्ध हुन्छ, गाउँ समृद्ध भए देश समृद्ध बन्छ’ भन्ने मान्यताका साथ खाद्यान्न गोदाम निर्माणको योजना छिटो कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।

उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार सर्पदंशका ५५ बिरामीमध्ये २९ जना महिला र २६ जना पुरुष रहेका छन् । उनीहरूमध्ये पाँच जनालाई अति विषालु सर्पले टोकेको थियो । विषालु सर्पले टोकेकामध्ये तीन जना महिला र दुई जना पुरुष रहेका थिए । समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कारण उनीहरूको सफल उपचार गरिएको पाण्डेले जानकारी दिए । यस्तै, सोही अवधिमा बिच्छीले टोकेका ६९ जनाले पनि उपचार सेवा लिएका छन् । बिच्छीले टोकेकामध्ये ४२ जना महिला र २७ जना पुरुष रहेका छन् ।

नेपालगन्ज, साउन २१  राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा आर्थिक वर्ष २०८२/०८३ मा सर्प तथा बिच्छीको टोकाइका १२४ जना बिरामीले उपचार सेवा लिएका छन् । तीमध्ये ५५ जना सर्पदंशका बिरामी रहेको तथ्यांकले देखाएको छ ।

उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेका अनुसार सर्पदंशका ५५ बिरामीमध्ये २९ जना महिला र २६ जना पुरुष रहेका छन् । उनीहरूमध्ये पाँच जनालाई अति विषालु सर्पले टोकेको थियो । विषालु सर्पले टोकेकामध्ये तीन जना महिला र दुई जना पुरुष रहेका थिए । समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कारण उनीहरूको सफल उपचार गरिएको पाण्डेले जानकारी दिए । यस्तै, सोही अवधिमा बिच्छीले टोकेका ६९ जनाले पनि उपचार सेवा लिएका छन् । बिच्छीले टोकेकामध्ये ४२ जना महिला र २७ जना पुरुष रहेका छन् ।

साउनदेखि असोजसम्मको वर्षायाममा सर्पदंशका घटना बढी हुने स्वास्थ्यकर्मी बताउँछन् । वर्षाका कारण सर्पको बासस्थानमा पानी भरिएपछि सर्प सुरक्षित र सुख्खा स्थानको खोजीमा घर, गोठ, खेतबारी तथा मानिसको आवतजावत हुने स्थानमा निस्कने भएकाले सर्पसँग मानिसको भेट हुने सम्भावना बढ्छ । त्यस्तै, धान रोपाइँ, घाँस काट्ने, दाउरा संकलन गर्ने तथा खेतमा नाङ्गो खुट्टाले काम गर्ने क्रममा पनि सर्पदंशका घटना बढी हुने गरेका छन् ।

स्वास्थ्यकर्मीका अनुसार अधिकांश सर्पले मानिसलाई आक्रमण गर्ने उद्देश्यले नभई आत्मरक्षाका लागि टोक्ने गर्छन् । मानिसले थाहा नपाई कुल्चँदा, समात्ने प्रयास गर्दा वा सर्पलाई खतरा महसुस हुने अवस्था सिर्जना हुँदा सर्पले टोक्ने सम्भावना बढी हुन्छ । सर्पदंशबाट बच्न रातिको समयमा टर्च वा बत्तीको प्रयोग गर्ने, खेतबारी वा झाडीमा काम गर्दा बुट र लामो पाइन्ट लगाउने, घर वरिपरि झाडी तथा फोहोर नराख्ने, मुसाको संख्या नियन्त्रण गर्ने, सुत्दा झुल प्रयोग गर्ने तथा सर्प देखिएमा समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यदि सर्पले टोकेमा झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय खर्च नगरी सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पुग्नुपर्ने अहेब पाण्डेको भनाइ छ । उनले टोकिएको अंगलाई अनावश्यक चलायमान नगर्न, बिरामीलाई शान्त राख्न र समयमै उपचार गराए अधिकांश सर्पदंशका बिरामीको ज्यान बचाउन सकिने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।