२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

सल्यान । सल्यानको शारदा नदीमा निर्माणाधीन पक्की पुल पाँच वर्षदेखि अलपत्र पर्दा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका पाँच वडाका बासिन्दाले सास्ती भोग्दै आएका छन् । पुल निर्माण नहुँदा स्थानीयवासीले वर्षायाममा जोखिम मोलेर नदी वारपार गर्नुपर्ने बाध्यता कायमै छ ।

शारदा नदीमा पक्की पुल निर्माणका लागि २०७८ मंसिरमा काम सुरु गरिएको थियो । तर, निर्माण सुरु भएको चार महिना नबित्दै पिलर राख्न खाल्डो खन्ने क्रममा जमिनमुनि कडा चट्टान भेटिएको र प्रयोग गरिएको मेसिनमा समस्या आएको भन्दै निर्माण कम्पनीले काम रोकेको थियो । त्यसयता पुल निर्माणको काम अघि बढ्न सकेको छैन ।

निर्माण कम्पनीले नदीको जमिनमुनि कडा चट्टान भेटिएपछि पुलको डिजाइन परिवर्तन गर्नुपर्ने माग गर्दै आएको थियो । तर, सम्बन्धित निकायले डिजाइन संशोधनमा ढिलाइ गर्दा निर्माण कार्य अन्योलमा परेको हो । सुरु भएको दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको पुल पाँच वर्ष बित्न लाग्दासमेत अधुरै छ ।

निर्माणस्थलमा थुपारिएका सामग्री लथालिंग अवस्थामा छन् भने केही सामग्री हराइसकेका छन् । लामो समयदेखि काम रोकिँदा पुल निर्माणको अवस्था झन् अन्योलपूर्ण बनेको छ । निर्माण कम्पनी र सम्बन्धित निकायबीच देखिएको समस्या समाधान हुन नसक्दा स्थानीयले पुलबाट पाउने सुविधासमेत गुमाएका छन् ।

शारदा नगरपालिका–१२, १३ र १५ तथा छत्रेश्वरी गाउँपालिका–१ र २ का बासिन्दालाई बाह्रै महिना सहज रूपमा सवारीसाधनमार्फत आवतजावत गर्ने सुविधा उपलब्ध गराउने उद्देश्यले पुल निर्माण योजना अघि सारिएको थियो । स्थानीयको मागअनुसार बजेट विनियोजन गरी निर्माण थालिए पनि काम अधुरै रहँदा पाँच वडाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् ।

विशेषगरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा स्थानीयलाई आवतजावत गर्न कठिन हुने गरेको छ । पक्की पुल निर्माण नहुँदा जोखिम मोलेर नदी पार गर्नुपर्ने अवस्था रहे पनि निर्माण कार्य पुनः सुरु हुने टुंगो लागेको छैन । पुल निर्माणमा भएको ढिलाइले स्थानीयको सहज आवागमनको अपेक्षा अझै पूरा हुन सकेको छैन ।


मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा रौतहटको चन्द्रनिगाहपुरका २५ वर्षीया अनुसा लामा, २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र ५० वर्षीय बमबहादुर वाइबा रहेका छन्।

दुर्घटनामा सुमो चालक चन्द्रनिगाहपुरकै ३३ वर्षीय कालुमान लोप्चनसहित सात जना घाइते भएका छन्। घाइते हुनेमा १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार घाइते सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे भीमफेदी–१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भएको थियो। अनियन्त्रित सुमो सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।