२०८३ मंसिर ५ शुक्रबार
२०८३ मंसिर ५ शुक्रबार

कांग्रेसको संगठन डिजिटल सञ्जालमा जोड्ने तयारी


नरैनापुर, मंसिर २  नेपाली कांग्रेसले पार्टी संगठनलाई प्रविधिमैत्री बनाउँदै वडा तहदेखि केन्द्रसम्म डिजिटल सञ्जालमा जोड्ने तयारी थालेको छ । पार्टीका नीति, विचार, गतिविधि तथा आधिकारिक सूचनालाई प्रविधिको माध्यमबाट प्रभावकारी रूपमा सम्प्रेषण गर्ने उद्देश्यसहित कांग्रेसले डिजिटल प्रतिनिधित्वको अवधारणा अघि सारेको हो ।यसैक्रममा बाँकेको नरैनापुर गाउँपालिकामा ‘डिजिटल प्रतिनिधित्व’ सम्बन्धी परामर्श भेला सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा नरैनापुर गाउँपालिका सभापति मेराज खाँको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलामा केन्द्रीय सदस्य तिमिल्सिनाले बदलिँदो समय र प्रविधिको विकाससँगै राजनीतिक दलहरूले पनि आफ्नो संगठन सञ्चालन तथा प्रचारप्रसारको शैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए । पार्टीका गतिविधि, नीति र विचारलाई नागरिकसम्म पुर्‍याउन डिजिटल माध्यम प्रभावकारी बन्ने उल्लेख गर्दै उनले संगठनका हरेक तहलाई प्रविधिसँग जोड्नुपर्ने बताए । उनले डिजिटल प्रतिनिधित्व केवल सामाजिक सञ्जालमा पार्टीका गतिविधि प्रचार गर्ने माध्यम मात्र नभई संगठनभित्र सूचना आदानप्रदान, समन्वय र सम्पर्कलाई व्यवस्थित बनाउने अवधारणा भएको बताए । वडा तहमा रहेका कार्यकर्तादेखि जिल्ला, प्रदेश र केन्द्रसम्मका नेतृत्वबीच सहज सञ्चार स्थापित गर्न सके पार्टीका निर्णय तथा निर्देशन कार्यान्वयनमा समेत सहजता आउने उनको भनाइ थियो । तिमिल्सिनाले प्रत्येक वडामा डिजिटल प्रतिनिधि गठन गरी उनीहरूलाई पार्टीका आधिकारिक सूचना तथा गतिविधि सम्प्रेषणको जिम्मेवारी दिने योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । डिजिटल सञ्जालमार्फत पार्टीका विचारलाई व्यापक बनाउन तथा नयाँ पुस्तालाई संगठनसँग जोड्न पनि यो अभियान उपयोगी हुने उनले बताए ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टी संगठनलाई समयअनुकूल बनाउन प्रविधिको प्रयोग आवश्यक रहेको बताए । परम्परागत संगठनात्मक संरचनालाई कायम राख्दै त्यसलाई डिजिटल माध्यमसँग जोड्न सके पार्टीका गतिविधि व्यवस्थित र प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो ।  गौडेलले वडा तहमा गठन हुने डिजिटल प्रतिनिधिहरूलाई सक्रिय बनाउँदै पार्टीका आधिकारिक सूचना, कार्यक्रम र संगठनात्मक गतिविधि नागरिकसम्म पुर्‍याउनुपर्ने बताए । सूचना प्रवाहमा एकरूपता कायम गर्न र पार्टीका आधिकारिक धारणा सही रूपमा सम्प्रेषण गर्न डिजिटल सञ्जाल उपयोगी हुने उल्लेख गर्दै उनले यसलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । भेलामा पार्टीका नीति, विचार र गतिविधिलाई सामाजिक सञ्जालमार्फत प्रभावकारी रूपमा प्रचारप्रसार गर्ने, आधिकारिक सूचना तथा निर्देशन व्यवस्थित रूपमा सम्प्रेषण गर्ने र संगठनका विभिन्न तहबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो ।

संगठनलाई वडा तहदेखि केन्द्रसम्म डिजिटल सञ्जालमा जोड्न प्रत्येक वडामा डिजिटल प्रतिनिधि गठन तथा परिचालन गर्ने योजना अघि सारिएको छ । त्यसैगरी पालिका र वडा तहमा डिजिटल सञ्चार सञ्जाल निर्माण गरी पार्टीका गतिविधि तथा सूचनालाई नियमित र व्यवस्थित रूपमा प्रवाह गर्ने विषयमा पनि छलफल गरिएको थियो । भेलामा नेपाली कांग्रेस बाँकेका सभापति गौडेल, गोपालप्रसाद पौडेल, महाधिवेशन प्रतिनिधिहरू बादशाह कुर्मी, सन्जु चौधरी, पूर्णप्रसाद आचार्य, पोषण केसी, लाहुराम थारूलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो । समयको मागअनुसार प्रविधिको उपयोग बढाउँदै संगठनलाई गतिशील, व्यवस्थित र सुदृढ बनाउने लक्ष्यसहित डिजिटल प्रतिनिधित्वको अवधारणा अघि बढाइएको कांग्रेसले जनाएको छ । वडा तहमा डिजिटल प्रतिनिधि परिचालन हुन सके पार्टीका गतिविधिको प्रचारप्रसारसँगै संगठनात्मक सूचना प्रवाह र नेतृत्व तथा कार्यकर्ताबीचको समन्वय थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।