२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

रि–टोटलिङपछि थप तीन विद्याथीको चार जीपीए

गुल्मी, असार २   माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा पुनः परीक्षण (रि–टोटलिङ)पछि गुल्मी जिल्लामा थप तीन विद्यार्थीले चार जीपीए प्राप्त गरेका छन् । यससँगै जिल्लामा चार जीपीए ल्याउने विद्यार्थीको संख्या ९ पुगेको छ ।
रि–टोटलिङपछि सिद्धबाबा माध्यमिक विद्यालयका दुई जना विद्यार्थी र शान्तिपुरस्थित चक्रेश्वर इंग्लिस बोर्डिङ स्कुलकी एक छात्राले पूर्ण जीपीए हासिल गरेका हुन् । सिद्धबाबाका छात्र विशाल विक र विश्वास थापा तथा चक्रेश्वरकी छात्रा सरगम सुवेदीले चार जीपीए प्राप्त गरेका विद्यालय स्रोतले जनाएको छ । यसअघि प्रकाशित प्रारम्भिक नतिजामा सिद्धबाबाका विशाल विक र विश्वास थापाले समान ३.९८ जीपीए प्राप्त गरेका थिए भने चक्रेश्वरकी सरगम सुवेदीले ३.९५ जीपीए हासिल गरेकी थिइन् । तर, पुनः मूल्यांकनपछि तीनै जनाको नतिजा सुधार भई चार जीपीए पुगेको हो ।

यसअघि नै गुल्मी जिल्लामा विभिन्न विद्यालयका ६ जना विद्यार्थीले चार जीपीए प्राप्त गरिसकेका थिए । तीमध्ये रेन्बो इंग्लिस बोर्डिङ स्कुलका दुई जना विद्यार्थी, महेन्द्र माध्यमिक विद्यालय, रिडी माध्यमिक विद्यालय, रेसुंगा माध्यमिक विद्यालय र शारदा माध्यमिक विद्यालयका एक/एक विद्यार्थी रहेका छन् । रि–टोटलिङपछि थप विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गरेसँगै जिल्लामा शैक्षिक उपलब्धिको चर्चा थप बढेको छ । शिक्षासम्बद्ध व्यक्तिहरूले यसलाई विद्यार्थीको मेहनतसँगै विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारको संकेतका रूपमा व्याख्या गरेका छन् ।

जिल्लामा पछिल्ला वर्षहरूमा निजी तथा सामुदायिक दुवै विद्यालयबीच प्रतिस्पर्धा बढ्दै गएको र त्यसको सकारात्मक प्रभाव एसइई नतिजामा देखिन थालेको सरोकारवालाहरूको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।