२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

बजेट तथा नीति कार्यक्रमका लागि सुझाव संकलन गर्दै राप्तीसोनारी

राप्तीसोनारी, असार ३  राप्तीसोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि विभिन्न सरोकारवाला पक्षसँग सुझाव संकलन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय आवश्यकता, उपलब्ध स्रोतसाधन र संस्थागत क्षमतालाई मध्यनजर गर्दै विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विषयमा सरोकारवालाबाट रचनात्मक राय–सुझाव संकलन गर्न लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालद्वारा जारी सूचनाअनुसार नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार, स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघीय तथा प्रादेशिक कानुन, दिगो विकास लक्ष्य, गाउँपालिकाको आवधिक योजना तथा स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शनलाई आधार बनाएर आगामी वर्षको नीति, कार्यक्रम र बजेट तयार गरिनेछ ।

यसका लागि आगामी असार ३ गते बिहान ११ बजे गाउँ कार्यपालिकाको कार्यालय अगैया, बाँकेमा छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सम्बन्धित संस्था तथा समूहबाट प्रमुख वा एक जना प्रतिनिधिको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार सहभागी पक्षबाट प्राप्त सुझावलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा समावेश गरिनेछ ।

गाउँपालिकाले राजनीतिक दल, बाल तथा किशोरी सञ्जाल, अपाङ्गता तथा द्वन्द्वपीडित सञ्जाल, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, शिक्षक महासंघ, उद्योग वाणिज्य संघ, यातायात तथा निर्माण व्यवसायी, गाउँ खेलकुद समिति, खानेपानी उपभोक्ता समिति, संस्थागत विद्यालय, धार्मिक संघ–संस्था तथा बडघरलगायतका प्रतिनिधिलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।