२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

राप्तीसोनारी अस्पताल विशेषज्ञ सेवाका लागि चिकित्सक माग

कोहलपुर, साउन ८  राप्तीसोनारी गाउँपालिका–४ बैजापुरस्थित राप्तीसोनारी अस्पतालको गाउँपालिकाका जनप्रतिनिधिले अनुगमन गर्दै स्वास्थ्य सेवा थप व्यवस्थित, अनुशासित र नागरिकमैत्री बनाउन निर्देशन दिएका छन् । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, उपाध्यक्ष मनीसा सिंह थारुलगायतको टोलीले अस्पतालको सेवा प्रवाह, जनशक्ति व्यवस्थापन, प्रशासनिक अवस्था तथा बिरामीले पाउने सुविधाबारे स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अध्यक्ष पौडेलले अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीले अनिवार्य रूपमा तोकिएको पोसाक र परिचयपत्र लगाएर सेवा दिनुपर्ने निर्देशन दिए । उनले अस्पतालमा आउने सेवाग्राहीले कर्मचारीलाई सहज रूपमा चिन्न सक्ने वातावरण बनाउन र सेवाप्रति विश्वास बढाउन पोसाक तथा परिचयपत्रको प्रयोग अनिवार्य हुनुपर्ने बताए ।

अध्यक्ष पौडेलले राप्तीसोनारीका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु गाउँपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै अस्पतालमा विशेषज्ञ चिकित्सकको सेवा विस्तारका लागि संघ र प्रदेश सरकारसँग आवश्यक पहल भइरहेको जानकारी दिए । विगतमा समय–समयमा विशेषज्ञ चिकित्सकको टोलीमार्फत स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको स्मरण गराउँदै उनले अब त्यस्तो सेवा शिविरमा मात्र सीमित नराखी नियमित रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउने लक्ष्यका साथ आवश्यक समन्वय भइरहेको बताए । अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र सेवा विस्तारका विषयमा गाउँपालिकाले आफ्नो जिम्मेवारी पूरा गर्दै जाने तथा नागरिकलाई आधारभूतदेखि विशेषज्ञ सेवासम्म स्थानीय स्तरमै उपलब्ध गराउन निरन्तर पहल गरिने उनको भनाइ थियो । अस्पतालले बिरामीप्रति जिम्मेवार, पारदर्शी र सेवामुखी भएर काम गर्नुपर्नेमा जोड दिँदै उनले नागरिकको गुनासो कम हुने गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

उपाध्यक्ष मनिसा सिंह थारुले स्वास्थ्य संस्था नागरिकले प्रत्यक्ष सेवा लिने संवेदनशील क्षेत्र भएकाले अनुशासन र सेवाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताइन् । उनले अस्पतालमा आउने प्रत्येक सेवाग्राहीले सम्मानजनक व्यवहार, समयमै उपचार र सहज सेवा पाउनुपर्ने उल्लेख गर्दै कर्मचारीको पहिचान स्पष्ट हुने गरी पोसाक र परिचयपत्रको व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न आग्रह गरिन् । नियमित अनुगमनमार्फत सेवा सुधारका प्रयासलाई निरन्तरता दिइने र अस्पताललाई नागरिकको भरोसायोग्य स्वास्थ्य संस्था बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।