२०८३ मंसिर ९ मंगलवार
२०८३ मंसिर ९ मंगलवार

पूर्णिमा मेलामा झडप, प्रहरीमाथि आक्रमण भएपछि आठ राउन्ड हवाई फायर


बाँके, मङ्सिर ८ ।  बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा मेलाका क्रममा भएको झडप नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड हवाई फायर गरेको छ। दुई समूहबीच कुटपिट र ढुङ्गामुढा भएपछि स्थिति नियन्त्रणबाहिर जान नदिन प्रहरीले हवाई फायर गरेको हो।

मङ्गलबार बिहान करिब ४ बजे मेलामा सहभागी दुई समूहबीच विवाद बढ्दै गएपछि कुटपिट र ढुङ्गामुढा भएको थियो। झडप नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि समेत ढुङ्गामुढा भएपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।

उनका अनुसार मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापामाथि कुटपिट गरेपछि दुई समूहबीच झडप भएको थियो। प्रहरीमाथि समेत आक्रमणको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन आठ राउन्ड हवाई फायर गरिएको उनले बताए।

घटनामा कुटपिटबाट थापा घाइते भएका छन्। झडप नियन्त्रणका क्रममा प्रहरी नायब निरीक्षक डिलबहादुर गिरीसहित चार जना प्रहरीसमेत घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज सुनारलाई पक्राउ गरेको छ। झडपमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।