२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा

बाँके, कात्तिक ३०  बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानबाट सञ्चालनमा आएको छ । कात्तिक १६ बाट आंशिक रुपमा सञ्चालनमा आएको यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार समस्या आएपछि उक्त सेवा दिनभर बन्द भएको थियो ।
त्यस्तै लाइसेन्सका लागि आवेदन दिन मिल्नेगरी विभागले तयार पारेको वेबसाइट बउउथिमलिभध।मयतm।नयख।लउ पनि सञ्चालन आएको छ । पावर सप्लाई नभएकाले समस्या भएको र शुक्रबार साँझ नयाँ पावर सप्लाई जडान गरिसकिएकाले शनिबार बिहानबाट सेवा सुरु भएको विभागका निर्देशक केशव खतिवडाले बताए । ‘अब लाइन जाँदा पनि सिस्टम बन्द हुँदैन,’ उनले भने, ‘जेनेरेटर त थियो, तर लामो समय लाइन जाँदा धान्न सक्ने अवस्था नभएर समस्या आएको हो ।’
अब लाइन जाँदा ब्याट्री र जेनेरेटरले प्रणाली चल्ने उनको भनाइ छ । उनका अनुसार देशभर रहेका ४२ वटा यातायात व्यवस्था कार्यालयमध्ये अहिले ३८ वटाबाट मात्र यो सेवा सञ्चालनमा छ । रुकुमको चौरजहारी, सुर्खेत, पोखरा र हेटौंडाबाट भने उक्त सेवा सुरु भइसकेको छैन । यी कार्यालयहरुबाट सेवा सञ्चालनमा आउन अझै केही समय लाग्ने निर्देशक खतिवडाले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।