२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

अब बद्लिएको कांग्रेस, देश बदल्न चाहन्छ : बाल्मिकी

नेपालगन्ज, माघ ११  नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेसले देशलाई बदल्न चाहेको बताएका छन् । पार्टीको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा कांग्रेस आफु र देशलाई बदल्ने अठोटका साथ आसन्न निर्वाचनको मैदानमा होमिएको प्रष्ट्याए ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्व तयारीका सर्न्दभमा निर्वाचन प्रचारप्रसार समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको जिल्ला स्तरिय बृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले विगतका निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्तीलाई तोडेर यसपटक कांग्रेसले १ सय ६५ वटै क्षेत्रलाई रुख चिन्हमा मतदान गर्न पाउने गरी उम्मेदवारी दिएको बताए ।

‘विगतका दिनमा कांग्रेसले विभिन्न पार्टीसँग गठबन्धन गर्ने गरेको थियो, हाम्रा साथीहरुलाई कहिले सुर्यमा, कहिले हसिया हतौडामा, कहिले हलोमा मत हाल्न बाध्य पारिएको थियो,’ उनले भने, ‘यसपाली बदलिएको छ कांग्रेस, देशलाई बदल्न चाहन्छ कांग्रेस ।’ आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन पार्टीका नेता, कार्यकर्ताहरुले आ(आफ्ना वडामा समय दिएर लाग्न केन्द्रिय सदस्य बाल्मिकीले निर्देशन दिए ।

‘हामी सबैले आफ्नै वडामा ध्यान दिने हो भने नेपाली कांग्रेस विजयी हुन्छ,’ उनले थपे । नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति एवम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार नारायणप्रसाद गौडेल, जिल्ला सचिव एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुधान्सु कोईराला, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवारद्धय दुःखीराम लोनिया र दीपनारायण बर्मा, कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी तथा नेताहरु लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम सञ्चालन लुम्बिनी प्रदेशका सांसद समेत रहेकी जिल्ला सचिव सञ्जुकुमारी चौधरीले गरेकी थिइन् । कार्यक्रममा बाँकेका तीन वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।