२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

मन्त्रिपरिषद बैठक सुरु, बजेट पास गर्दै

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले बजेटलाई अन्तिम रूप दिई स्वीकृत गर्नेछ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएलगत्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ।

उनी बजेटको अन्तिम मस्यौदा र आवश्यक दस्तावेजसहित अर्थ मन्त्रालयबाट सिंहदरबार पुगिसकेका छन्। संसद्मा प्रस्तुत हुनुअघि मन्त्रिपरिषद्ले बजेटलाई पारित गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

यसपटक अर्थमन्त्री डा. वाग्लेले राष्ट्रिय योजना आयोगले तोकेको प्रारम्भिक सीमा (सिलिङ) भन्दा निकै फराकिलो आकारको बजेट ल्याउन लागेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।