२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुगे भारत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत पुगेका छन्।

पाँच दिने भ्रमणका लागि भारत गएका उनलाई दिल्ली विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन्।

सभापति लामिछानेसँग श्रीमती निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य पनि छन्।

भाजपाकै निमन्त्रणमा भारत गएका लामिछानेले दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रतिनिधि सभामा करिब दुई तिहाइको सङ्ख्या रहेको सत्तारूढ पार्टीका सभापति लामिछानेको यस किसिमको औपचारिक भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।