२०८३ आश्विन ७ बुधबार
२०८३ आश्विन ७ बुधबार

स्वास्थ्य समीक्षा कर्मकाण्डी होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री पुन

 

नेपालगन्ज, भदौ २५  लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुनले स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार ल्याउन वार्षिक समीक्षा उपलब्धि सुनाउने औपचारिकतामा सीमित हुन नहुने बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको बुधबार नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री पुनले समीक्षा विगतका उपलब्धि र कमजोरी पहिचान गरी आगामी कार्यदिशा तय गर्ने माध्यम बन्नुपर्ने बताए ।

‘वार्षिक समीक्षा बाध्यकारी र कर्मकाण्डी होइन, परिणाममुखी हुनुपर्छ,’ उनले भने । मन्त्री पुनले समीक्षाका मुख्य दुई उद्देश्य उपलब्धिलाई संस्थागत गर्नु र कमजोरी पहिचान गरी सुधार गर्नु रहेको बताए । स्वास्थ्य क्षेत्रलाई ‘पूर्वाधारको पनि पूर्वाधार र धनको पनि धन’ का रूपमा व्याख्या गर्दै उनले नागरिकको स्वास्थ्य सुधारका लागि सरकारको प्राथमिकता स्पष्ट हुनुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रमा सुधारका लागि कार्यक्रम सञ्चालन मात्र नभई त्यसको प्रभाव र परिणामसमेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो । ‘हामीले कति कार्यक्रम गर्‍यौँ भन्नेभन्दा त्यसबाट नागरिकले कति लाभ पाए भन्ने महŒवपूर्ण हो,’ उनले भने ।

मन्त्री पुनले मानव स्वास्थ्यमा बढ्दो पेस्टिसाइडको प्रयोगले गम्भीर असर पारिरहेको भन्दै यसको नियन्त्रण तथा जनचेतना अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताए । कृषि उत्पादन बढाउने नाममा विषादीको जथाभावी प्रयोग हुँदा दीर्घकालीन रूपमा स्वास्थ्यमा असर पर्न सक्ने भन्दै उनले स्वास्थ्य र कृषि क्षेत्रबीच समन्वय आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।