२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

एकै दिन आठजना पक्राउ

बाँके, मंसिर ३  देशका विभिन्न स्थानबाट सोमबार लागूऔषधसहित आठ जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेदेखि कञ्चनपुर र बर्दियासम्म प्रहरीले गरेको यो सक्रियताले सीमा तथा भित्री बजारमा बढ्दै गएको लागूऔषध व्यापार नियन्त्रणमा कडा निगरानी गरिरहेको संकेत दिएको छ ।

बाँके जिल्ला, खजुरा गाउँपालिका–५ प्रतिक्षालय चोकबाट खैरो हेरोइन जस्तो देखिने २०० मिलिग्राम पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको टोलीले खजुरा–२ बस्ने २० वर्षीया गायत्री सुनार र खजुरा–४ बस्ने २३ वर्षीय सिमोन विकलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

रूपन्देहीमा पनि प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित ‘गुल्मेली खाजा घर एण्ड रेष्टुरेन्ट’ मा तलासी गर्दा करिब ५ किलोग्राम गाँजा र नगद १ लाख ५६ हजार ५ सय रुपैयाँसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा होटल सञ्चालक, गुल्मी रूरूक्षेत्र–४ का २२ वर्षीय हरीप्रसाद ज्ञवाली, मालिका–६ का २६ वर्षीय महेश घिमिरे र २६ वर्षीय दिलबहादुर कुमाल रहेका छन् ।

कञ्चनपुरमा पनि दुई छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरिएको छ । पुनर्वास नगरपालिका–४ (घ) गाउँ आनन्द बजारबाट खैरो हेरोइन जस्तो देखिने २९० मिलिग्रामसहित कैलाली धनगढी–२ का ३३ वर्षीय सुरज कुवर र २८ वर्षीय बिनय देवान पक्राउ परेका छन् । त्यस्तै, बेदकोट नगरपालिका–८ भाषीबाट १ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित २५ वर्षीय अकबर डगौरा र २२ वर्षीय अभिषेक डगौरा सोमबार राति पक्राउ परेका हुन् । अभिषेकको घरमा तलासी गर्दा उक्त लागूऔषध फेला परेको थियो ।

बर्दियामा पनि दुई फरक घटनामा तीन जनालाई नियन्त्रणमा लिइएको छ । बढैयाताल गाउँपालिका–७ कण्ठपुरबाट १ ग्राम ब्राउनसुगरसहित बाँके खजुरा गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार सुनार पक्राउ परे । प्रहरीका अनुसार भारतबाट पैदल नेपालतर्फ आउँदै गर्दा उनलाई पक्राउ गरिएको हो । उता बाँसगढी नगरपालिका–३ लखनागाउँबाट ५८० मिलिग्राम ब्राउनसुगरसहित ३२ वर्षीय सुनिल थारू र २० वर्षीय सफिक मोहम्मद शाई पनि पक्राउ परेका छन् ।
ती सबै घटनाबारे सम्बन्धित प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।