२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

एमालेले लुम्बिनी संयोजनमा अर्याल

बाँके ।  नेकपा एमालेले आगामी निर्वाचनसम्म प्रदेश संयोजनको जिम्मेवारी तोकेको छ । लुम्बिनी प्रदेशको संयोजकमा सचिव पद्मा अर्याललाई जिम्मा दिइएको छ । अर्याल यसअघि पनि लुम्बिनी इन्चार्जको जिम्मेवारीमा रहिसकेकी थिइन् ।

त्यस्तै कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत, राजधानी विशेष क्षेत्रमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई प्रदेश संयोजकको जिम्मेवारी तोकिएको छ ।

जिल्लास्तरीय संयोजनको हकमा, पहिले इन्चार्ज रहेका नेता यदि केन्द्रीय सदस्य नभएका क्षेत्रहरूमा परे भने नयाँलाई जिम्मा दिइएको छ । साबिककै जिल्ला इन्चार्जहरू भने निर्वाचित भएका क्षेत्रमा चुनावसम्म संयोजनको जिम्मेवारी सम्हाल्ने उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।