२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

राप्तीसोनारी वडा नम्बर ८-बहुआयामिक योजनाबाट जीवनस्तर सुधारको लक्ष्य

स्थानीयवासीहरू पनि वडाले सञ्चालन गरेका कार्यक्रमप्रति सकारात्मक देखिएका छन् । विशेषगरी सडक, खानेपानी, स्वास्थ्य सेवा र सरसफाइका क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । युवा तथा महिला लक्षित कार्यक्रमहरूले रोजगारी र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरिएको छ । समग्रमा वडा नम्बर ८ ले चालु आर्थिक वर्षमा बहुआयामिक विकास योजनाहरू अघि बढाएर स्थानीय तहको प्रभावकारी शासनको उदाहरण प्रस्तुत गरेको छ । यदि यी कार्यक्रमहरू योजनाअनुसार कार्यान्वयन भएमा वडाको समग्र विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने देखिन्छ ।


राप्तीसोनारी:- स्थानीय तहले विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न क्षेत्र लक्षित कार्यक्रमहरू अघि बढाइरहेका छन् । यसै क्रममा बाँकेको एक वडाले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सरसफाइ, महिला तथा युवा सशक्तिकरणलगायतका क्षेत्रमा विविध योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको छ । यी कार्यक्रमहरूले वडावासीको जीवनस्तर उकास्न र दिगो विकासको आधार निर्माण गर्न महŒवपूर्ण भूमिका खेलेका छन् ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ ले चालु आर्थिक वर्षमा सञ्चालन गरिरहेका कार्यक्रमहरू बहुआयामिक छन् । वडाले सार्वजनिक स्वास्थ्य, खेलकुद, पूर्वाधार विकास, सामाजिक सशक्तिकरण तथा प्रशासनिक व्यवस्थापनलाई सन्तुलित रूपमा प्राथमिकता दिएको देखिन्छ । खुल्ला व्यायमशाला (जिमखाना) व्यवस्थापनदेखि लिएर आधारभूत स्वास्थ्य केन्द्रका लागि आवश्यक सामग्री उपलब्ध गराउने कार्यसम्म वडाले समेटेको छ ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै वडाले आधारभूत स्वास्थ्य केन्द्रका लागि मसलन्द, औषधि तथा आवश्यक सामग्री खरिदमा विशेष ध्यान दिएको छ । पशु सेवा अन्तर्गत पनि औषधि तथा सामग्री खरिद गरेर कृषकहरूलाई प्रत्यक्ष सहयोग पुर्‍याउने प्रयास गरिएको छ । स्वास्थ्य सेवा पहुँचमा सुधार ल्याउन आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणको कार्य समेत अघि बढाइएको छ । शिव शक्ति माध्यमिक विद्यालयमा खानेपानी व्यवस्थापन र वडा कार्यालयमा खानेपानी फिल्टर जडान जस्ता कार्यक्रमले जनस्वास्थ्य सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

शिक्षा र प्रविधिको क्षेत्रमा पनि वडाले लगानी बढाएको छ । वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूमा कम्प्युटर खरिद गरिएको छ, जसले सेवा प्रवाहलाई छरितो र व्यवस्थित बनाउन सहयोग पुर्‍याउनेछ । विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि सिपमूलक तालिम सञ्चालन गरेर उनीहरूको आत्मनिर्भरता बढाउने पहल गरिएको छ । महिला सशक्तिकरण र सामाजिक समावेशितालाई पनि वडाले उच्च प्राथमिकतामा राखेको छ । महिला लक्षित सशक्तिकरण तथा जागरण कार्यक्रम सञ्चालन गरिनुका साथै पोषणमैत्री स्थानीय शासन व्यवस्थापन खर्च छुट्याइएको छ । यसले महिला तथा बालबालिकाको स्वास्थ्य र सामाजिक अवस्था सुधार गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, स्वयंसेविकाहरूलाई साइकल प्रदान गर्ने कार्यक्रमले उनीहरूको कामलाई सहज बनाउनेछ ।

युवा तथा खेलकुद क्षेत्रमा पनि उल्लेखनीय कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । वडा अध्यक्ष कप अन्तर्गत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ, जसले युवा प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउनेछ । साथै, युवा तथा खेलकुद सञ्चालन खर्च मार्फत खेलकुद पूर्वाधार र गतिविधि विस्तार गरिनेछ । योगा हल व्यवस्थापनका लागि कुर्सी तथा अन्य सामग्री खरिद गरिँदैछ, जसले स्वास्थ्य र मानसिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

सरसफाइ र वातावरणीय व्यवस्थापनमा पनि वडा सक्रिय देखिएको छ । वडा पूर्ण सरसफाइ घोषणा कार्यक्रम सञ्चालनका साथै वडा नम्बर ८ र ९ मा फोहर व्यवस्थापनका लागि तलब भत्ता सहित बजेट विनियोजन गरिएको छ । यसले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सहयोग पुर्‍याउनेछ । बजार सौन्दर्यीकरण अन्तर्गत परुवा खोला देखि सिक्टा नहर चोक हुँदै शिव शक्ति माविसम्मको क्षेत्रलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको छ । भौतिक पूर्वाधार विकासमा वडाले उल्लेखनीय कामहरू अघि सारेको छ । नमुना गाउँ जाने बाटोमा कल्भर्ट निर्माण र ग्राभेलिङ, नयाँ गाउँ होमस्टे जाने बाटोमा पीसीसी निर्माण, धर्मोतिमा पक्की नाली निर्माण लगायतका योजनाले यातायात सहजता र पूर्वाधार विकासमा टेवा पुर्‍याउनेछ । साथै, ओभरीमा कुलो निर्माण र योजना लागत सहभागिता कार्यक्रममार्फत स्थानीय सहभागिता बढाउने प्रयास गरिएको छ ।

ऊर्जा र प्रविधि क्षेत्रमा पनि वडाले ध्यान दिएको छ । सडक बत्तीको विद्युत महसुल व्यवस्थापन, वडाका लागि इन्भर्टर ब्याट्री खरिद जस्ता कार्यक्रमले सेवा प्रवाहमा निरन्तरता कायम राख्न मद्दत पुर्‍याउनेछ । साथै, सवारी साधन मर्मत, इन्धन खर्च, मेशिनरी तथा औजार मर्मत सम्भार जस्ता प्रशासनिक खर्चहरूले वडाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुर्‍याउँछन् । संस्कृति संरक्षणलाई समेत वडाले प्राथमिकता दिएको छ । मयूर नाच तथा पञ्चेबाजा संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिँदैछ, जसले स्थानीय पहिचान र परम्परालाई जगेर्ना गर्नेछ । साथै, पत्रपत्रिका छपाई तथा सूचना प्रकाशन खर्च मार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको छ ।

विपद व्यवस्थापनलाई समेत वडाले नजरअन्दाज गरेको छैन । विपद व्यवस्थापन खर्च छुट्याएर आकस्मिक अवस्थामा छिटो प्रतिक्रिया दिने क्षमता विकास गर्ने लक्ष्य राखिएको छ । भूमि नापजाँच व्यवस्थापन खर्चले जग्गा सम्बन्धी विवाद समाधान र अभिलेख व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ । वडा समिति तथा वडा मेलमिलाप समिति व्यवस्थापन खर्चले स्थानीय स्तरमै विवाद समाधान र प्रशासनिक समन्वयमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । भ्रमण खर्च र विविध कार्यक्रम खर्चले वडाको समग्र कार्यसम्पादनलाई सुदृढ बनाउन मद्दत गर्नेछ ।

यी सबै कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा वडा नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । वडा नम्बर ८ का वडा अध्यक्ष सालिकराम डाँगीले वडाको समग्र विकासका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताए । उनले भने, ‘हामीले वडाको आवश्यकतालाई ध्यानमा राखेर बजेट विनियोजन गरेका छौं । स्वास्थ्य, शिक्षा, पूर्वाधार, सरसफाइ र सामाजिक सशक्तिकरणलाई सन्तुलित रूपमा अघि बढाउने प्रयास गरेका छौं । स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा विकासलाई अघि बढाउनु हाम्रो प्राथमिकता हो ।’

उनले थपे, ‘वडामा सञ्चालन भइरहेका कार्यक्रमहरू खर्च गर्ने उद्देश्यले होइन, दीर्घकालीन प्रभाव पार्ने गरी योजना बनाइएको हो । विशेषगरी युवा, महिला र विपन्न वर्गलाई लक्षित कार्यक्रमहरूले सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएका छौं ।’ अध्यक्ष डाँगीका अनुसार फोहर व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्य सेवा सुधारमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरिएको छ । उनले स्थानीयवासीलाई विकास योजनामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै पारदर्शिता र जवाफदेहितालाई उच्च प्राथमिकता दिइएको बताए ।

स्थानीयवासीहरू पनि वडाले सञ्चालन गरेका कार्यक्रमप्रति सकारात्मक देखिएका छन् । विशेषगरी सडक, खानेपानी, स्वास्थ्य सेवा र सरसफाइका क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । युवा तथा महिला लक्षित कार्यक्रमहरूले रोजगारी र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरिएको छ । समग्रमा वडा नम्बर ८ ले चालु आर्थिक वर्षमा बहुआयामिक विकास योजनाहरू अघि बढाएर स्थानीय तहको प्रभावकारी शासनको उदाहरण प्रस्तुत गरेको छ । यदि यी कार्यक्रमहरू योजनाअनुसार कार्यान्वयन भएमा वडाको समग्र विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने देखिन्छ ।

स्वास्थ्य, शिक्षा र सामाजिक सशक्तिकरणमा प्राथमिकता
बाँकेको वडा नम्बर ८ ले चालु आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा र सामाजिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । आधारभूत स्वास्थ्य केन्द्रका लागि मसलन्द, औषधि तथा आवश्यक सामग्री खरिद गरिनुका साथै स्वास्थ्य केन्द्र भवन निर्माणको काम पनि अघि बढाइएको छ । शिव शक्ति माध्यमिक विद्यालयमा खानेपानी व्यवस्थापन र वडा कार्यालयमा फिल्टर जडानले जनस्वास्थ्य सुधारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

वडाले विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि सिपमूलक तालिम सञ्चालन गर्दै आत्मनिर्भरता अभिवृद्धिमा जोड दिएको छ । महिला लक्षित सशक्तिकरण तथा जागरण कार्यक्रम र पोषणमैत्री स्थानीय शासन व्यवस्थापन कार्यक्रमले महिला तथा बालबालिकाको अवस्थामा सुधार ल्याउने लक्ष्य राखेको छ । साथै, स्वयंसेविकाहरूलाई साइकल प्रदान गर्ने कार्यक्रमले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ ।
कम्प्युटर खरिद गरी वडा कार्यालय र स्वास्थ्य केन्द्रमा प्रविधिको प्रयोग बढाइएको छ, जसले सेवा प्रवाहलाई छरितो बनाउने विश्वास गरिएको छ । समग्रमा यी कार्यक्रमहरूले सामाजिक रूपान्तरण र मानव विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

पूर्वाधार, सरसफाइ र खेलकुद विकासमा जोड
वडा नम्बर ८ ले पूर्वाधार विकास, सरसफाइ र खेलकुद क्षेत्रमा पनि उल्लेखनीय कार्यक्रम अघि बढाएको छ । नमुना गाउँ जाने बाटोमा कल्भर्ट निर्माण तथा ग्राभेलिङ्ग, नयाँ गाउँ होमस्टे जाने सडकमा पीसीसी, धर्मोतिमा पक्की नाली निर्माण जस्ता योजनाले यातायात र भौतिक पूर्वाधार सुधार गर्ने लक्ष्य राखेका छन् । बजार सौन्दर्यीकरण अन्तर्गत परुवा खोला देखि सिक्टा नहर चोक हुँदै शिव शक्ति माविसम्म क्षेत्र व्यवस्थित गरिँदैछ ।

वडा पूर्ण सरसफाइ घोषणा कार्यक्रम सञ्चालन गरिनुका साथै वडा नम्बर ८ र ९ मा फोहर व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको छ । यसले स्वच्छ वातावरण निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । युवा तथा खेलकुद प्रवद्र्धनका लागि वडा अध्यक्ष कप विद्यालयस्तरीय प्रतियोगिता आयोजना गरिनेछ भने खुल्ला व्यायमशाला र योगा हल व्यवस्थापनले स्वास्थ्य सचेतना बढाउने लक्ष्य राखिएको छ । यी कार्यक्रमहरूले समग्र जीवनस्तर सुधार र सामुदायिक सक्रियता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।