२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

उत्कृष्ट नतिजा ल्याउने २५ विद्यालय पुरस्कृत

धनगढी, वैशाख ५   कक्षा ८ को आधारभूत तह परीक्षामा उल्लेखनीय नतिजा ल्याउने विद्यालयहरूलाई प्रोत्साहन गर्न धनगढी उपमहानगरपालिकाले २५ विद्यालयलाई औपचारिक रूपमा सम्मान गरेको छ ।
उपमहानगरपालिकाले सोमबार आयोजना गरेको विशेष समारोहमा ९० देखि शतप्रतिशतसम्म नतिजा हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालक र प्रधानाध्यापकलाई दोसल्ला ओढाएर तथा सम्मानपत्र प्रदान गर्दै पुरस्कृत गरिएको हो । परम्परागत शैलीभन्दा फरक रूपमा ब्यान्ड बाजासहित गरिएको सम्मान कार्यक्रमले सहभागीहरूमा विशेष उत्साह देखिएको थियो ।

कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट तथा उपसचिव नरेन्द्रबहादुर खातीले सम्मानित व्यक्तिहरूलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख हमालले विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाउन र समग्र शैक्षिक वातावरण सुदृढ बनाउन यस्तो कार्यक्रम प्रभावकारी हुने बताए । सम्मानित विद्यालयमध्ये १० वटा सामुदायिक र १५ वटा निजी रहेका छन् । सामुदायिकतर्फ वेहडावावा मावि, शारदा मावि, सिद्धार्थ मावि, सर्वोदय मावि, इन्द्रोदय मावि, पञ्चोदय मावि, शारदा मावि (देवरिया), जनप्रिय मावि, ठेकराज मावि र चन्द्रोदय मावि रहेका छन् ।

त्यसैगरी निजी विद्यालयतर्फ एलजी एकेडेमी, बाल्मिकि इन्टरनेशनल स्कुल, स्वर्णिम शिक्षा सदन, सिद्धार्थ विद्या मन्दिर, मयूर स्कुल, गुरुकुल एकेडेमी, जेसिज एभरेस्ट स्कुल, ग्लोबल मोडर्न पब्लिक स्कुल, पञ्चकोटी विद्या निकेतन, नन्दिनाज एकेडेमी, अपि विद्या निकेतन, गोल्डेन ज्योति स्कुल, केदारनाथ विद्या निकेतन, सिद्धार्थ इन्टरनेशनल र दरबार स्कुल सम्मानित भएका छन् । उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारमा योगदान पुर्‍याउने विद्यालयलाई पहिचान गरी सम्मान गरिएको जनाएको छ । कार्यक्रमका सहभागी प्रधानाध्यापकहरूले स्थानीय तहको यस्तो पहलले आफूहरूमा थप जिम्मेवारी बोध गराएको र आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन् । धनगढी उपमहानगरपालिकाले पछिल्लो समय शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयहरूको भौतिक पूर्वाधार सुधारसँगै गुणस्तरीय शिक्षामा जोड दिँदै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।