२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

नेपालगञ्जमा ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

 
जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका-०१७ थुकैला गाउँमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
 
लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले थुकैला गाउँबाट गडियनपुरवा तर्फ आउँदै गरेको UP 40 Q 8921 नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा भारत, उत्तर प्रदेश बहराइच जिल्ला रुपैडिहा नईबस्ती बस्ने ४० वर्षीय मोहम्मद रिजवानको अण्डरवेयरभित्र लुकाइछिपाइ राखिएको उक्त ब्राउन सुगर फेला पारेको हो ।
 
पक्राउ परेका भारतीय नागरिक, लागूऔषध तथा मोटरसाइकलसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।