२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

लुम्बिनीमा विकास खर्च सुस्त ११ महिनामा ४५ प्रतिशत पुँजीगत खर्च

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकोमा हालसम्म १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढी मात्र खर्च भएको छ । विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित यही पुँजीगत खर्च कमजोर देखिनु प्रदेश सरकारको प्रमुख चुनौती बनेको छ । चालु खर्चतर्फ भने तुलनात्मक रूपमा केही सुधार देखिएको छ । १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी विनियोजित चालु बजेटमध्ये ५०.६७ प्रतिशत खर्च भएको छ । यससँगै प्रदेश सरकारको समग्र बजेट खर्च ४७.२० प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । हालसम्म कुल १८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांकले देखाउँछ ।

दाङ, असार ९  चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणतर्फ पुगिरहँदा लुम्बिनी प्रदेश सरकारको विकास बजेट खर्च अपेक्षाकृत कमजोर देखिएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, राप्ती उपत्यका देउखुरीका अनुसार जेठ मसान्तसम्म प्रदेशको कुल पुँजीगत (विकास) बजेटको ४४.९२ प्रतिशत मात्र खर्च भएको छ । विकास निर्माणका ठूला आयोजनामा अपेक्षित प्रगति नदेखिँदा समग्र बजेट कार्यान्वयन सुस्त बनेको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये पुँजीगततर्फ २३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकोमा हालसम्म १० अर्ब ५४ करोड रुपैयाँभन्दा बढी मात्र खर्च भएको छ । विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित यही पुँजीगत खर्च कमजोर देखिनु प्रदेश सरकारको प्रमुख चुनौती बनेको छ । चालु खर्चतर्फ भने तुलनात्मक रूपमा केही सुधार देखिएको छ । १५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी विनियोजित चालु बजेटमध्ये ५०.६७ प्रतिशत खर्च भएको छ । यससँगै प्रदेश सरकारको समग्र बजेट खर्च ४७.२० प्रतिशत पुगेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । हालसम्म कुल १८ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी खर्च भएको तथ्यांकले देखाउँछ ।

मन्त्रालयगत रूपमा हेर्दा खर्चको अवस्था निकै असमान देखिन्छ । स्वास्थ्य मन्त्रालयले सबैभन्दा राम्रो प्रदर्शन गर्दै ६२.७७ प्रतिशत बजेट खर्च गरेको छ, जसमा पुँजीगत खर्च मात्रै ७२.४८ प्रतिशत पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४७.०६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ४८.६६ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ५०.२६ प्रतिशत बजेट खर्च गरेका छन् । यसैबीच, सहरी विकास तथा खानेपानी मन्त्रालयले ४३.१० प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले ३७.१३ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ४२.७३ प्रतिशत बजेट खर्च गरेका छन् । सामाजिक विकास मन्त्रालयको खर्च ३६.४१ प्रतिशतमा सीमित रहेको छ ।

खर्चमा सबैभन्दा कमजोर प्रदर्शन गर्ने मन्त्रालयमध्ये युवा तथा खेलकुद मन्त्रालय १९.७८ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालय १५.२८ प्रतिशतमा सीमित भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि २९.३९ प्रतिशत मात्र बजेट खर्च गरेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको खर्च ३२.१० प्रतिशतमा रोकिएको छ । प्रदेशका अन्य निकायहरूको अवस्था पनि मिश्रित देखिएको छ । प्रदेशसभा कार्यालयले ४९.१८ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ४९.६१ प्रतिशत र प्रदेश योजना आयोगले ३२.१८ प्रतिशत बजेट खर्च गरेका छन् । योजना आयोगको पुँजीगत खर्च भने निकै न्यून, ०.८० प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ । स्थानीय तहमा जाने अनुदानतर्फ भने तुलनात्मक रूपमा राम्रो कार्यान्वयन देखिएको छ । चालु शीर्षकअन्तर्गत ६२.७२ प्रतिशत बजेट खर्च भएको छ, जुन अन्य शीर्षकको तुलनामा उच्च हो ।

समग्रमा, लुम्बिनी प्रदेश सरकारको बजेट कार्यान्वयन ११ महिनामा पनि आधा नपुग्दा विकास निर्माणतर्फको गति सुस्त देखिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा बजेट कार्यान्वयन तीव्र बनाउनुपर्ने चुनौती प्रदेश सरकारमाथि थपिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।