२०८३ बैशाख १८ शुक्रबार
२०८३ बैशाख १८ शुक्रबार

भन्सार कार्यालयमा ‘पेन डाउन’

बाँके, मंसिर २४  देशभरका सबै भन्सार कार्यालयमा मंगलबार भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले ‘पेन डाउन’ गरेको कारण कार्यालयहरू बन्द भएका हुन् ।

महासंघले नयाँ भन्सार ऐन २०८२ का केही प्रावधानको विरोधमा यो आन्दोलन सुरु गरेको हो । महासंघका अनुसार, लागू भएको ऐनले अन्तर्राष्ट्रिय व्यापार र भन्सार प्रक्रियालाई सहज बनाउनुपर्नेमा उल्टो असर गरेको छ । ऐनका केही प्रावधानले भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गरेको महासंघको आरोप छ ।

महासंघले ऐनको मस्यौदा तयारीको चरणदेखि नै दण्ड–जरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आईडी व्यवस्थापन, इनकुट–आउट नोट प्रणाली र मालवस्तु जाँचपास सम्बन्धी अधिकार इजाजत प्राप्त भन्सार एजेन्टमै सीमित गर्न माग गर्दै आएको थियो । तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र भन्सार प्रशासनको तजबिजी अधिकार बढाएको महासंघको दाबी छ ।

‘पेन डाउन’ आन्दोलन वीरगञ्ज भन्सारबाट आइतबार सुरु भएको थियो । दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने, तेस्रो दिन मंगलबार देशभरका सबै भन्सार कार्यालयमा सेवा बन्द गरिएको छ भन्ने जानकारी महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले दिए ।
भन्सार जाँचपास रोकिएसँगै देशभरका भन्सार कार्यालयबाट राजस्व असुलीमा प्रत्यक्ष असर परेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।