२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

दिलेन्द्र बडू :१५औं महाधिवेशनबाट पार्टी नयाँ पुस्तालाई सुम्पिनुपर्छ

काठमाडौं ,चैत २३ गते   नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू ले पार्टीका नेता–कार्यकर्तालाई १५औं महाधिवेशनमा सक्रिय रूपमा सहभागी भई संगठनलाई सुदृढ, अनुशासित र एकताबद्ध बनाउन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै उनले पार्टीले तय गरेको कार्यतालिकाअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउन सबैलाई आह्वान गरेका हुन्। उनले लोकतन्त्र र प्राप्त उपलब्धिमाथि विभिन्न चुनौतीहरू बढिरहेको वर्तमान सन्दर्भमा नेपाली कांग्रेस अझ जिम्मेवार र सशक्त प्रतिपक्षको रूपमा उभिनुपर्ने आवश्यकता औंल्याए।

बडूले लोकतन्त्रको रक्षा गर्दै नयाँ पुस्तालाई सही राजनीतिक मार्गमा अघि बढाउन पार्टी बलियो, संगठित र उत्तरदायी हुनुपर्ने बताएका छन्। उनले सर्वोच्च अदालतको व्याख्या र आदेश जे–जस्तो आए पनि त्यसलाई स्वीकार गर्नुपर्ने धारणा व्यक्त गर्दै अनावश्यक अड्कलबाजी र काल्पनिक बहसमा समय खेर नफाल्न सुझाव दिएका छन्।

उनले निर्वाचन परिणाम अपेक्षाअनुसार आउन नसक्नुमा पार्टीभित्रका आन्तरिक कमजोरी तथा मतदातामा आएको तीव्र परिवर्तनको चाहनालाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्। यसलाई ‘तितो यथार्थ’ भन्दै उनले वर्तमान परिस्थितिलाई स्वीकार गर्दै सुधारको दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार पार्टी सभापतिले सार्वजनिक रूपमा नै निर्वाचन परिणामको नैतिक जिम्मेवारी स्वीकार गरिसकेको सन्दर्भमा अब समग्र संगठनलाई सुदृढ बनाउँदै आगामी चुनौतीहरू सामना गर्ने दिशामा अघि बढ्नु आवश्यक छ। उनले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भई पार्टी पुनर्गठन र सुदृढीकरणमा लाग्न आग्रह गरेका छन्।

 
 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।