२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

नेपालगञ्जबाट बादी समुदायको मागः ‘लालीबजार’ को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ

नेपालगञ्ज,बैशाख २१ गते   नेपाली कथानक चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा प्रतिबन्ध लगाउन माग गरिएको छ । नेपालगञ्जमा आज बादी समुदायका अगुवाले आयोजना गरेको पत्रकार सम्मेलनमा ‘लालीबजार’ चलचित्रका कार्यकारी निर्माता प्रदिप भट्टराई, निर्माता रविन्द्र सिंह बानियाँ र निर्देशक यम थापालाई कानुन बमोजिम कारवाही हुनुपर्ने माग समेत गरेका छन् । उनीहरुले चलचित्र ‘लालीबजार’ लाई कुनै पनि हालतमा प्रदर्शनमा आउन नदिने चेतावनी पनि दिए ।

संवैधानिक र कानुनी ब्यवस्थालाई बेवास्ता गरी विगतमा बादी समुदायको केही परिवारमा देखिएको यौन शोषणलाई आधार बनाई आफ्नो समुदायको आत्मसम्मानमा ठेस पुग्ने गरी आपत्तिजनक दृश्य र संवादसहित चलचित्र बनाइएको भन्दै उनीहरुले ‘लालीबजार’ को प्रदर्शन रोक्नुपर्ने माग गरे । पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश सभा सदस्य सुशिला बादी, राष्ट्रिय वादी सञ्जाल नेपालका केन्द्रीय अध्यक्ष केशव नेपाली, सदस्य प्रकाश बादी, बादी अगुवाहरु मञ्जु नेपाली, बसन्ती नेपाली, कल्पना नेपाली, अभिषेक नेपाली, एकता नेपाली लगायतले चलचित्रले आफ्नो समुदाय र महिलाहरुको इज्जतको खिल्ली उडाएको, कानुनको बर्खिलाप रहेको र आफ्नो समुदायको सामाजिक, मानसिक र शारीरिक अपमान गरेको बताउँदै चलचित्र बन्द गरिनुका साथै निर्माता र निर्देशकहरुलाई कारबाही गरिनुपर्ने माग गरे ।

चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै वादी समुदायका अगुवाले उच्च अदालत पाटनमा रिट पनि हालेका छन् ।गएको शुक्रबारबाट प्रदर्शनमा आउने तय भएको चलचित्र ‘लालीबजार’ को रिलिज २२ गतेसम्मलाई रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । डा. रोशनी नेपाली वादी लगायत वादी समुदायका केही अभियन्ताहरुले चलचित्रविरुद्ध रिट निवेदन हालेका थिए । ‘लालीबजार’ ले वादी समुदायलाई नैतिक, सामाजिक र व्यवहारिक रूपले गलत देखाएको उनीहरूको आरोप छ ।

चलचित्रले वादी समुदायको सृजना, कला, संस्कृति, पहिचान, संघर्ष र इतिहास कुल्चेर चरित्र हत्या गर्ने उद्दत भएको आरोप बादी समुदायको छ । उनीहरुले चलचित्र हल संचालक र सम्पूर्ण दर्शकहरुलाई समेत चलचित्र ‘लालीबजार’ बहिष्कार गर्न आग्रह समेत गरे ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।