२०८३ जेष्ठ २७ बुधबार
२०८३ जेष्ठ २७ बुधबार

मङ्सिरमा एकता महाधिवेशन गर्ने नेकपाको तयारी, जेठभित्र एकीकरण टुंग्याइने

काठमाडौँ ,बैशाख २७ गते ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी जेठ मसान्तभित्र पार्टीभित्र समावेश भएका सबै घटकसँगको एकीकरण तथा समायोजन प्रक्रिया टुंग्याउने निर्णय गरेको छ । पार्टीले त्यसपछि सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्ने तयारीसमेत अघि बढाएको छ ।

शनिबार संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेको अन्तरपार्टी निर्देशन (अपानी)–३ मा पार्टीको संगठनात्मक तथा वैचारिक पुनर्संरचनासम्बन्धी योजना सार्वजनिक गरिएको हो ।

अपानीअनुसार पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैली, जीवनशैली र आचरण सुधारलाई प्राथमिकतामा राख्दै विशेष अभियान सञ्चालन गरिनेछ । साथै पार्टीलाई आम जनतासँग घनिष्ठ रूपमा जोडिएको क्रान्तिकारी कम्युनिस्ट शक्तिका रूपमा विकास गर्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ ।

नेकपाले आगामी मङ्सिरको दोस्रो हप्तामा एकता महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । महाधिवेशनमार्फत वैचारिक, राजनीतिक, सांगठनिक तथा सांस्कृतिक स्पष्टतासहित नयाँ ढंगले पार्टी निर्माण गर्ने रणनीति अघि सारिएको छ ।

निर्देशनमा वडादेखि केन्द्रसम्मका सबै निर्वाचित पार्टी समितिहरू समावेशी सिद्धान्तअनुसार गठन गरिने उल्लेख गरिएको छ । समितिहरूमा पाका, अनुभवी, प्रौढ तथा युवाहरूको समानुपातिक सहभागिता सुनिश्चित गर्ने र युवा तथा नवयुवाको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याउन विशेष जोड दिइएको छ ।

यस्तै, समग्र नेपाली कम्युनिस्ट आन्दोलनको पुनःएकीकरण गर्दै एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि अन्य कम्युनिस्ट शक्तिसँग संवाद र पहललाई समेत तीव्र बनाइने बताइएको छ ।

गत चैत १९ गतेदेखि सुरु भएको नेकपाको संयोजन समिति बैठक वैशाख १५ गते सम्पन्न भएको थियो । सोही बैठकका निर्णयलाई आधार बनाएर अपानी तयार पारिएको जनाइएको छ ।

यद्यपि पार्टीका केही नेताहरूले भने उक्त अपानी हालसम्म पार्टी समितिहरूमा औपचारिक रूपमा परिपत्र नभइसकेको बताएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।