२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

गल्छीमा माइक्रो र कार ठोक्किँदा ७ जना घाइते, थप उपचारका लागि काठमाडौं रिफर

धादिङ, जेठ २६ गते — पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा मंगलबार पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।

दिउँसो करिब १२ः४० बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको कार एकापसमा ठोक्किएका हुन्।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल बैरेनी अस्पताल र गल्छीस्थित स्मारिका मेडिकल हलमा प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था तथा थप उपचार आवश्यक परेपछि उनीहरूलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइते हुनेहरूमा कारमा सवार काठमाडौं बुढानिलकण्ठ–१० का ५७ वर्षीय टोप बहादुर कार्की, ५४ वर्षीया लक्ष्मी कार्की, काठमाडौं महानगरपालिका–७ की २८ वर्षीया रुस्मिता थापा, ५४ वर्षीया मिना बुढाथोकी तथा कार चालक ६० वर्षीय लोक बहादुर बुढाथोकी रहेका छन्।

त्यस्तै, माइक्रोमा सवार चितवन भरतपुर महानगरपालिका–११ का ५७ वर्षीय लेख बहादुर गुरुङ र धादिङ थाक्रे गाउँपालिका–२ की १७ वर्षीया दिपिका रिजाल पनि घाइते भएका छन्।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिनुका साथै माइक्रो चालकलाई पनि नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।