२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

बर्दिया र कैलालीको बाढी बीमा योजना प्रभावकारी

बाँके, मंसिर १९  बर्दिया र कैलालीको नदी तटीय क्षेत्रमा सूचकांकमा आधारित बाढी बीमा योजना प्रभावकारी देखिएको छ । सूचकांकमा आधारित बाढी बीमा योजनाले बाढीका कारण हुने नोक्सानीलाई बीमा कम्पनीमा हस्तान्तरण गर्दछ ।

यो कार्यक्रम अहिले बर्दिया र कैलालीका पालिकामा धानबालीमा लागू भएको छ । कर्णाली नदीको चिसापानी जलमापन केन्द्रलाई आधार बनाई तल्लो तटिय क्षेत्रका समुदायमा लागू गरेको बाढी बीमा अनुसार तोकिएको बाढी सूचकांकको आधारमा बाढी बीमामा आवद्ध किसानलाई बीमा रकम भुक्तानी हुन्छ । सूचकांकमा आधारित बीमामा पुनः क्षतिको मूल्यांकन आवश्यक पर्दैन ।

नदीमा तोकिएभन्दा जलसतह बढेपछि स्वचालित रुपमा किसानको खातामा पैसा जम्मा हुन्छ । समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत पालिका सरकार, प्राक्टिकल एक्सन र शिखर बीमा कम्पनीको साझेदारीमा चार वर्षदेखि लागू भएको सूचकांकमा आधारित बाढी बीमा कार्यक्रममा अहिलेसम्म आठ हजार ५ सय ६२ किसान सहभागी छन् ।

कृषि तथा पशुपंक्षी मन्त्रालयलका सूचना अधिकारी महानन्द जोशीकाअनुसार यस्तो बीमाले किसानको बालीमा भएको क्षतिको ९० प्रतिशत सम्म क्षति बहन गर्छ । नदीमा बाढी बढ्नसाथ सहयोग पाउने कार्यक्रमबाट आफूले गएको वर्ष सहयोग पाएको र कार्यक्रम निकै सजिलो भएको राजापुर ३ का किसान बनिया थारुले बताए ।

उनका अनुसार कर्णाली नदीमा पानीको सतह बढ्ने बित्तिकै बीमित किसानको मोबाइलमा बाढीले सूचकाङ्क तह पार गरेको सन्देश आउँछ र त्यो सँगै कति प्रतिशत भुक्तानीको लागि योग्य भएको पनि जानकारी हुन्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।