खजुरा मंसिर २३ खजुरा क्षेत्रका सम्मानित शिक्षासेवी तथा नेपाली कांग्रेस खजुरा गाउँपालिका कार्यसमितिका उपसभापति इरफान अहमद खाँको निधन भएको छ । मुस्लिम समुदायमा शिक्षा विस्तार र सामाजिक चेतना अभिवृद्धिमा महŒवपूर्ण योगदान पुर्याउँदै आएका उनी भानु माध्यमिक विद्यालय, उढरापुरका पूर्व प्रधानाध्यापक समेत थिए ।

दीर्घ समयसम्म शिक्षण सेवा र सामुदायिक नेतृत्वमा सक्रिय खाँको निधनले खजुरा क्षेत्र शोकमा डुबेको छ । स्थानीय राजनीतिक तथा सामाजिक वृत्तले उनको निधनलाई अपूरणीय क्षति बताउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
समुदायका अगुवाहरूका अनुसार खाँले मुस्लिम समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन विशेष पहल गरेका थिए । शिक्षा, सामाजिक सद्भाव र नेतृत्व विकासमा उनले देखाएको प्रतिबद्धता स्थानीयहरूले विशेषरूपमा सम्झिरहेका छन् ।









